Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
  • #पूर्णबहादुर खड्का
Search Here
राजनीति
  • Home
  • राजनीति
  • तेस्रोपटक प्रधानमन्त्री बन्दै मोदी
सरकार चलाउन भने मुस्किल तेस्रोपटक प्रधानमन्त्री बन्दै मोदी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २४, २०८१
  • एकल बहुमतको बलमा हिन्दुत्व ‘प्रोजेक्ट’ लिएर हिँडेका मोदीका लागि अब भने सरकार सञ्चालनका समयमा पटक–पटक सोच्नुपर्ने देखिन्छ
  • अघिल्लो निर्वाचनमा ३०३ सिटका साथ एकल बहुमत हासिल गरेको भाजपाले यसपटक ६३ सिट गुमाउँदा उनको राजनीतिक साख गुमेको त छ नै उनले लिने निर्णयहरुमासमेत बाधा पर्नेछ

काठमाडौं– छिमेकी मुलुक भारतमा नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि यही जुन ८ अर्थात् आगामी शनिबार प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् । नयाँदिल्लीस्थित मोदीनिवासमा बुधबार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को बैठकले मोदीलाई नेता चुन्दै नयाँ सरकार गठन गर्ने विषयमा भएको छलफलमा यस्तो सहमति बनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बैठकमा जनता दल (युनाइटेड) प्रमुख नीतिश कुमार र तेलुगु देशम पार्टी (टिडिपी) प्रमुख एन चन्द्रबाबु नायडूको सहभागितालाई महŒवपूर्ण कदम मानिएको छ । भाजपालाई सरकार बनाउनका लागि उनीहरूको दलको समर्थन आवश्यक छ । एनडिए गठबन्धनले २९३ सिट जित्दा भाजपाले २४० सिटमात्र जितेको छ । ५४३ सिट रहेको भारतीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक हुन्छ । यसपटक १३ जना केन्द्रीय मन्त्री नै हार्दा भाजपालाई क्षति पुगेको हो । अघिल्लोपटक ३०३ सिटमा कब्जा जमाएर एकल बहुमत पाएको भाजपाले यसपटक ६३ सिट गुमायो ।

यी हुन् पराजित भएका मन्त्री
लोकसभा निर्वाचनमा एक दर्जनभन्दा बढी केन्द्रीय मन्त्री पराजित भएका छन् । भाजपाका मन्त्रीहरु एनडिए गठबन्धनबाट निर्वाचनमा सहभागी थिए । मोदी मन्त्रीमण्डलका ५० सदस्यमध्ये १३ जना पराजित भएका छन् । प्रभावशाली मन्त्रालय हाँकिरहेका केही नेता हारेका छन् । महिलामन्त्री स्मृति इरानी कांग्रेसका किशोरी लालसँग पराजित भएकी छन् । इरानी एक लाख ६७ हजार १९६ मतान्तरले पराजित भएकी हुन् । अघिल्लोपटक उनले कांग्रेसका राहुल गान्धीलाई हराएकी थिइन् । उनले अमेठीबाट उम्मेदवारी दिएकी थिइन् ।


तिरुवनन्तपुरमबाट उम्मेदवार बनेका केन्द्रीय मन्त्री चन्द्र शेखर कांग्रेसका शशि थरुरसँग हारेका छन् । अर्का केन्द्रीय मन्त्री अजय मिश्रा लखीमपुर खिरीबाट पराजित भएका छन् । यो पटकको केन्द्रीय मन्त्रीमण्डलमा भएका कौशल किशोर मोहनलालगञ्जबाट उम्मेदवार थिए । उनी समाजवादी पार्टीका आरके चौधरीसँग पराजित भएका छन् । चण्डौलीबाट उम्मेदवार रहेका महेन्द्रनाथ पाण्डे समाजवादी पार्टीका वीरेन्द्र सिंहसँग पराजित भएका छन् । वनकुराबाट उम्मेदवार रहेका सुवास सरकार तृणमुल कांग्रेसका अरुप चक्रवर्तीसँग पराजित भएका छन् । अर्जुन मुन्डा कांग्रेसका कालीचरण मुन्डासँग पराजित भएका छन् । मन्त्री भागवंथ खुबा सागर खन्ड्रेसँग पराजित भएका छन् ।

Hardik health

यसैगरी नीलगिरिबाट उम्मेदवार रहेका एल मुरुगन ए राजासँग पराजित भएका छन् । नीतिश प्रमाणिक तृणमुल कांग्रेसका जगदीशचन्द्र बसुनियसँग पराजित भएका छन् । मुजफ्फरनगरबाट उम्मेदवार रहेका सञ्जीव बल्याण समाजवादी पार्टीका हरेन्द्र सिंह मल्लिकसँग पराजित भएका छन् । साध्वी निरञ्जन ज्योति फतेहपुरबाट पराजित भएकी छन् । राओ साहेब दान्भे महाराष्ट्रमा कांग्रेसका कल्याण वैजनाथसँग पराजित भएका छन् ।

सेलिब्रेटी जसले जिते
भाजपाट उम्मेदवार बनेकी कंगना रनौतले कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहलाई हराउँदै हिमाञ्चल प्रदेशको मण्डी क्षेत्रबाट चुनाव जितिन् । कंगनाले ७४ हजार ७५५ मतान्तरले सिंहलाई हराएकी हुन् । कंगनाले पाँच लाख ३७ हजार २२ मत ल्याउँदा सिंहले चार लाख ६२ हजार २६७ मत पाए ।

ड्रीम गर्ल हेमा मालिनीले उत्तर प्रदेशको मथुरा क्षेत्रमा भाजपाबाट टिकट पाएकी थिइन् । उनले पाँच लाख १० हजार ६४ मत ल्याएर जित निकालिन् । हेमाले निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता मुकेश धनगरभन्दा दुई लाख ९३ हजार ४०७ मत बढी ल्याएकी थिइन् । कांग्रेस नेता मुकेशले भने दुई लाख १६ हजार ६५७ मत ल्याए ।

बलिउडका पुराना नायक शत्रुघन सिन्हाले पश्चिम बंगालको आसनसोल क्षेत्रबाट निर्वाचन जितेका छन् । अल इन्डिया तृणमुल कांग्रेसको तर्फबाट सिन्हाले भाजपा नेता सुरेन्द्रजीत सिंह अहलुवालियालाई ५९ हजार ५६४ मतान्तरले पराजित गरेका छन् । शत्रुघन छ लाख पाँच हजार ६४५ मत ल्याएर विजयी हुँदा अहलुवालियाले पाँच लाख ४६ हजार ८१ मत प्राप्त गरे ।

मोदीले दिए राजीनामा
यसपटक भाजपालाई एकल बहुमतका लागि ३२ सिट पुगेन । नीतिश कुमारको १२ र नायडूको पार्टीको १६ सिट जोड्दा २६८ पुग्छ । भारतको निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार कांग्रेस गठबन्धनले २३२ सिटमात्र जित हासिल गरेको छ । यो गठबन्धनमा कांग्रेसले ९९ सिट जितेको छ । अघिल्लोपटक ५४ सिट जितेको कांग्रेसले यसपटक ४७ सिट थपेको हो । यो गठबन्धनमा समाजवादी पार्टीको ३७, तृणमुल कांग्रेसले २९ सिट जितेको छ ।     

निर्वाचनको परिणाम सार्वजनिक भएसँगै केन्द्रीय मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति द्रौपदी मुर्मूले बुधबार १७औं लोकसभा विघटन गरेकी छन् । यसअघि प्रधानमन्त्री मोदीले आफ्नो मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपति मुर्मूलाई बुझाएका थिए ।

कांग्रेसको दाबी– मोदीको नैतिक पराजय
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले बुधबार लोकसभा चुनावको नतिजा प्रधानमन्त्री मोदीका लागि व्यक्तिगतरूपमा राजनीतिक क्षतिका साथै ‘नैतिक पराजय’ भएको दाबी गरेका छन् । ‘म इन्डिया गठबन्धनका सबै साझेदारहरूलाई स्वागत गर्दछु । हामीले राम्रोसँग, एकजुट भएर र दृढतापूर्वक लडेका छौं ।

जनादेश निर्णायकरूपमा मोदी र उहाँको राजनीतिको सार र शैलीको विरुद्धमा छ । यो उहाँको लागि व्यक्तिगतरूपमा नैतिक पराजय पनि हो,’ आफ्नो निवासमा आयोजित ‘इन्डिया गठबन्धन’ बैठकमा खड्गेले भने, ‘भारतले हाम्रो संविधानको प्रस्तावनामा निहित मूल्य र आर्थिक, सामाजिक तथा राजनीतिक न्यायका लागि यसका धेरै प्रावधानप्रति मौलिक प्रतिबद्धता साझा गर्ने सबै पक्षहरूलाई स्वागत गर्दछ ।’

बैठकमा कांग्रेस संसदीय दलका अध्यक्ष सोनिया गान्धी र नेता राहुल गान्धी पनि पुगेका थिए । केन्द्र सरकार बनाउने रणनीतिबारे छलफलका लागि बैठकअघि समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव आफ्ना काका रामगोपाल यादवसँगै खड्गे निवास पुगेका थिए । कांग्रेस कार्यकर्ताहरूले दिल्लीमा कांग्रेस अध्यक्ष खड्गेको निवासबाहिर पार्टी नेता राहुल गान्धीको समर्थनमा नारा लगाएका थिए ।

मोदीलाई नेपाली शीर्ष नेताको शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

भारतमा सम्पन्न लोकसभा चुनावबाट भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनले लगातार तेस्रोपटक बहुमत प्राप्त गरेकोमा नेपालका तीन शीर्ष नेताहरूले बधाई दिएका हुन् ।प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत मंगलबार नै बधाई दिएका हुन् । देउवा र ओलीले भने बुधबारमात्रै बधाई दिए ।



कुन गठबन्धनमा कति सिट ?
यसपटक नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले २९२ सिट जितेको छ । जसमा भाजपाले २४० सिट प्राप्त गरेको छ । एनडिएमा आन्ध्र प्रदेशका चन्द्रबाबु नाइडु नेतृत्वमा रहेको तेलगु डेसम पार्टी (टिडिपी) को १६ सिट र विहारका नीतिश कुमारको नेतृत्वमा रहेको जनता दल युनाइटेड (जेडियू) को १२ सिट छ ।
त्यस्तै, शिवसेनाको सात, लोक जनशक्ति पार्टी (रामविलास) को पाँच तथा जनता दल (सेकुलर), जनसेना पार्टी र राष्ट्रिय लोक दलका दुई–दुई गरी छ सिट तथा असम जनपरिषद्, युनाइटेड पिपुल्स पार्टी लिबरल, राष्ट्रवादी कांग्रेस पार्टी, अपना दल (सोनियालाल), अखिल झारखण्ड विद्यार्थी युनियन, हिन्दुस्तानी आवाम मोर्चाको एक–एक गरी छ सिट प्राप्त गरेको छ । 

कांग्रेसको नेतृत्वमा रहेको इन्डिया गठबन्धनले २३४ सिटमा जित हात पारेको छ । जसमध्ये इन्डियन नेसनल कांग्रेसको ९९ सिट, उत्तर प्रदेशका अखिलेश यादवको समाजवादी पार्टीको ३७ सिट, पश्चिम बंगालकी ममता बनर्जीको २९ सिट, द्रविड मुन्नेत्र कजगम (डिएमके) को २२ सिट, उद्धव ठाकरे नेतृत्वको शिवसेनाको नौ सिट, राष्ट्रवादी कांग्रेस पार्टी (शरदचन्द्र पवार) को आठ सिट, भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीको चार सिट, लालुप्रसाद यादवको राष्ट्रिय जनता दल (आरजेडी) को चार सिट, आइएसआर कांग्रेस पार्टीको चार सिट, आम आदमी पार्टीको तीन सिट, इन्डियन युनियन मुस्लिम लिग तीन सिट र झारखण्ड मुक्ति मोर्चा तीन सिट रहेका छन् । 

त्यस्तै, जम्मू एण्ड कश्मीर नेसनल कांग्रेसको, विदुतलै चिरुतैगल कच्ची (भिसिके), भारतीय कम्युनिस्ट पार्टी (सिपिआई), भारतीय कम्युनिस्ट पार्टी (माले) लिबरेसनको दुई–दुई गरी आठ सिट र अन्य पाँच दलको एक–एक गरी पाँच सिट छ । कूल ५४३ मध्ये सिटमध्ये बाँकी १७ सिट कुनै पक्षमा छैनन् । त्यसमध्ये बाईएसआर कम्युनिस्ट पार्टी पाँच सिट, स्वतन्त्र सात र अन्य एक–एक सिटका पाँचवटा दलहरुको पाँच सिट जितेका छन् ।


प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ? सोमबार, कात्तिक १०, २०८२
जनताले अपेक्षाअनुसार एकताबद्ध भए अघि बढ्नु पर्ने:कार्यबाहक सभापति खड्का
जनताले अपेक्षाअनुसार एकताबद्ध भए अघि बढ्नु पर्ने:कार्यबाहक सभापति खड्का सोमबार, कात्तिक १०, २०८२
देउवा दम्पत्ती  सिंगापुर जाँदै
देउवा दम्पत्ती  सिंगापुर जाँदै सोमबार, कात्तिक १०, २०८२
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ: संयोजक दाहाल
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ: संयोजक दाहाल सोमबार, कात्तिक १०, २०८२
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड आइतबार, कात्तिक ९, २०८२
बहुपक्षीय आन्दोलनको चेतावनीले त्रस्त सरकार, संवादमा आउन अपिल
बहुपक्षीय आन्दोलनको चेतावनीले त्रस्त सरकार, संवादमा आउन अपिल आइतबार, कात्तिक ९, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP