Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • बजेट संसद्बाटै ल्याउँदै सरकार
प्रतिपक्षको विरोध सदनदेखि सडकसम्म बजेट संसद्बाटै ल्याउँदै सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १४, २०८१
कांग्रेस ,तस्विर:प्रदिप कुमार श्रेष्ठ

 

  •  प्रतिपक्षलाई पेलेरै पास गरियो सरकारको नीति तथा कार्यक्रम
  •  टिओआरमा सहमति नजुटेपछि संसदीय छानबिन समिति गठन अन्योलमा
  •  समिति नबनेसम्म अवरोध जारी राख्ने कांग्रेसको अडान 
  •  कांग्रेसको अवरोधबीच आगामी आवको बजेट मंगलबार संसद्मा पेस गर्ने सरकारको तयारी

काठमाडौं– सरकारले संघीय संसद्को नियमित अधिवेशनबाटै बजेट ल्याउने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको निरन्तरको अवरोधलाई बेवास्ता गर्दै सरकारले दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न लागेको हो ।

आर्थिक वर्ष २०८१÷८२ का लागि अर्थमन्त्री वर्षमान पुनले मंगलबार १ बजे बजेट प्रस्तुत गर्ने भएका छन् । यसअघि कांग्रेसको अवरोधलाई देखाउँदै बजेट अध्यादेशबाट आउने आशंका गरिएको थियो । तर, सत्तापक्षले विपक्षी दललाई पेलेरै सदनबाट बजेट ल्याउन लागेको हो ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग जारी राखेको छ । समिति बनाउने विषयमा सहमति भए पनि कार्यादेश (टिओआर) मा दलहरु अल्झिएका छन् । कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा जेठ ५ गते टिओआर तय गर्न बनेको कार्यदलको दिनहुँजसो बस्ने बैठकले सहमतिको बुँदा तयार गर्न नसक्दा समिति बन्ने टुंगो छैन ।

यसै विषय टुंग्याउन आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा बैठक डाकेका थिए । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्वस्थ भएपछि प्रधानमन्त्री दाहाल नै बूढानीलकण्ठ पुगेका थिए । देउवानिवासमा दाहाल पुगे पनि एमाले अध्यक्ष केपी शर्मा ओली भने पुगेनन् । दाहाल–देउवाबीच ४० मिनेटको भेटपछि कांग्रेसबाट कार्यदलका सदस्य रहेका जीवन परियारले समितिको विषयमा सोमबार बिहानसम्म टुंगो लाग्ने बताए ।

‘प्रधानमन्त्री र सभापति देउवाबीच भेट भयो । उहाँहरुबीच संसद्को गतिरोधबारे छलफल भए पनि कांग्रेस आफ्नो अडानबाट पछि हटेको छैन । यसबारे सोमबार बिहानसम्म सहमति हुने आशा गरिएको छ,’ सहमहामन्त्री परियारले भने ।प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको आइतबारको बैठकमा परियारकै भनाइलाई सदर गरे । ‘मैले बिहान कांग्रेस सभापति शेरबहादुर देउवानिवास पुगेर उहाँसँग भेट गरी सहमतिको प्रयास गरेको छु । आज नभए भोलिसम्म बजेट संसद्बाटै ल्याउने गरी सहमति र समझदारी बन्ने विश्वास छ,’ राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८१÷८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै दाहालले भने । 

कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै कार्यादेशमा उनको नाम किटेरै लेख्नुपर्ने माग गर्दै आएको छ । सत्तापक्षले भने व्यक्तिको नाम उल्लेख गर्न नहुने अडान कस्दै आएको छ । संविधानतः जेठ १५ गते नै बजेट ल्याउनुपर्ने भएकोले प्रतिपक्षी कांग्रेस यो विषयमा कडा रुपमा प्रस्तुत नभएको बताइएको छ ।
 
पेलेरै पारित गरियो नीति तथा कार्यक्रम

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनबाट पारित गरेको छ । कांग्रेसको नाराबाजीकै बीच नीति तथा कार्यक्रम दुवै संसद्को बहुमतले पारित गरेको हो ।

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका चार सांसदले मात्र छलफलमा भाग लिए । एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी (जसपा)का सांसद वीरेन्द्र महतोले नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राखे । 

रास्वपाका सांसद वाग्लेले कांग्रेसको अवरोधलाई औचित्यहीन भन्दै आपत्ति जनाएका थिए । त्यसपछि कांग्रेस सांसद वाग्लेप्रति आक्रोशित हुन पुगेका थिए । वाग्लेलाई सभामुख घिमिरेले विषयवस्तुमा बोल्न भनेका थिए । कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछानेमाथि लागेको सहकारीको रकम हिनामिनाको आरोपबारे संसदीय छानबिनको माग गर्दै एक घण्टा तीन मिनेटसम्म नाराबाजी गरेका थिए ।

नाराबाजीकैबीच सत्तारुढ दलका सांसदले नीति तथा कार्यक्रमको समर्थन गर्दै कार्यक्रमअनुसार बजेट ल्याउन अर्थमन्त्री पुनसँग आग्रह गरे । नीति तथा कार्यक्रममा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसदले संशोधन प्रस्ताव दर्ता गराएका थिए । 


अवरोधबीच आर्थिक सर्वेक्षण पेस
प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०÷८१ को आर्थिक सर्वेक्षण पेस गरेका छन् । नेपाली कांग्रेसको विरोध र नाराबाजिबीच सभामुख देवराज घिमिरेले अनुमति दिएसँगै अर्थमन्त्री पुनले सर्वेक्षण पेस गरेका हुन् ।

मुलुकको आर्थिक, सामाजिक परिसूचकमा सुधार हुँदै गएको उल्लेख गर्दै उनले उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको संकुचनको बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारले मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको जानकारी दिए । अर्थमन्त्री पुनले प्रदेशगत रुपमा गण्डकी, बागमती र लुम्बिनीको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने अनुमान गरिएको बताउँदै चालु आवमा कूल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको जानकारी दिए ।

‘प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान छ । चालु आवको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फिति ६.०८ प्रतिशत रहेको छ । राजस्व परिचानलमा क्रमशः सुधार हुँदै गएको छ,’अर्थमन्त्री पुनले भने ।चालु आवको फागुनसम्म संघीय सरकारको राजस्व संकलन ९.७ प्रतिशतले बढेर छ खर्ब ३९ अर्ब पाँच करोड रुपैयाँ पुगेको उनले जानकारी दिए । यस अवधिमा संघीय खर्च २.९ प्रतिशतले वृद्धि भई आठ खर्ब एक अर्ब ५८ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

गृहमन्त्रीविरुद्ध सडकमा कांग्रेस
नेपाली कांग्रेस काठमाडौंको आयोजनामा कांग्रेस सरकारविरुद्ध आइतबार प्रदर्शनीमार्गमा प्रदर्शनमा उत्रियो । कांग्रेस केन्द्रले उक्त प्रदर्शनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खटाएको थियो । सभाको मुख्य वक्ताका रुपमा भने महामन्त्री शर्माले मात्र धारणा राखे ।शर्माले अहिले प्रधामन्त्री पुष्पकमल दाहालको कुनै अस्तित्व नदेखेको दाबी गरे । ‘प्रधानमन्त्रीको अस्तित्व खोजिरहेको छु, यो सहकारी बन्धुको गठबन्धनमा प्रधानमन्त्रीको अस्तित्व नदेख्दा दुःख लाग्छ,’ उनले भने । 

साथै, उनले गृहमन्त्री रवि लामिछानेले गितेन्द्रबहादुर (जिबी) राईलाई अघिल्लो सरकारले भगाएको भन्दै दिएको अभिव्यक्तिमाथि आपत्ति जनाए । ‘के जिबी राईलाई प्रचण्डले भगाउनुभएको हो ? जिबी राईलाई नारायणकाजीले भगाउनुभएको हो ? कमरेड प्रचण्डलाई ०६४ सालपछि पहिलोपटक प्रधानमन्त्री बनेको प्रचण्ड भएको भए गृहमन्त्रीजी कि आरोप पुष्टि गर्नूस् नत्र म बर्खास्त गर्छु भन्नुहुन्थ्यो,’ शर्माले भने । 

उनले एमाले अध्यक्ष ओली गृहमन्त्री लामिछाने जोगाउन लागिपरेको आरोप लगाए । ‘भ्रष्टाचारका प्रकरणहरू ढाकछोप गर्नका लागि संगठित अपराधजस्तो प्रवृत्ति प्रस्तुत हुन थालेको छ । सम्माननीय पूर्वप्रधानमन्त्री कमरेड केपी ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएरै बोल्ने मनोभावमा देखिनुभएको छ । तपाईंहरू सबैले सुनिरहनुभएको छ, कमरेड केपी ओलीको विगत दुई महिनाको सम्पूर्ण ध्याउन्न भनेको देश, श्रमजीवी, नागरिकको चिन्ताको बारेमा छैन,’ शर्माले भने, ‘उहाँलाई केवल सहकारी प्रकरणमा गृहमन्त्रीजीको रक्षा कसरी गर्ने ? एकातर्फ पूर्वप्रधानमन्त्रीको त्यो भूमिका देखिन्छ भने अर्कोतर्फ गृहमन्त्रीको भूमिका देखिन्छ कि एमालेको अध्यक्षलाई गिरिबन्धु प्रकरणमा जोगाउन मज्जाले साथ दिएर जाने । एउटाले सहकारीमा ड्याम्मै काँध हाल्ने र अर्कोले गिरीबन्धुमा काँध हाल्ने । त्यसैले आज हामीले नामकरण गरेका छौं । यो गठबन्धनको एउटाले सहकारी र गिरिबन्धु भन्ने । मिलाएर यो सहकारीबन्धु गठबन्धन हो ।’
 


प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP