Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
  • #पूर्णबहादुर खड्का
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भाजपाले गुमायो एकल बहुमत कांग्रेसको ‘कमब्याक’
भाजपाले गुमायो एकल बहुमत कांग्रेसको ‘कमब्याक’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २३, २०८१
  •  ५४३ सदस्यीय भारतीय लोकसभामा बहुमतका लागि २७२ मत चाहिन्छ । जुन मोदीको दल भाजपा एक्लैले ल्याउने दाबी गरेको थियो । यद्यपि भाजपाले यसपटक एकल बहुमत गुमाएको छ । 
  •  भाजपा नेतृत्वको गठबन्धनले बहुमत भने पुर्‍याइसकेको छ ।
  •  परिवारवादको आरोप खेपेका राहुल गान्धीले गत वर्ष भारत जोडो यात्रा अभियान सञ्चालन गरेका थिए । यहीबाट कांग्रेस अघिल्लो वर्षभन्दा यसपटक झण्डै दोब्बर सिटमा आफ्नो उपस्थिति देखाउने भएको छ ।

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फेब्रुअरी ५ मा भनेका थिए– यसपालि एनडिएले ४०० भन्दा बढी सिट जित्ने छ । भारतीय जनता पार्टी (भाजपा) एक्लैले ३७० सिट जित्ने छ ।एनडिए अर्थात् भारतीय जनता पार्टीसहितको गठबन्धन, एक्जिट पोलहरुको अनुमान र मोदीको दाबी भने निर्वाचन परिणामले नपुगेको पुष्टि गरेको छ ।

भारतको लोकसभामा ५४३ सदस्य यो निर्वाचनबाट चुनिँदै छन् । यहाँ बहुमतका लागि २७२ सिट चाहिन्छ । जुन मोदीको दल भाजपा एक्लैले ल्याउने दाबी गरेको थियो । यद्यपि चुनावी परिणामको अन्तिम रुझानले यो बताउँछ कि भाजपाले यसपटक एकल बहुमत गुमाएको छ ।

सन् २०१४ मा २८२ सिट जितेर बहुमत बटुलेका मोदीले सन् २०१९ मा ३०३ सिट जित्दै जादू चलाएका थिए । एनडिए गठबन्धनले २०१४ मा ३३६ र २०१९ मा ३५३ सिट जितेको थियो । तर यो पालि भने मोदीको लोकप्रियता घटेको निर्वाचन परिणामले प्रस्ट पारेको छ । भारतका प्रथम प्रधानमन्त्री एवं कांग्रेस नेता जवहारलाल नेहरुलाई पछ्याउने मोदीको चाहनामा थोरै ‘ब्रेक’ लागेको हो । नेहरुले ५२ वर्षअघि तीन चुनाव लगातार जितेको रेकर्ड बनाएका थिए ।

यसपटकको प्रमुख दुई मुद्दा थिए ‘भोट फर मोदी’ र ‘भोट अगेन्स्ट मोदी’ । मोदीले निकै मिहेनत गरेर चुनाव जिते पनि उनी हारेका छन् । यद्यपि भाजपाले मोदीलाई नै प्रधानमन्त्री बनाउने बताइसकेको छ । यद्यपि भाजपाको जादू भने पहिलेझैं चलेन ।

Hardik health

किन चलेन मोदीको जादू ?
भारतमा मोदी निकै चर्चित मानिन्छन् । उनीमाथि मिडिया नियन्त्रणको आरोपसमेत लाग्छ । लोकसभा निर्वाचनमा वाराणसीबाट तेस्रोपटक विजयी भएपछि मोदीले यसलाई भारतको इतिहासमा अभूतपूर्व क्षण भएको दाबी गरेका छन् । ‘देशका जनताले लगातार तेस्रोपटक एनडिएमा विश्वास व्यक्त गरेका छन् । यो भारतको इतिहासमा अभूतपूर्व क्षण हो,’ जितपछि मंगलबार बेलुका मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो माया र आशीर्वादका लागि म मेरो परिवारजनलाई नमन गर्दछु ।’

मोदीले कार्यकर्ताको परिश्रमको प्रशंसा गरेका छन् । लोकसभा चुनावको केही समय अगाडि मात्र अयोध्यामा राम मन्दिरको उद्घाटन भएको थियो । उत्तर प्रदेशका साथै अरू प्रदेशको चुनावमा यसको राम्रै प्रभाव पर्ने अनुमान थियो । तर भाजपाको राममन्दिर कार्डले चुनावमा काम गरेको देखिएन । अयोध्यासमेत पर्ने लोकसभा सिटमा भाजपाका लालु सिंह पछाडि छन् । त्यहाँ समाजवादी पार्टीका अवधेश प्रसादले अग्रता लिएका छन् ।

ब्युँतिदै कांग्रेस
सन् २०१९ मा ५२ सिटमा खुम्चिएको कांग्रेसले यो समाचार तयार पार्दासम्म ९० सिटमा जित निकालिसकेको छ । कांग्रेस ‘कमब्याक’ हुनुमा राहुल गान्धीको अथक प्रयासमाथि भरोसा गर्न थालेका छन् । ‘अन्तिम नतिजा जे आए पनि एउटा कुरा स्पष्ट छ, यो कांग्रेस र हाम्रा नेता राहुल गान्धीको नैतिक विजय हो र भाजपाको पराजय हो,’ कांग्रेस कार्यकर्ता रविन माइकल भन्छन् ।

गत वर्ष गान्धीले देशव्यापी ‘भारत जोडो यात्रा’ आयोजना गरेका थिए । यसले उनको प्रभाव बढाउने काम गर्‍यो । भाजपाले उनलाई गालीबेइज्जतीको मुद्दा हाल्यो । जसमा अदालतले उनलाई संसद्बाटै निष्कासित गरेको थियो । पछि सर्वोच्च अदालतले उनलाई पुनः संसद्मा फर्कायो । अहिले उनी केरला र उत्तर प्रदेश दुवै सिटमा जितेका छन् ।

चुनावको मुखमा अरविन्द केजरीवाल र हेमन्त सोरेनजस्ता मुख्यमन्त्रीलाई जेल हालेपछि भाजपाले निरंकुशता लाद्न खोजेको आशंका पनि गरिएको थियो । यसपटक कांग्रेस एक्लै १०० सिट आसपास जित निकाल्ने तरखरमा छ । जुन, अघिल्लो पालिको भन्दा दोब्बर हो । यो नतिजाबाट धेरैले कांग्रेस ब्युँतिन थालेको निष्कर्ष निकालेका छन् । ‘मोदीलाई यो देशको मजाक बनाउन हामी दिने छैनौं । यो देशका जनतालाई एकअर्काविरुद्ध जाइलाग्न हामी दिने छैनौं,’ कांग्रेस कार्यकर्ता सन्दीप मिश्र भन्छन् ।

महँगी र बेरोजगारी
चुनावी कार्यक्रमहरु केवल मोदी केन्द्रित देखिए । गठबन्धनका नेताहरु पनि मोदीकै अनुहार देखाएर चुनाव लडे । भारतीय चुनावबारे त्यहाँका समीक्षकहरु भाजपाका अरू उम्मेदवार र कार्यकर्ताहरु पनि जनतासँग जोडिएनन् । जसको परिणाम पार्टीले भोग्नुपरेको छ ।

अग्निवीर र पेपर लिकजस्ता मुद्दामा भाजपाविरुद्ध विपक्षीले गुपचुप काम गरिरहे । यसैगरी विपक्षीले महँगीको मुद्दालाई लिए चर्को गरी उठाए । महँगीको मुद्दाले लोकसभा चुनावमा गरेको गहिरो असरलाई नकार्न सकिँदैन । पेट्रोल–डिजलदेखि खानपानका वस्तुहरुमा लगातार वृद्धि भइरहेको मूल्य सरकारविरुद्ध वातावरण बनाउन सहयोगी बन्यो । विपक्षीले यो मुद्दाको असरलाई अगाडि नै अनुमान गरेर हरेक चुनावी मञ्चमा ग्यास सिलिन्डरसहित भान्साको बजेट बढाउने अन्य वस्तुमा भएको मूल्यवृद्धिलाई मुद्दा बनाए ।

लोकसभा चुनावमा बेरोजगारीको मुद्दाले पनि ठूलो ‘फ्याक्टर’का रुपमा काम गर्‍यो । विपक्षले हरेक मञ्चमा सरकारको घेराउ गर्दै बेरोजगारी मुद्दामा जवाफ माग्यो । यहाँसम्म कि कांग्रेसले आफ्नो घोषणापत्रमै केन्द्र सरकारको नेतृत्व पाए तत्काल ३० लाख सरकारी रोजगारी दिइने वाचा गर्‍यो ।
 


प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ? सोमबार, कात्तिक १०, २०८२
जनताले अपेक्षाअनुसार एकताबद्ध भए अघि बढ्नु पर्ने:कार्यबाहक सभापति खड्का
जनताले अपेक्षाअनुसार एकताबद्ध भए अघि बढ्नु पर्ने:कार्यबाहक सभापति खड्का सोमबार, कात्तिक १०, २०८२
देउवा दम्पत्ती  सिंगापुर जाँदै
देउवा दम्पत्ती  सिंगापुर जाँदै सोमबार, कात्तिक १०, २०८२
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ: संयोजक दाहाल
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ: संयोजक दाहाल सोमबार, कात्तिक १०, २०८२
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड आइतबार, कात्तिक ९, २०८२
बहुपक्षीय आन्दोलनको चेतावनीले त्रस्त सरकार, संवादमा आउन अपिल
बहुपक्षीय आन्दोलनको चेतावनीले त्रस्त सरकार, संवादमा आउन अपिल आइतबार, कात्तिक ९, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP