Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
  • #पूर्णबहादुर खड्का
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवाको दैलोमा प्रधानमन्त्रीदेखि माधवसम्म
देउवाको दैलोमा प्रधानमन्त्रीदेखि माधवसम्म
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ १७, २०८१
  •  पछिल्लो समय दाहाल, देउवा र ओली एकैसाथ छलफलमा जुट्न सकेका छैनन् 
  •  यही बेला प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने नेकपाकालको झल्को दिनेगरी देउवाको दैलो पुगेका छन्
  •  मधेस प्रदेशमा जसपाको सरकार जोगाउन उपेन्द्र यादवलाई लिएर नेपाल देउवानिवास पुगेको स्रोतको दाबी

काठमाडौं– नेकपाकालमा केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी छाडेरै पुष्पकमल दाहाल र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको दैलो धाएका थिए । यही झल्को दिनेगरी प्रधानमन्त्री दाहाल र माधवकुमार नेपाल पुनः देउवाको दैलोमा धाउन थालेका छन् ।

सदनमा बजेट ल्याउन मुस्किल हुने देखिएपछि जेठ १३ गते बिहानै प्रधानमन्त्री दाहाल देउवानिवास बूढानीलकण्ठ पुगेका थिए । दाहाल–देउवाबीच ४० मिनेट कुराकानी भएको थियो । भेटमा के कुराकानी भयो ? यो विषय अहिले नै पटाक्षेप भएको छैन । यद्यपि एमाले अध्यक्ष ओली भने यो भेटपछि तीन शीर्ष नेताको बैठकबाट भाग्न थालेका छन् ।

यसअघि सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यदेश (टिओआर) शीर्ष तीन नेताले टुंग्याउने भनिएको थियो । यद्यपि तीन नेताबीच यसबारे कुनै बैठक हुन सकेन । ‘एमाले अध्यक्ष ओली देउवा र दाहालको एक्लाएक्लै भेटबाट सशंकित भएको देखिन्छ,’ नेपाली कांग्रेसका एक नेताले भने, ‘त्यसयता तीन शीर्ष नेताको भेट हुन सकेको छैन ।’

शीर्ष नेता नबसी टिओआर टुंग्याइयो । सहकारीको रकम अपचलनको विषयमा संसदीय छानबिन विशेष समिति बन्यो । आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत भइसकेको छ । योसँगै सेलाएको राजनीति सत्तामै रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपाल बुधबार देउवानिवास पुगेसँगै पुनः तरंगित भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितको छलफलमा नेपाल पनि मिसिन पुगेपछि राजनीतिमा नयाँ तरंग छाएको हो ।

Hardik health

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सरकारमा आफूहरुलाई कुनै स्थान नदिइएको र अध्यादेश ल्याएर पार्टी फुटाउन सक्ने डर अझै रहेको गुनासो गरेको स्रोतले बताएको छ ।

मधेसको नेतृत्व जोगाउने प्रयासमा उपेन्द्र
बूढानीलकण्ठमा नेताहरुबीच मधेस सरकार टिकाउने विषयमासमेत छलफल भएको नेताहरुले बताएका छन् । मधेसमा अहिले जसपका सरोज यादव मुख्यमन्त्री छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै नेकपा एमाले र माओवादी केन्द्रले ३० वैशाखमा मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएका थिए । यो बीचमा उपेन्द्र यादवको पार्टी दुई टुक्रा भयो भने उनी सरकारबाट बाहिरिसकेका छन् ।

मुख्यमन्त्री यादवले आउँदो २३ गते विश्वासको मत लिने तयारी गरेका छन् । यसै विषयमा बुधबार भेट केन्द्रित भएको नेताहरुले बताएका छन् । कांग्रेस सभापतिका स्वकीय सचिव भानु देउवाले पनि यस विषयको पुष्टि गरे । ‘मधेस सरकार गठनमा कसरी जाने भन्ने विषयमा छलफल भयो । अरू समसामयिक विषयमा पनि छलफल भयो,’ देउवाले भने । 
मधेसमा १०७ सिटमध्ये एमालेको २३, कांग्रेसको २२, जसपा नेपालको १६, जनमत पार्टीको १३ सिट रहेको छ । त्यस्तै लोसपाको नौ सिट, माओवादी केन्द्रको सात सिट र एकीकृत समाजवादीको सात सिट रहेको छ । राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा), नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले एक–एक सिट पाएका छन् । मधेसमा छ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । 

यहाँ कांग्रेसका २२, जसपा नेपालका १६, लोसपाका नौ र एकीकृत समाजवादीका सात गरी ५४ पु¥याएर गठबन्धनको अर्को सरकार बनाउने प्रयासमा उपेन्द्र लागेको देखिन्छ । बैठकपछि उपेन्द्रले मधेस सरकार जोगाउन प्रतिपक्षमा रहेका दलहरू एक ठाउँमा उभिने बताए । यादवले राष्ट्रिय राजनीतिमा पनि अब एकीकृत समाजवादीसहित प्रतिपक्ष दलहरू एकजुट भएर अघि बढ्ने छनक दिए ।

 


प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ? सोमबार, कात्तिक १०, २०८२
जनताले अपेक्षाअनुसार एकताबद्ध भए अघि बढ्नु पर्ने:कार्यबाहक सभापति खड्का
जनताले अपेक्षाअनुसार एकताबद्ध भए अघि बढ्नु पर्ने:कार्यबाहक सभापति खड्का सोमबार, कात्तिक १०, २०८२
देउवा दम्पत्ती  सिंगापुर जाँदै
देउवा दम्पत्ती  सिंगापुर जाँदै सोमबार, कात्तिक १०, २०८२
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ: संयोजक दाहाल
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ: संयोजक दाहाल सोमबार, कात्तिक १०, २०८२
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड आइतबार, कात्तिक ९, २०८२
बहुपक्षीय आन्दोलनको चेतावनीले त्रस्त सरकार, संवादमा आउन अपिल
बहुपक्षीय आन्दोलनको चेतावनीले त्रस्त सरकार, संवादमा आउन अपिल आइतबार, कात्तिक ९, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP