Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • सञ्चार गृहमाथि गृहमन्त्रीको प्रतिशोध
सिरोहिया कार्यकक्षबाटै पक्राउ सञ्चार गृहमाथि गृहमन्त्रीको प्रतिशोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ९, २०८१

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई कान्तिपुर पब्लिकेसनको थापाथलीस्थित कार्यालयबाट मंगलबार साँझ पक्राउ गरेको हो ।

सिरोहियालाई मंगलबार नै धनुषाको जनकपुर लगिएको छ । कीर्ते नागरिकता अभियोगमा जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले अध्यक्ष सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको थियो । सिरोहियालाई आज (बुधबार) जिल्ला अदालत धनुषामा पेस गर्ने तयारी गरिएको छ ।

कान्तिपुरले सहकारी ठगीसम्बन्धी समाचार निरन्तर प्रकाशन गरेको थियो । उक्त प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको समाचार लेखेको प्रतिशोधमा आफूलाई पक्राउ गरेको अध्यक्ष सिरोहियाले बताएका छन् । 

‘यो देशमा कानुन छ भने दुईवटा पासपोर्ट बोक्ने, सहकारी ठगीमा प्रमाणित भएको समाचार छ । मलाई गिरफ्तार गरिएको नागरिकता काण्डमा होइन, सहकारीको ठगी काण्डको विरुद्ध समाचार लेखेकोमा हो । भोलि सहकारी ठगी गर्नेको नाममा पनि वारेन्ट जारी हुन्छ भन्नेमा म विश्वस्त छु,’ पक्राउ पर्नुअघि सिरोहियाले भिडियो वक्तव्य जारी गर्दै भने ।

युवा संघका नेताहरुसमेत खटाएर पक्राउ गरेको देखिएको छ । यो अधिनायकवादी, सर्वसत्तावादी हो । नागरिकता त्यागेर अमेरिका गएको एउटा व्यक्ति जसले आफूमाथि लागेको आरोपको छानबिन गर्न दिँदैनन् । केपी ओली रवि लामिछानेको राजनीतिक अभिभावक बनेका छन् । प्रचण्ड निरीह प्रधानमन्त्री बनेका छन् । सिरोहियाको पक्राउले खतराको संकेत गरेको छ ।
युवराज घिमिरे
वरिष्ठ पत्रकार

गृहमन्त्री लामिछानेले सहकारी ठगीसँग सम्बन्धित समाचारको निरन्तर खण्डन गर्दै त्यसको तथ्यमाथि प्रश्न उठाउँदै आएका छन् । सोही प्रकरणबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आएको छ । गृहमन्त्री लामिछाने भने त्यसमा तयार छैनन् । उल्टै उनी सञ्चारमाध्यममाथि प्रतिशोध साँध्न लागिपरेका छन् ।

राजाको प्रत्यक्ष शासनकालमाभन्दा बढी तानाशाही रुपमा गृहमन्त्री लामिछाने अगाडि बढेको भन्दै विभिन्न सञ्चार संगठनहरुले विरोध जनाएका छन् । यो मुलुकमा गणतन्त्र ल्याउन सञ्चारमाध्यमले खेलेको भूमिकामाथिकै अवमूल्यन भएको उनीहरुको ठहर छ । मिडिया सोसाइटी, मिडिया एलाइन्स नेपाल, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायत संगठनले प्रेस विज्ञप्ति जारी गर्दै गृहमन्त्रीको यो कदम गणतन्त्रमाथिकै खतराको संकेत भएको बताएका छन् । सञ्चार गृहमा बर्दीसहितको प्रहरी प्रवेश गरेर सञ्चालकलाई पक्राउ गरिएको घटनाले सरकार प्रेसमाथि नियन्त्रण गरी तानाशाही बन्न खोजेको पुष्टि भएको सरोकारवालाहरुको भनाइ छ ।

सञ्चार गृहबाट नै सञ्चार उद्यमीको गिरफ्तारी कुनै हालतमा स्वीकार्य छैन । गणतान्त्रिक लोकतन्त्रको यो शासनपद्धतिमा आमसञ्चारमाथिको यस्तो प्रहारप्रति मिडिया एलाइन्स नेपाल कुनै हदसम्मको प्रतिरोध गर्न तयार छ ।
मिडिया एलाइन्स नेपाल

मिडिया एलाइन्सको विरोध
मूलधारका सञ्चारमाध्यमहरुको छाता संगठन मिडिया एलाइन्स नेपालले सिरोहिया पक्राउप्रति आपत्ति जनाएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नतालाई लिएर निरन्तर समाचार प्रकाशन गरेपछि सिरोहियामाथि प्रतिशोध साँधेको एलाइन्सको ठहर छ । एलाइन्सले यस्तो घटनाको प्रतिरोध गर्नेसमेत जनाएको छ । ‘सञ्चार गृहबाट नै सञ्चार उद्यमीको गिरफ्तारी कुनै हालतमा स्वीकार्य छैन । गणतान्त्रिक लोकतन्त्रको यो शासनपद्धतिमा आमसञ्चारमाथिको यस्तो प्रहारप्रति मिडिया एलाइन्स नेपाल प्रतिरोध गर्न तयार छ,’ मिडिया एलाइन्सले भनेको छ ।

सामान्य सोधपुछविनै सरकारले सिरोहिया पक्राउ गरिएको विषय स्वीकार्य नहुने एलाइन्सको भनाइ छ । ‘कुनै पनि अपराधको कानुनी पक्षमा छानबिन सोधपुछ अनि कारबाही प्रक्रियाभित्रको विषय होला तर विनासोधपुछ सञ्चारगृहमा बर्दीसहितको प्रहरी प्रवेश गरी हस्तक्षेप गर्नु स्वतन्त्र प्रेसमाथिको आक्रमण हो । यो कुनै हालतमा स्वीकार्य छैन,’ एलाइन्सले भनेको छ ।


पक्राउ घटनाको चौतर्फी विरोध
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटनालाई लिएर चौतर्फी विरोध सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिरोहिया पक्राउ प्रकरण अलोकतान्त्रिक कदम भएको बताएका छन् । ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो । मिडियालाई तर्साउने उद्देश्यसहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ,’ देउवाले भनेका छन् ।

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सिरोहियाको गिरफ्तारी सरकारको नांगो कर्तुत भएको बताए । उनले सिरोहियालाई तत्काल रिहा गर्न मागसमेत गरेका छन् । ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रतिशोधको नांगो कर्तुत हो । यसको भत्र्सना गर्दछु । जनकपुरमा उनको र मेरो घर सडकको वारिपारि हो, उनको मातापिता र पुरै परिवारलाई म राम्ररी चिन्दछु । सञ्चार क्षेत्रमा उनको योगदान अद्वितीय छ । तत्काल उनको रिहाइको माग गर्दछु,’ निधिले भनेका छन् ।

कांग्रेस नेता डा. शेखर कोइरालाले सिरोहिया पक्राउ घटना प्रतिशोध साँध्न गरिएकोले स्वीकार्य नभएको बताएका छन् । ‘आफू दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोपविरुद्ध छानबिन हुन नदिने तर तीन दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन,’ कोइरालाले भनेका छन्, ‘प्रहरीले सही र गलत छुट्याउनेमा विश्वस्त छु ।’

कांग्रेस महामन्त्री गगन थापाले विषयान्तर गर्न गृहमन्त्री रवि लामिछानेले चालेको चाल भएको आरोप लगाए । आफूमाथि प्रश्न उठेपछि लामिछानेले यस्तो चाल चालेको थापाको आरोप छ । ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानुनविपरीतको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो बदनियतपूर्ण ढंगले प्रतिशोध पूरा गर्न गरिएको बहाना मात्र हो,’ महामन्त्री थापाले चेतावनी दिएका छन्, ‘मुख्य कुरा, यो राज्यसत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो । आफूमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरंकुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन्– हेक्का रहोस् ।’

पूर्वप्रधानमन्त्री एपमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ज्ञानेन्द्रपथ अनुशरण गरेको आरोप लगाए । जनयुद्धकालमा आफ्नो लेख कान्तिपुरमा छापिँदा सिरोहिया पक्राउ परेको घटना सम्झँदै बाबुरामले मंगलबारको घटनाबाट आफू लज्जित भएको बताएका छन् । ‘झन् विडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको बेला २०५८ जेठमा दरबार हत्याकाण्डसम्बन्धी मेरो लेख छापेबापत तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहियालगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचण्डलगायत हामीले त्यसको तीव्र विरोध गरेका थियौं । आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुशरण गरेको देख्दा म अत्यन्त लज्जित छु,’ पूर्वप्रधानमन्त्री भट्टराईले भनेका छन् ।

सत्तारुढ दल एकीकृत समाजवादीले विज्ञप्ति जारी गर्दै घटना निन्दनीय भएको जनाएको छ । ‘प्रतिष्ठित सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाले प्रेस र राज्यका बीच द्वन्द्व सिर्जना गर्न खोजिएको देखिन्छ । मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय छ,’ पार्टीका महासचिव घनश्याम भुसालद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको पड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नुपर्छ ।’ एकीकृत समाजवादीका नेता विरोध खतिवडा सिरोहिया पक्राउ पर्दा कान्तिपुर पब्लिकेसनमै पुगेका थिए ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि घटनाको विरोध गरेका छन् । सिरोहिया पक्राउ प्रकरण अस्वीकार्य कदम भएको राउतले बताएका छन् । ‘कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय प्रहरीले घेर्नु प्रतिशोधपूर्ण छ । यो लोकतन्त्रका लागि सर्वथा अस्वीकार्य कदम हो । रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नु अगाडि नबिर्सिदिनुस्,’ राउतले भनेका छन् ।

सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार ‘फलोअप’ गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको छ । 
नेपाल पत्रकार महासंघ

पत्रकार संघ संगठनको विरोध
नेपाल पत्रकार महासंघले सिरोहिया पक्राउ प्रतिशोधपूर्ण भनेको छ । ‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ,’ महासंघका महासचिव रोशन पुरीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग महासंघले स्वीकार नगर्ने जनाएका छन् । ‘यो घटनाबाट कुनै पनि प्रकारको प्रभावमा नपर्न तथा सत्य–तथ्य समाचार प्रकाशन गर्ने कामबाट विचलित नभई अगाडि बढ्न कान्तिपुरको सम्पादकीय नेतृत्वसँग महासंघ साथमा रहेको छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न महासंघ सरकारसँग जोडदार माग गर्दछ ।’

नेपाल प्रेस युनियनले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ । ‘सहकारी ठगीका विषयमा कान्तिपुर दैनिकमा निरन्तर खोजमूलक समाचार प्रकाशित भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरीले पूर्वाग्रहपूर्ण ढंगले कान्तिपुरका प्रबन्धक निर्देशक सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई प्रेस युनियन घोर निन्दा गर्दछ,’ युनियनका महासचिव दीलिप पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले अनुसन्धानको बहानामा सञ्चारमाध्यमलाई त्रसित बनाउनेगरी विधि र प्रक्रिया मिचेर प्रहरीले सञ्चारगृहमा प्रवेशगरी सत्ताको बलमा बदलाको भावनाले पक्राउ गरिएको घटना निन्दनीय भएको युनियनको ठहर छ ।

खतराको संकेत
पत्रकार युवराज घिमिरेले सिरोहियाको पक्राउले खतराको संकेत गरेको बताएका छन् । कान्तिपुरका अध्यक्ष सिरोहिया पक्रँदा पब्लिकेसनको कार्यालयमा एमाले समर्थित युवा संघको नेताहरुसमेत देखिएको घिमिरेले दाबी गरे । ‘युवा संघका नेताहरुसमेत खटाएर पक्राउ गरेको देखिएको छ । यो अधिनायकवादी, सर्वसत्तावादी हो । नागरिकता त्यागेर अमेरिका गएको एउटा व्यक्ति जसले आफूमाथि लागेको आरोपको छानबिन गर्न दिँदैन । केपी ओली रवि लामिछानेको राजनीतिक अभिभावक बनेका छन् । प्रचण्ड निरीह प्रधानमन्त्री बनेका छन् । सिरोहियाको पक्राउले खतराको संकेत गरेको छ,’ घिमिरेले भनेका छन् । 

यो घटनाले गृहमन्त्री लामिछानेमाथि थप सन्देह पैदा भएको पत्रकार नारायण वाग्लेले टिप्पणी गरेका छन् । ‘कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाको नागरिकताबारे एकाएक उजुरी र गिरफ्तारीले प्रेसमाथि दागा धर्दै आएका गृहमन्त्रीको भूमिकाप्रति थप सन्देह दिएको छ । पत्रिकाको समाचार प्रवाहमा कुनै आँच नआओस् । जनताको अकुन्ठित प्रेस अधिकार जारी रहोस्,’ वाग्लेले भनेका छन् ।
 


प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP