Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सुम्निमा
  • #मिलन_चाम्स
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सोल_गुरुङ
  • #सिद्धार्थ_बैंक
  • #सानिमा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • शिक्षक हुँदै सामाजिक अभियन्तादेखि मन्त्रीसम्म
शिक्षक हुँदै सामाजिक अभियन्तादेखि मन्त्रीसम्म
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ ७, २०८१

भेरीगङ्गा - अहिले पनि समाजमा शारीरिकरुपमा अशक्त भएका व्यक्तिहरुलाई फरक नजरले हेर्ने गरिन्छ । उनीहरुले केही गर्न सक्दैनन् भन्ने भाष्य समाजमा अझै कायमै छ । संविधान र विभिन्न ऐन कानुनहरुले शारीरिकरुपमा अशक्त भएका व्यक्तिलाई अधिकार सम्पन्न गराएको छ तर हेर्ने दृष्टिकोणमा भने परिवर्तन हुन नसक्दा अहिले पनि अपाङ्गता भएका व्यक्ति पछाडि पारिएका छन् । हरेक क्षेत्रमा पहुँच पुग्न सकेको छैन् । 

राज्यको मूलधारमा ल्याउने गरी सरकारले नीति लिए पनि विभिन्न अवरोधका कारण उनीहरु पछाडि पारिएका छन् । तर आत्मबल बलियो बनाएर सङ्घर्ष गर्नेहरु सफलतामा पुग्न सक्छन् भन्ने गतिलो उदाहरण दिनेहरु पनि छन् । जो अहिले सामाजिक अहोदा र नीति निर्माण तहसम्म पुग्न सफल छन् । यस्तै मध्यका एक हुनुहुन्छ, कालिकोटका दुर्गबहादुर रावत । विभिन्न चुनौतीलाई सामना गर्दै दुई पटक सांसद बनेका उनले अहिले कर्णाली प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुन्  ।

बुबा अकबरे रावत र आमा सेतु रावको कोखबाट २०२५ पुसमा कालिकोटको तिलागुफा नगरपालिका–७ मा जन्मिएका उनले सानैदेखि शारिरीक रुपमा अशक्त भएका व्यक्तिहुन् उहाँ हिंडडुल त गर्न सक्नुहुन्छ तर उहाँको दुबै खुट्टाले राम्रोसँग काम गर्दैन । सानैदेखि विद्रोही स्वभावका रावतको शिक्षादीक्षा पनि कालिकोटमै भयो । अपाङ्गता भएकै कारण गाउँमा हेर्ने दृष्टिकोण र गर्ने दुव्र्यवहार सहँदै आफूले पढेर समाज रुपान्तरणमा लाग्ने सोचका साथ अगाडि बढिरहे  । “मैले सानैबाट सङ्घर्ष गरेँ, मलाई केही गर्न सक्दैन पढेर के गर्ने होर ? भन्नेहरु पनि थिए तर सबै चुनौतीको सामाना गर्दै अगाडि बढीरहेँ’’, उनले भने । 

प्रवेशिका उत्तीर्ण गरेपछि उनलाई समाजले हेर्ने दृष्ट्रिकोणमा विस्तारै परिवर्तन हुन थाल्यो । औँलामा गन्नेहरु मात्रै पढे लेखेकाहरु मात्रै गाउँमा थिए । त्यो पनि एसएलसी पास गरेका मानिसहरु त झनै हुन्थेनन् । शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति यसरी अगाडि बढेको देखेर धेरै अचम्भित पनि बनेका थिए । उनले भने, “कर्णाली यसै पनि भौगोलिकरुपमा पछाडि परेको ठाउँ । त्यसमा पनि महिला, दलितहरुको अवस्था नाजुक थियो । अझै त्यसमाथि अपाङ्गता भएका व्यक्तिहरुको अवस्था कस्तो थियो होला ? हामी यसरी बाँच्नुपर्ने किन ? भन्ने मलाई भित्रभित्रै विद्रोहको सोच आउँथ्यो ।” 

Hardik health

उनले सामाजिक अभियन्ताको कामसमेत गर्न थाल्नुभयो । जनतालाई सचेत बनाउनेदेखि उनीहरुका समस्या समाधानका लागि अगुवाई गर्ने काम गर्दै गए । यससँगै उनलर् २०४२ सालमा स्थायी शिक्षक हुन सफल भए । शिक्षा क्षेत्रमा जोडिएपछि उनको गाउँमा सम्मान बढ्न थाल्यो । कुनैबेला अपाङ्गता भएका व्यक्ति भनेर गलत नजरले हेर्नेहरु पनि विस्तारै सम्मानीत ढङ्गबाट व्यवहार गर्न थाले । 

विसं २०५४ सम्म शिक्षक पेशामा रहेका उनले त्यतिबेला नै समाज रुपमान्तरणको लागि धेरै अभियानहरु सञ्चालन गरिरहेको थिए । “मैले अध्यापनसँगै गाउँका महिला, दलित र समाजलाई सचेत बनाउन विभिन्न सचेतनाका अभियानहरु चलाउथे । उतिबेलाको विभेदकारी राज्यले आफूहरुजस्ता अपाङ्गता भएका व्यक्ति, महिलालाई गर्ने फरक व्यवहारमा परिवर्तन गराउनुपर्छ भनेर लागिरहेँ ।”

समाजमा विद्यमान विभेद्का कारण उहाँमा राजनीतिक चेतना बढ्दै गयो र २०३६ सालदेखि राजनीतिमा प्रवेश गर्नुभयो । क्रान्तिकारी सोच राख्ने उनले २०३८ सालदेखि नेपाल मजदूर किसान पार्टीको सदस्य बन्दै १० वर्ष त्यही पार्टीमा रहेर काम गरे । २०४८ सालदेखि नेकपा माओवादीको सम्पर्क कमिटीमा रहे ।  उतिबेलाको राज्यको विभेदकारी नीतिका कारण कर्णालीका नागरिक मात्रै होइन, पछाडि पारिएका वर्ग समुदाय ठूलो पिडामा छन् भन्ने बुझ्नुभएका रावत माओवादी जनयुद्धमा होमिदै आफ्नो शिक्षक पेशा त्याग गरी २०५४ सालदेखि भूमिगत भए । 

जनयुद्धमा होमिदाको सङ्घर्ष रावतलाई अहिले पनि ताजै जस्तो लाग्छ । “मेरो सानैदेखि परिवर्तनशील स्वभाव थियो, शिक्षण पेसामा आवद्ध हुँदा पनि धनी र गरिब वर्गका बालबालिकाबीच, महिला र पुरुषबीच, दलित र गैरदलितबीच र अपाङ्गता भएका व्यक्तिहरु माथि विभेद देख्दा यो अवस्थालाई परिवर्तन गर्नैपर्छ भन्ने सोच आएपछि म आफ्नो शिक्षण पेसा छोडेर राजनीतिमा होमिएँ, रावतले भने ।” रावत माओवादी (केन्द्र) को कालीकोट १० वर्ष जिल्ला अध्यक्ष हुँदै पोलिटब्युरो सदस्यसम्म भए  । 

रावत कालीकोट जिल्लाबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गरे । उनले यसअघि विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् । लामो सङ्घर्षबाट राजनीतिमा सफलता प्राप्त गरेका रावत अहिले कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बन्नुभएको छ । अपाङ्गता भएका व्यक्तिहरुबाट कर्णालीमा मन्त्री बन्ने रावत नै पहिलो हुन्  ।

मन्त्री भइसकेपछि समग्र आफ्ना योजनासँगै अपाङ्गताका क्षेत्रमा केही नयाँ काम गर्ने योजना बनाएको उनले बताए  । “म आफू पनि आपाङ्गता भएको व्यक्ति भएर जिएको मान्छे भएको हुँदा अरुले पनि अपाङ्गताको सवाललाई बुझ्न पढ्नुपर्छ । हाम्रो संविधान र ऐन, नियमले त अधिकार दिए पनि अझै अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण विभेद्कारी नै छ । यसमा परिवर्तन गर्नैपर्छ ।” अपाङ्गता भएका व्यक्तिहरुको पहुँच अहिले पनि सबै क्षेत्रमा नपुगेको उनले बताए  । 

आफूले मन्त्रीको जिम्मेवारी सम्हालिरहँदा अपाङ्गताका क्षेत्रमा केही नयाँ योजना ल्याउने गरी सोच बनाएको उनले बताए । उनले भने , “पहिलो कुरा नीतिमा सुधार गर्न आवश्यक छ, हरेक निकायमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिताको सुनिश्चित गर्ने गरी नीति बन्न आवश्यक छ ।” साथै, पछाडि पारिएका वर्ग समुदायलाई अगाडि ल्याउने गरी आगामी नीति कार्यक्रम र योजनातर्जुमा गर्न आफू क्रियाशील रहेको उनको भनाइ छ ।
 


प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमाको ८० प्रतिशत घरमा धारा जडान
हिमाको ८० प्रतिशत घरमा धारा जडान आइतबार, कात्तिक ३०, २०८२
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन आइतबार, कात्तिक ३०, २०८२
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने आइतबार, कात्तिक ३०, २०८२
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह आइतबार, कात्तिक ३०, २०८२
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण आइतबार, कात्तिक ३०, २०८२
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि आइतबार, कात्तिक ३०, २०८२
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP