Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश ठाडा मगर
  • #सशस्त्र प्रहरी बल
  • #एआईजी
  • #अतिरिक्त महानिरीक्षक
  • #राष्ट्रिय परिचयपत्र
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #मुन्दुम पदमार्ग
Search Here
समाचार
  • Home
  • समाचार
  • गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन मन्तव्य (पूर्णपाठ)
गणतन्त्र दिवस गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन मन्तव्य (पूर्णपाठ)
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १५, २०८१

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई आर्थिक-सामाजिक रूपमा सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने प्रयासले क्रमशः मूर्तरूप लिँदै गएको बताएका  छन् । गणतन्त्र दिवस २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय हितको रक्षा गर्न सरकार दृढ रहेको बताए । 

उनले छिमेकी मुलुक र अन्य मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँगको सम्बन्ध सुदृढ भएकाले यसैको फलस्वरूप नेपाल विसं २०८३ सम्ममा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सुनिश्चित भएको बताए । प्रधानमन्त्रीले भने, “विसं २०८७ सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्यसहित विकसित राष्ट्रको स्तरमा पुग्ने अभियान जारी छ ।”

गणतन्त्र दिवसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले गर्नुभएको सम्बोधन मन्तव्यको पूर्णपाठः

नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको जगमा संविधानसभाले २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको दिनको सम्झनामा आज हामी गणतन्त्र दिवस मनाइरहेका छौँ । यस अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दछु । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि २००७ सालदेखि विभिन्न समयमा भएका राजनीतिक आन्दोलन, जनयुद्ध, २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनसहितका विभिन्न आन्दोलन तथा सङ्घर्षमा आफ्नो अमूल्य जीवन आहुति गर्नुहुने ज्ञात अज्ञात सहिदहरूलाई स्मरण गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । 

गणतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका घाइते तथा अपाङ्गहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरूसहित बेपत्ता दिदीबहिनी दाजुभाइप्रति उच्च सम्मान प्रकट गर्दछु । गणतन्त्र प्राप्त गर्न र यसलाई संस्थागत गर्न योगदान गर्ने राजनीतिकर्मी, विधायक, न्यायकर्मी, राष्ट्रसेवक, निजी क्षेत्र, नागरिक समाज, सञ्चारकर्मीसहित आमजनसमुदायमा हार्दिक आभार प्रकट गर्दछु । भौगोलिक रूपमा हिमाल, पहाड र तराईको विशेषता बोकेको एवं विभिन्न धर्म, संस्कृति, जातजाति, भाषाभाषी तथा बहुसंस्कृतिले सुसज्जित एवं विविधतामा एकताको मर्मलाई आत्मसात गरेको हाम्रो सुन्दर देश नेपालमा स्वाभिमानी र पराक्रमी नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप आजभन्दा १६ वर्षअघि वंशवादी सामन्ती राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको थियो । यसर्थ, आजको दिन नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन भएको सुनौलो दिनका रूपमा अङ्कित भएको हामी सबैलाई विदितै छ ।

गणतन्त्रको उपलब्धिका रूपमा जनताका प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको नेपालको संविधानबमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा छ । यस व्यवस्थाले नेपालको संविधानबमोजिम समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माणका लागि दिशानिर्देश गरेको छ । नेपालको संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गरेको छ । साथै, यसले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गरेको छ । त्यसैअनुरूप सरकारले नीतिगत, कानूनी तथा संरचनागत व्यवस्थामा समयानुकूल परिमार्जन गरी आफ्नो कार्यसम्पादन गरिरहेको म यहाँ अवगत गराउन चाहन्छु ।

बहुदलीय प्रतिस्पर्धात्मक शासन व्यवस्था अवलम्बन गरेका कारण हाम्रो समाजका राजनीतिक तथा सामाजिक क्षेत्रमा विभिन्न धारणा र विचार जीवन्त छन् । तर, जनताको जीवनस्तरमा सुधार एवं आर्थिक, सामाजिक समृद्धिका लागि महत्वपूर्ण राष्ट्रिय मुद्दा र राष्ट्र निर्माण प्रक्रियामा सबै राजनीतिक दल, समुदाय तथा आम नेपाली जनताको साझा मत छ । संविधानले परिलक्षित गरेबमोजिम हामीले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकाशं कार्य सम्पन्न गरेका छौँ । शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पु¥याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी कामसमेत यथाशीघ्र सम्पन्न गर्न सरकार दृढ छ । द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा हामीले गरेको अभ्यास विश्वसामु नवीन उदाहरणका रूपमा स्थापित भएको छ । सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, रोजगारी, स्वरोजगारका अवसर, आर्थिक सहायता, पुनःस्थापना र परिपूरणको व्यवस्था मिलाइएको छ । 

विश्वव्यापीरूपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त, मान्यता र नेपाली समाजको विशेषता अनुकूलका चरित्रसहितको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको छ । संविधानबमोजिम तीनै तहमा निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न निर्वाचनले मुलुकमा सङ्घीय शासन प्रणालीलाई सुदृढ बनाएको छ । आवधिक निर्वाचनबाट गठन भएका तीन तहका सरकार नागरिकको हित र उन्नतीका लागि क्रियाशील रहेका छन् ।

राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप देशमा समाजवादोन्मुख आर्थिक सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकार प्रतिबद्ध छ । नेपाली जनताको सुख र समुन्नतिका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवं व्यावसायिक निराशालाई चिर्दै जनतामा आशा र भरोसा जगाउने गरी सरकारले कार्य गरिरहेको छ । 

सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवा प्रवाहमा जनताले अनुभूति गर्नसक्ने गरी सुधारका लागि सरकार स्पष्ट मार्गचित्रका साथ अघि बढेको छ । संविधान कार्यान्वयन, सङ्घीयता सबलीकरण, अर्थतन्त्र सुधार र पुनरुत्थान, सुशासन प्रर्वद्धन, सार्वजनिक सेवाप्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री शासनको स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकता हुन् । 

देशमा भएको युगान्तकारी परिवर्तनको फलस्वरूप रैती भएर युगौँदेखि हेपिएका वर्ग तथा समुदाय अहिले अधिकार र सम्मानका साथ राज्यका विभिन्न निकायमा नेतृत्व तहमा रहेका छन् । कल्पनाभन्दा पर रहेको, आँगनमा उभिँदा समेत छोइछिटो सहनुपर्ने समुदाय अहिले देशैभरिका छ हजार सात सय ४३ वडालगायत राज्यका विभिन्न तहका निकायमा निर्णायक भूमिकामा रहेका छन् । आधा आकाशको उपमा पाएका तर चुलोचौकोमा सीमित महिलाले सात सय ५३ स्थानीय तहका प्रमुख वा उपप्रमुखको रूपमा नेतृत्व गरिरहनुभएको छ । सार्वजनिक क्षेत्र मात्रै होइन सबै राजनीतिक दल, सामाजिक सङ्घसंस्थालगायत हरेक तहका निकायका एक तिहाइ महिलाको सहभागिता सुनिश्चित भएको छ । बञ्चितीकरणमा परेका वर्गको मूलप्रवाहीकरण एवं लक्षित समूहको अधिकार संरक्षणका लागि स्थापित संवैधानिक आयोग क्रियाशील छन् । नेपाली समाजमा व्याप्त यिनै सामाजिक, सांस्कृतिक, आर्थिकलगायत विभेद र बञ्चितीकरणको  अन्त्य गर्दै समृद्धिको जग बसाल्ने सफल दिनका रूपमा हामीले आजको दिनलाई स्मरण गरिरहेका छौँ । 

गणतन्त्र कसैको लहड थिएन, न त कसैको राजनीतिक स्वार्थमा चलेको आन्दोलनको परिणाम नै । यो त विभेदपूर्ण सामाजिक संरचनालाई भत्काउँदै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्न परिवर्तनकामी राजनीतिक शक्ति एक ठाउँमा उभिएर गरिएको सामूहिक प्रयास थियो । हाम्रो सामूहिक प्रयास र सहकार्यमार्फत् राजनीतिक व्यवस्था परिवर्तन ग¥र्यौ र एकात्मक वंशवादी सामन्ती राज्यसत्ता अन्त्य गरी सङ्घीयता र गणतन्त्रसहितको संविधान निर्माण गर्न सफल बन्यौँ । यसबाट राजनीतिकरूपमा क्रान्तिको एउटा अध्याय त पूरा भएको छ, तर जुन जग र सपनाको बलमा गणतन्त्र स्थापना भएको थियो, त्यसका सोच तथा लक्ष्य पूरा गर्ने अभिभारा भने बाँकी नै छ ।

व्यवस्थामा हुने परिवर्तनले आमजनताको अवस्थामा परिवर्तन ल्याउन सकेन भने त्यसले राजनीतिक व्यवस्था परिवर्तनको अभिष्ट पूरा हुन सक्दैन । गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा हामीबीचमा देखिएका अस्पष्टताको फाइदा उठाउँदै व्यवस्थालाई नै असफल पार्न कोसिस भइरहेको भन्ने पनि सुनिएको छ । यस्ता प्रयासलाई असफल पार्न हाम्रो सचेत र सामूहिक प्रयास एवं परिवर्तनका मुद्दामा राष्ट्रिय सहमति र सहकार्य आवश्यक पर्दछ । संसारभरिको अनुभव हेर्दा इतिहासको रथ पछाडि कहिल्यै फर्किएको छैन र नेपालमा पनि त्यस्तो हुन दिइने छैन ।

सरकारले लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्दै र समाजवाद उन्मुख राज्य व्यवस्थाको आधारका लागि सक्रियताका साथ काम गर्दै आएको अवगत नै छ । हाम्रो मुख्य कोसिस भनेको देशका लागि राम्रो मात्र गर्ने हो । केही पनि हुँदैन, सकिँदैन भन्ने ‘भाष्य’ चिर्दै थप उपलब्धि हासिल गर्दै अघि बढ्ने हो । केही पनि भएन भन्नेका लागि समावेशीता, स्वतन्त्रता, सामाजिक–आर्थिक तथा पूर्वाधार विकासका क्षेत्रमा गणतन्त्रपछिका उपलब्धिले ठोस जवाफ दिएका छन् । 

नागरिक आवश्यकता र चाहनाको परिपूर्ति गर्दै मुलुकलाई आर्थिक–सामाजिक रूपमा सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने हाम्रो प्रयासले क्रमशः मूर्तरूप लिन थालेको छ । स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय हितको रक्षा गर्न सरकार दृढ छ । छिमेकी मुलुक र अन्य मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँगको सम्बन्ध सुदृढ भएको छ । यसैको फलस्वरूप नेपाल बिक्रम सम्वत् २०८३ सम्ममा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सुनिश्चित भएको छ । साथै, सम्वत् २०८७ सम्ममा दिगो विकास लक्ष्य हासिल गर्दै मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्यसहित विकसित राष्ट्रको स्तरमा पुग्ने अभियान जारी छ । 

गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली समेत हो । हामीमा गणतान्त्रिक जीवनशैली विकास भएको छ र नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको छ । वास्तविक रूपमा गणतन्त्र अरुका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति पनि हो । अझ, त्यसभन्दा माथि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थानीय स्वायत्तता र आधारभूत विषयहरूमा स्वनिर्णयको अधिकार समेत हो । तसर्थ, यसका लाभलाई आमनागरिकमा पु¥याउन सरकारले दृढतापूर्वक प्रयास गरिरहेको छ । 

पछिल्लो समयमा देखिएको आर्थिक शिथिलतालाई अन्त्य गर्न वित्त एवं मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयन गरिएको छ र यसको फलस्वरूप अर्थतन्त्रमा सुधार भइरहेको छ । लगानीको वातावरण सुधारका लागि यससम्बन्धी नीतिगत एवं कानुनी व्यवस्थामा परिमार्जन गरिएको छ । देशका मजदुर, किसान, विद्यार्थीलगायत सम्पूर्ण गरी खाने वर्गलाई ध्यानमा राखी आधारभूत आवश्यकताको परिपूर्तिमा ध्यान दिँदै बीउ, मल, पाठ्यपुस्तक, औषधिजस्ता वस्तुको उपलब्धता र आपूर्ति सरल र पहुँचयोग्य बनाइएको छ । सुशासन र समृद्धिलाई केन्द्रमा राखी राज्यको स्रोतमा सबै नागरिकको पहुँच सुनिश्चित हुनेगरी स्रोतको परिचालनमा मितव्ययिता, पूर्वाधार निर्माणमा तीव्रता, सामाजिक विकासमा समानता एवं सेवा प्रवाहमा सरलता कायम गरिएको छ ।

संविधानले निर्देशन गरेबमोजिम राज्यका नीति र दायित्वका साथै सरकारमा सहभागी राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प कार्यान्वयन गरी आमनागरिकको सुशासन, विकास र समृद्धिप्रतिको आकाङ्क्षालाई पूरा गर्न तथा अन्तर्राष्ट्रिय जगत्मा देशको सम्मान र प्रतिष्ठा अभिवृद्धि गर्न सरकारले आगामी दिनमा आफ्नो कार्यशैली र कार्यप्रणालीलाई थप चुस्त, नतिजामुखी र नागरिकमैत्री बनाउँदै लैजानेछ । गणतन्त्रलाई समृद्धिको मार्गका रूपमा उपयोग गर्न तथा समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि हामीले अझ बृहत्स्तरमा राष्ट्रिय एकताको सन्देश दिन र सबै नागरिक एकताबद्ध भई साझा हितका लागि परिचालन हुन जरुरी छ । सङ्घ, प्रदेश र स्थानीय सरकार एउटै लय र तालमा अघि बढ्न जरुरी छ ।

जनतालाई नतिजामुखी र प्रभावकारी सेवाप्रवाह एवं विकास निर्माणमा गतिशीलता हासिल गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मान्यता र भावनाअनुसार समन्वय र सहकार्य स्थापित गरी मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने सरकारको उद्देश्यमा सबै पक्षबाट रचनात्मक सुझाव र सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा गरेको छु । हाम्रा असीमित चाहना र आकाङ्क्षाको प्राथमिकता निर्धारण गरी सीमित स्रोतसाधनको उच्चतम उपयोग गर्दै प्रभावकारी ढङ्गबाट विकास निर्माण, विपद् व्यवस्थापन, पुनर्निर्माणलगायत कार्यहरू यथासमयमा सम्पादन गर्नुपर्ने चुनौतीलाई साझा लक्ष्यका रूपमा लिई सबै पक्षबाट सकारात्मक भावनाका साथ कार्यसम्पादन गर्नुपर्नेछ ।

देश हाम्रो हो, सबै परिस्थितिको जानकारी पनि हामीसँगै छ । प्राकृतिक स्रोतसाधनको प्रचूर सम्भावना रहेको हाम्रो सुन्दर देशलाई समृद्ध बनाउने अभिभारा पनि हाम्रै हो । यसलाई आत्मसात् गरी सबै राजनीतिक दललगायत सम्पूर्ण वर्ग र समुदाय, दाजुभाइ, दिदीबहिनी सबैलाई एकताबद्ध भई सकारात्मक सोचका साथ समृद्धि पथमा अघि बढ्न समेत यस अवसरमा अनुरोध गर्दछु । गणतन्त्र दिवसको यस पावन अवसरमा गणतन्त्रको ओज, महिमा र महत्वलाई उच्च सम्मान गर्दै यस दिवसलाई भव्यरूपमा मनाउन र आफ्ना अधिकारको उपभोगसँगै अरुका अधिकारको सम्मान गर्दै गणतन्त्रलाई जीवनशैलीको रूपमा अबलम्बन गर्न तथा आर्थिक एवं सामाजिक समृद्धिका लागि सामूहिक यात्रामा क्रियाशील हुन आम जनसमुदायलाई हार्दिक अपिल गर्दछु ।

अन्त्यमा, गणतन्त्र दिवसले हामीहरूलाई शहीदहरूले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामनाका साथ पुनः एकपटक गणतन्त्र दिवसको यस उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद !


प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १२:०७
#गणतन्त्र दिवस
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
अवैध कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय गम्भीर संकटमा
अवैध कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय गम्भीर संकटमा बिहीबार, जेठ २९, २०८२
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, चार जनाको सकुशल उद्धार
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, चार जनाको सकुशल उद्धार बिहीबार, जेठ २९, २०८२
अन्तरराष्ट्रिय बाल श्रमिकविरुद्धको दिवस : बाल श्रमिकमुक्त बनाउन प्रयास जारी
अन्तरराष्ट्रिय बाल श्रमिकविरुद्धको दिवस : बाल श्रमिकमुक्त बनाउन प्रयास जारी बिहीबार, जेठ २९, २०८२
नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने
नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने बिहीबार, जेठ २९, २०८२
पूर्वपश्चिम राजमार्ग अवरुद्ध
पूर्वपश्चिम राजमार्ग अवरुद्ध बिहीबार, जेठ २९, २०८२
चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै
चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै बिहीबार, जेठ २९, २०८२
सदन खुलाउनेबारे सत्तारुढ दल मौन
सदन खुलाउनेबारे सत्तारुढ दल मौन बिहीबार, जेठ २९, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP