Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • काठमाडौँदेखि सगरमाथाको चुचुरोसम्म हिँडेर पुगे लामा
काठमाडौँदेखि सगरमाथाको चुचुरोसम्म हिँडेर पुगे लामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २२, २०८१

काठमाडौं – काठमाडौंस्थित आफ्नै घरबाट हिँडेर पर्वताहरोहीजेश लामाले सगरमाथाको चुचुरो चुमेका छन् । हिमालय पर्वतारोहणको समृद्ध इतिहासमा पहिलोपटक आफ्नै घरबाट हिँडेर पर्वताहरोही राजेश लामाले ५७ दिनमा सगरमाथाको चुचुरो आरोहण गर्न सफल भएका हुन्  ।

lama-1717508500.jpg
कुल दूरी ४३२.६ किलोमिटर हिँडेर नै सगरमाथाको चुचुरोमा पुगेर उनले नयाँ इतिहास कोरेका छन् । साहसिक गतिविधिहरूको लागि उपयुक्त, उच्च गुणस्तरको ट्रेकिङ गियर प्रदान गर्ने र नेपालमा प्रामाणिक बाहिरी ब्रान्ड ल्याउने अग्रणी कम्पनी,महिलाहरूको स्वामित्वमा रहेको र ९७ प्रतिशत  कर्मचारीहरू महिला मात्र भएको नर्थ फेसको समिट सिरिज लामाले आरोहरणमा प्रयोग गरेका थिए ।

RJL-1717509182.jpg
 

लामा दाई’ को उपनामले  चिनिने उनले काठमाडौंमा नर्थ फेसको आयाेजनामा आज एक पत्रकार सम्मेलन गरी हिँडेर सगरमाथाको चुचुरो पुग्नुको उद्देश्य र ऐतिहासिक आरोहण पछाडिका आफ्ना अनुभव, चुनौती, र प्रेरणाहरूलाई बाँडेका छन् । अहिलेको  युगमा सम्भवत छिटो छरितो रुपमा सबै काम सक्काउने प्रवृतिलाई चिर्दै अत्यन्त धैर्य, मनोबल र उत्साहलाई लामाले उजागर गरेका छन् । काठमाडौंबाट सुरु गरेको यो यात्रा हिमालयी अन्वेषणको विरासत र मानव मनोबलको अथकतालाई सम्मान गरेको छ ।

Hardik health

Rlama-yarta1-1717508499.jpg
को हुन् लामा दाई 
नेपालको पर्यटन उद्योगमा दशकभन्दा बढी अनुभव भएको पेशेवर ट्रेकिङ गाइड हुन् । उनले सन् २००९ देखि ट्रेकहरूको नेतृत्व र शिक्षण गर्दै, यात्रा र प्राकृतिक सुन्दरतामा आफ्नो उत्साह साझा गर्दै आएका छन् । उनको उद्यमशील आत्मविश्वासले २०१३ मा लामा वक्स स्थापना गरे । उनले साहसी र प्रेरणादायी यात्राहरूको नेतृत्व गर्छन् । साथै, लामा हिमालयन मेडिक्सको कार्यकारी निर्देशकको रूपमा पनि कार्य गर्दै बाह्य क्षेत्रको सुरक्षा र चिकित्सा समर्थनमा योगदान दिने गर्दछन् ।

RJLAMA1-1717509182.jpg
उनले आफ्ना यात्राका मुख्य क्षणहरू बडो रमाइलोका साथ बताउँछन्। उनले काठमाडौँको सानेपाबाट आफ्नो यात्रा सुरु गरेर धुलिखेल,दोलालघाट हुँदै आठ दिनमा  जिरी पुगे । उनले १५ ( १५ एप्रिल,२०२४ )औँ दिनमा चुनौतीपूर्ण भू–भाग पार गरेर लुक्ला पुगे । उनले यही क्रममा मनमोहक दृश्य र आवश्यक अवस्थाका लागि परिचित गर्न रेन्जो ला (५,३६० मि) र चो ला (५,४२ मि) को उच्च मार्गहरू नेभिगेट गरे ।

Rlama-yarta-1717508500.jpg
लबुचे शिखरमा आइपुग्न उनलाई २७ दिन लाग्यो । उनको टोलीले एभरेस्ट बेस क्याम्पबाट अन्तिम गन्तव्यतिर मे १५, २०२४मा  प्रस्थान गरे । पाँच चुनौतीपूर्ण दिनहरुपछि सगरमाथाको चुचुरोमा मे २०, २०२४ लामाले पाइला टेक्न सफल भए । २०२४काे मे २४ मा सगरमाथा आधार शिविर गई लामाले आफ्नाे  यात्रा समाप्त गरेका हुन्  ।

RL-1717509181.jpg
सगरमाथाको चुचुरोमा पुगेर सहयोग गर्ने दाताहरुको झण्डा फहराएर सबैले धन्यावाद गर्दछन् तर उनीहरुले ती लगेका थोकहरु त्यही नै छोडेर आएकोमा उनले दुख व्यक्त गरे। यो क्रम जारी रहे भोली सगरमाथाको चुचुरोमा फोहोरको चुचुरो नबन्ला भन्न सक्किन उनले भने । उनले आफूले लगेको दाताको झण्डा भने त्यहाँ नछोडि बोकेर ल्याएको बताए ।

लामाको यात्राले विश्वभरका महत्वाकांक्षी पर्वतारोहीहरू र बाहिरी उत्साही  पैदल यात्रीहरुका लागि प्रेरणाको स्रोत बनेको छ । उनको लगनशीलता र मनोबलले पर्वतारोहीहरुका लागि थप नयाँ आशा र नयाँ जोशलाई जगाइदिएको छ । 
 


प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १९:४०
#राजेश_लामा #पर्वताहरोही
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौँ पर्वत महोत्सव आजदेखि
आठौँ पर्वत महोत्सव आजदेखि बुधबार, पुस ९, २०८२
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन मंगलबार, पुस ८, २०८२
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’ सोमबार, पुस ७, २०८२
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’ सोमबार, पुस ७, २०८२
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै सोमबार, पुस ७, २०८२
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु सोमबार, पुस ७, २०८२
मनमोहक तनहुँको दुबुङ गाउँ
मनमोहक तनहुँको दुबुङ गाउँ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP