Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आज प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण
आज प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २१, २०७६
Hardik health
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण गरिँदै छ । प्रधानमन्त्री ओलीलाई झापास्थित चारआलीकी ३२ वर्षीया समीक्षा संग्रौलाले मिर्गौला दान दिँदै छिन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ नै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका छन् । प्रधानमन्त्री ओलीलाई मंगलबारबाट आवश्यक औषधि दिन सुरु गरिएको अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मृगौला प्रत्यारोपण तयारीका लागि अस्तताल भर्ना भएको दोश्रो दिन सम्पूर्ण परीक्षण गरी औषधि दिन सुरु गरिएको जनाइएको हो । प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याव परीक्षणहरू गर्ने क्रम जारी रहेको विज्ञप्तिमा उल्लेख छ । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहेको र विशेषज्ञहरूको निरन्तर निगरानीमा रहेको पनि जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सरकारका केही मन्त्रीहरू मंगलबार त्रिवि शिक्षण अस्पताल पुगेका थिए । भारतीय राजदूत विनयमोहन क्वात्रा पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मंगलबार अस्तपताल पुगेका थिए । यसैबीच प्रधानमन्त्री ओलीको राजनीतिक नेतृत्वदेखि, कर्मचारी, स्वदेश र विदेशका विभिन्न पेशा व्यवसायी र लाखौँ कार्यकर्ताले मुलुकको कार्यकारी प्रमुख एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीको शरीरको संवेदनशील अंगको दोस्रो प्रत्यारोपण र चिकित्सकीय प्रबन्धका कारण सबैले अस्पतालमा भेटेर शुभकामना दिन सम्भव नहुने भएकाले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनका अनुसार ‘केपी शर्मा ओली डटकम’मा स्वास्थ्यलाभको कामना गर्न चाहनेले सन्देश दिन सक्ने सूचना गरेलगत्तै मंगलबार उक्त साइटमा विभिन्न क्षेत्रबाट स्वास्थ्यलाभको कामना गरेका छन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको सफल मिर्गाैला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्न चाहने स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण महानुभावले यहाँ आफ्नो सन्देश राख्न अनुरोध गर्दछौँ’ थापाले उक्त जानकारी आफ्नो सामाजिक सञ्जालमा समेत समावेश गरेका छन् । अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले आफू चाँडै स्वास्थ्यलाभ गरी समृद्धिका सपना पूरा गर्ने बाँकी कार्यभार पूरा गर्ने अभियानमा सामेल हुने उल्लेख गर्दै भिडियो सन्देश दिएका थिए । यसअघि २०६४ साउनमा पहिलोपटक मिर्गाैला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली त्यसयता विभिन्न समयमा फलोअप उपचार गर्दै सरकार र पार्टीको नेतृत्व तहमा रही काम गर्दै आएका छन् । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले ट्विट गर्दै प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सफलताका लागि कामना गरेकी हुन् । उनले मंगलबार अपराह्न ट्वीट गर्दै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार साँझ प्रधानमन्त्री ओलीको स्वास्थ अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए । यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर सफल प्रत्यारोपणको कामना गरेका थिए । नेकपा सचिवालय बैठकले यसअघि नै शीघ्र लाभको कामना गरिसकेको छ, जहाँ प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्योपचारको योजनाबारे जानकारी गराएका थिए । यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले पनि विभिन्न माध्यमबाट प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  ०५:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP