Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • साँधमा साइँदुवाको लडाइँ ! 
साँधमा साइँदुवाको लडाइँ ! 
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, जेठ २२, २०८१

थरी टोलको डिलमा रहेको पिपलबोटको फेदमा बसेर चित्रबहादुर कराउँछन् । होइन ओइऽ झुम्रेका बान । तेरो डाम्नाले के–के गरेको छ हेर्दैनस् ? खाली अर्काको साँधमा लगेर बाँधेको छ । भएभरको चीज सोत्तर बनाको छ ! कति अटेर गरेको हो गर्न पनि ! 

चित्रेले जति नै चिच्याए पनि सुन्नेवाला कोही थिएन । झुम्रेको घरतिरबाट कसैले चियाउँला र अझ बेस्सरी झपारौंला भन्ने सोच चित्रेले राखिरहेको थियो । तर, कोही पनि निस्केन । चित्रे चिच्याइ–चिच्याइ कराउन थाल्यो । 

कत्ति बेर चिच्याएपछि बल्ल झुमे्रको नाति आँगनका डिलमा आएर मास्तिर फर्केर प्रश्न ग¥यो । मर्ने बेला भाको बूढो किन घोक्रो सुक्ने गरी कराऽ छौं ? अब यो उमेराँ आएर नि तिम्रो मति सप्रिने भएन ।

डाँडाबाट चित्रे कराउँछन्, ‘के रे केरे, उल्टै मलाई धम्की !’ हिजाका फूल आजको चल्ला । बढो पूmर्ति गर्दौ रैछ । तेरा डाम्नालाई आफ्नै बारीका पाटा लगेर बाँध्नु नि ! किन मेरो साँधमा ल्याएर लडाको छस्, जा तेरो बाउलाई गएर सुनाइदे खुरुक्क । अर्का साँधमा ल्याएर किन बाँध्नु परो तेरो डाम्नलाई ? 

Hardik health

तिम्रै साँध हो नि ! तिम्रा फुटेका आँखाले हेरेका छौं कि जे मन लाग्यो त्यही फलाक्दै छौं ? हाम्रा ‘बा’ ले आफ्नै साँधमा बाँधेका छन् । अलि नजिकै गएर हेर तिम्रा साँधमा छ कि अर्काको साँध हो ?

तेरो माझा लगेर बाँध्न के को हाम्रा साँधमा ल्याका छस् त ? पिपलबोटको हावाले सुरिलो आवाजसहितको सुस्केरा हालिरहेको छ ।  साँधमा चित्रे र झुम्रेका नाति दुई साइँदुवा लडिरहेका छन् । एकले अर्कालाई आरोप लगाइरहेका छन् । कसको साँधमा कसको अधिकार भन्दै । 

यता चित्रे छाड्ने पक्षमा नै छैन भने अर्कोतिर झुम्रेको नाति पनि के कम, ज्यान जाला पछाडि हट्ने देखिँदैन । चित्रे पिपल बोटाँ बसेर कराइरहेका छन् भने झुम्रेको नाति आँगनको डिलमा बसेर हपार्दै छ । को भन्दा के कम । किन टेर्ने ? कसले भनेको किन मान्ने ? 

अहिले गाउँमा कसैले भनेको मान्नेवाला नै छैन । उता चित्र आफ्नो साँधको कुरा गरेर दुईचार जना अधवैशे तयार गरिरहेको छ भने यता झुम्रेको नाति मुर्रा आफूजस्तै उरण्ठेउला केटाकेटी जम्मा पारेर बूढालाई ठीक पार्छु भन्दै छ । 

आफ्नै साँधमा बाँधेको बाख्रामाथि चित्रेले गिद्दे नजर लगायो भन्छन् मुर्रा ! उता चित्रे आफ्नो साँधमा बाख्रा बाँधेर घाँस खुवाएर सिध्याइदियो भन्ने आरोप लगाएको छ । न साँधमा तारजाली घेर्नु, न पर्खाल नै लगाउने ! 

अहिले तीन गाउँ हँसाउने काममा लीप्त छन् चित्रे र मुर्रा ! सुझ न बुझ टुँडिखेलमा कुद भनेजस्तै ! खुरुखुरु आफ्नो खेतबारी संरक्षण आफैं नगरेर गाउँ हँसाउने काम किन गर्नु ? तर संरक्षण हुने कुरा त हुँदै हुँदैन भन्ने कुरा पो सुनिन्छ त ? 

साँध सिमानामा संघर्ष गर्ने साइँदुवाहरु ! उबेलादेखि सुस्ता रोएको रोयै छ । ठाउँमा ठाउँमा जनता रोएको छ कसैलाई मतलव छैन । जनजनको घरमा मन रोइरहेको छ । चासो छैन । तर अहिले एउटा साँधको विषयमा यत्रो लफडा ।  

न चित्रेलाई फाइदा न मुर्रालाई फाइदा । ‘भाइ फुटे, गवार लुटे’ भनेजस्तै भाको छ । कोही बोल्नेवाला पनि छैन । बोल्दा पनि बोल्दैन । गाउँमा चित्रे र मुर्राको साँध विवादले धेरैलाई चिन्ता पनि छ । कतै न्याय पो नपाउने हो कि भनेर । हुन त संघीऽयता न उता मा हुने नै यस्तै हो । पञ्चभलाद्मी बस्ने अनि डिल ठोक्ने । उसलाई ऊ गरेर अर्का साँधा ल्याएर यसो गरेर उसो गरेर भनेर मात्र हुन्छ ? 

चित्रलाई पनि कहिलेको पीडा पोख्नु प¥या हो ! अर्को खाली साँधमै आएर कर्कस गरेको छ । आफ्नो साँधा जे गरे पनि हुन्छ भन्ने सोचले गर्दा बिग्रेका त होला नि ?

ऊ बेला साँध सिमाना राम्रैसँग छुट्याउ भन्दा नमानेपछि अहिले आएर हुने त यस्तै त हो नि । तात्तातो रिसले आफैंलाई खान्छ भन्छन् । चित्रे र मुर्राको भन्दा को कम ! साँधमा बसेर सधैं के लफडा गर्नु साइँदुवाहरु ! साँधमा बसेपछि मिलिजुली गर्न चौतारीमा बसेर पञ्चभलाद्मीले ऊ बेला पनि भनेकै हुन् । तर, खै टेरेको भए पो ! खालि दुनियाँ हँसाउनेबाहेक केही पनि गर्दैनन् ।

हुन त साँधमा बसेपछि शक्ति त देखाउनै प¥यो नि । त्यसमाथि पनि थरी टोलका पिपलबोटमा बसेर गाउँ थर्काएका चित्रेले मुर्रालाई के बाँकी राख्थे र ? ताल परे झिँझाले मुढा पोल्न आको होस् भन्दिन्छन् चित्रेले ! पहिले–पहिले हो र, अब त ‘बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि’ भनेजस्तै हो । 

चित्रे बाले ०४८ साल सोच्या होलान् यो त ०८१ साल पो हो त गाँठे । अब कसैलाई थर्काएर थर्कनेवाला नै छैन नि । चित्रे बा अझै पनि मुर्रालाई आफ्नै पाखुरीका बलले साँधमा बसेर ठीक पार्छु भन्ने सोचिराका छन् । जवाना नातिको छ बा हजुरबाले घिउ खाको बल मसँग छ भन्नेमा छन् । 

मुर्राले तलबाट फेरि कराउन थाल्यो । होइन ओइ बूढा, तिम्रा बाले ल्याप्चे हानेर साँध मिचेको त बिर्सेका छैनौं होला नि ? एक–एक हिसाव छ नि मसँग !

बूढा माथिबाट हकार्दै भन्छन, तेरा हिसाब तैँसँग राख, मेरो हिसाबमा तँलाई कसरी हान्छु हेर्दै जा ।

बूढाको कुरा सुनेर मुर्राले आँगनको डिलबाटै एक ढुंगो प्रहार गर्छ । चित्रे ढुंगा त छल्छन् अनि चिच्याउँछन्, गुहारऽ गुहार, मेरो साँध मिचेर मलाई ढुंगा हान्यो । सब नालायक रै‘छन्, कोही बोल्देन । गुहार गाउँले गुहार, बचाऊ भन्दै बूढो फुत्त पिपलको रुखको आडैबाट कुलेलम ठोक्छ ! मुर्रा मरीमरी हाँस्छ ।
 


प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP