Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
  • #पूर्णबहादुर खड्का
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गण्डकीमा पाण्डे दोस्रोपटक मुख्यमन्त्री
गण्डकीमा पाण्डे दोस्रोपटक मुख्यमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ १७, २०८१

काठमाडौं- गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे दोस्रोपटक मुख्यमन्त्री बनेका छन् । बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेले पद तथा गोपनीयताको शपथसमेत लिएका छन् । उनले कांग्रेसबाट अर्थमन्त्रीमा टकराज गुरुङ र सामाजिक विकासमन्त्रीमा विन्दुकुमार थापालाई नियुक्त गरेर मन्त्रीमण्डल बिस्तार गरेका छन् । 

नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पाण्डेलाई गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वास मत असंवैधानिक भन्दै सोमबार सर्वोच्चले बदर गरिदिएपछि पाण्डे मुख्यमन्त्री बनेका हुन् । सर्वोच्चले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ४८ घण्टे अल्टिमेटमसमेत दिएको थियो ।

२०८० वैशाख १४ मा मुख्यमन्त्री बनेका पाण्डेले केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएसँगै गते चैत २१ गते राजीनामा दिएका थिए । उनको राजीनामा चैत २५ गते स्वीकृत भएको थियो । लगत्तै एमालेका अधिकारी मुख्यमन्त्री बनेका थिए । अधिकारीले वैशाख २३ गते विश्वासको मत लिएका थिए ।

Hardik health

अधिकारीले सभामुख कृष्णप्रसाद दाहालसहितको ३० मत लिएर विश्वासको मत पाएको घोषणा गरिएको थियो । सभामुख दाहालको उक्त घोषणा असंवैधानिक ठहर भएको छ । सोमबार सर्वोच्चले उक्त निर्णयलाई सच्याएको हो ।

६१ सदस्यीय प्रदेशसभामा कांग्रेस २७ सिटसहित पहिलो दल हो । यहाँ एमालेका २२, माओवादी केन्द्रका सात, राप्रपाकाका दुई, एकीकृत समाजवादी पार्टीका दीपक मनाङे र डा. बाबुराम भट्टराईको दल नेपाल समाजवादी पार्टी (नेसपा)का एक सांसद छन् ।

मुख्यमन्त्री नियुक्त भएसँगै पाण्डेलाई सरकारको आयुको चिन्ता भने थपिएको छ । किनभने उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । राप्रपा, नेसपा र एकीकृत समाजवादीले साथ दिएमात्र पाण्डेको सरकार जोगिने अवस्था छ ।
 


प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ? सोमबार, कात्तिक १०, २०८२
जनताले अपेक्षाअनुसार एकताबद्ध भए अघि बढ्नु पर्ने:कार्यबाहक सभापति खड्का
जनताले अपेक्षाअनुसार एकताबद्ध भए अघि बढ्नु पर्ने:कार्यबाहक सभापति खड्का सोमबार, कात्तिक १०, २०८२
देउवा दम्पत्ती  सिंगापुर जाँदै
देउवा दम्पत्ती  सिंगापुर जाँदै सोमबार, कात्तिक १०, २०८२
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ: संयोजक दाहाल
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ: संयोजक दाहाल सोमबार, कात्तिक १०, २०८२
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड आइतबार, कात्तिक ९, २०८२
बहुपक्षीय आन्दोलनको चेतावनीले त्रस्त सरकार, संवादमा आउन अपिल
बहुपक्षीय आन्दोलनको चेतावनीले त्रस्त सरकार, संवादमा आउन अपिल आइतबार, कात्तिक ९, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP