Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
  • #पूर्णबहादुर खड्का
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आफू चोखिन कांग्रेसमाथि खनिए गृहमन्त्री
सभामुखले बोल्न नदिएपछि गगनको पत्रकार सम्मेलन आफू चोखिन कांग्रेसमाथि खनिए गृहमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ ७, २०८१

तपाईंहरुको पालामा मन्त्रीले अनुसन्धान गथ्र्यो होला, हाम्रो पालामा प्रहरीले अनुसन्धान गर्छ । दोषी देखिए मलाई नै हतकडी लगाएर लैजानु भन्ने निर्देशन दिएको छु । यो देश अब पालाले जसरी चल्दैन । कानुनले जे भन्छ प्रहरीले त्यही गर्छ ।
रवि लामिछाने
उपप्रधान तथा गृहमन्त्री

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । दुई महिना लामो प्रयासपछि आइतबार सहकारीको रकम अपचलनबारे लामिछानेले खण्डन गर्ने मौका पाएका हुन् । आइतबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पटक–पटक सर्दै साँझ ६ बजेमात्र सुरु भएको थियो । 

प्रतिनिधिसभाको बैठक सुरु हुनसाथ लामिछानेले आफूमाथि लागेको आरोपको खण्डन गरे । लामिछानेमाथि बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप छ । तर उनले आफू ती सहकारीका कुनै जिम्मेवार पदमा नरहेको र कुनै ऋण नलिएको दाबी सदनमा गरे । ‘सहकारीबाट गोरखा मिडियाको नाममा गएको कुनै पनि ऋण प्रक्रियामा म सहभागी छैन,’ गृहमन्त्री लामिछानेले भने, ‘ग्यालेक्सी टिभीबाट म अलग भइसकेकोले कम्पनीको आर्थिक दायित्व मैले भोग्नुपर्छ भने कता जानुपर्छ भन्नुस् ।’


गोरखा मिडियाका सञ्चालक जिबी राई भने हाल फरार छन् । उनलाई पक्राउ नगरेको आरोपसमेत गृहमन्त्री लामिछानेमाथि लाग्दै आएको छ । लामिछानेले राईले गरेको फोहोर सोहर्ने जिम्मा आफ्नो नभएको भन्दै पन्छिए । लामिछानेले सहकारी प्रकरणमा आफू दोषी देखिए पक्रन प्रहरीलाई निर्देशन दिइसकेको दाबीसमेत गरे । ‘जहाँसम्म कन्फ्लिक्ट अफ इन्ट्रेस्टको कुरा छ । तपाईंहरुको पालामा मन्त्रीले अनुसन्धान गथ्र्यो होला, हाम्रा पालामा प्रहरीले अनुसन्धान गर्छ । तपाईंका पालामा अनुसन्धान गर्दा गर्दै प्रहरीको सरुवा गरिन्थ्यो होला,’ लामिछानेले भने, ‘हाम्रा पालामा दोषी देखिए मैलाई हत्कडी लगाएर लैजानु भन्ने निर्देशन दिएको छु । यो देश अब पालाले जसरी चल्दैन । कानुनले जे भन्छ प्रहरीले त्यही गर्छ ।’

Hardik health

छोटो समय आफ्नो बचाउमा उत्रिएका लामिछानेले अधिकांश समय प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुको प्रकरणहरु उक्काउनतिर खर्चिए । लामिछानेले कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, रामहरि खतिवडा र टेकबहादुर गुरुङका पुराना आरोपहरु उक्काएका थिए । ‘समाचारअनुसार सांसदले नै बेचे रातो पासपोर्ट शीर्षकको समाचारमा, रातो पासपोर्टमा सजिलै भिसा लाग्ने भएकाले सभासदको पासपोर्टमा अन्य व्यक्तिको फोटो टाँसेर मानव तस्करी गर्ने गिरोह सक्रिय भयो । सांसदहरू प्रलोभनमा परेर रातो पासपोर्ट खरिद बिक्री भएको देखिन्छ,’ लामिछानेले भने, ‘गृहमन्त्रीमा नेपाली कांग्रेसकै तनहुँका गोविन्दराज जोशी थिए । रेग्मीको समितिले रातो पासपोर्टमा केही आर्थिक लाभ लिएका नेपाली कांग्रेसका नेताहरूको नाम भएको प्रतिवेदन पेस गरेको थियो ।’ कांग्रेस उपसभापति गुरुङमाथि रातो पासपोर्ट बेचेको आरोप लाग्दै आएको छ ।

लामिछानेले कांग्रेस महामन्त्री थापालाई मुख्य निशाना बनाउँदै विभिन्न समयमा घोटाला गरेको आरोप लगाए । ‘२०५५ सालमा स्ववियु सभापति हुँदा त्रिचन्द्र कलेजको पार्क निर्माणमा भ्रष्टाचार भएको, ३० लाखभन्दा बढी बेरुजु महालेखापरीक्षकको प्रतिवेदनमै रहेको एउटा समाचार आएको थियो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट बनाउँछु भनेर पाँच लाख पेस्की लिएर वेबसाइट नबनाए समाचार आएको थियो,’ लामिछानेले भने ।

कांग्रेस महामन्त्री थापाले बाख्रापालनका नाममा प्याक्टबाट अनुदान लिएर दुरूपयोग गरेको प्रसंग पनि निकाले । ‘व्यावसायिक कृषि तथा व्यापार आयोजना प्याक्टबाट सुनखानी एकीकृत कृषि केन्द्रको नाममा १५ करोड रुपैयाँ लिएर नुवाकोटमा बाख्रा फार्म र काठमाडौंको गोल्फुटारमा मासु पसल खोलेको, २०६८ सालमा अनुदान लिएको र बन्द गरेको समाचार आएको थियो,’ लामिछानेले भने, ‘१५ वर्षदेखि संसद्को लास्ट सिटदेखि फ्रन्ट सिटसम्म आइपुग्दा भ्रष्टाचारका सबै काण्डको साक्षी बसेर ठूलो स्वर गर्नेहरुलाई हेक्का होस्, यो देश अब तपाईंहरुको गनगनले मात्र चल्दैन ।’

लामिछानेले थापामाथि विदेशीलाई सूचना बेचेको आरोपसमेत लगाउन भ्याए । ‘सहकारी ठगी गर्नेलाई मात्र होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔं । दुईतीनवटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔं, संसद्बाट हटाऔं । जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् वा पार्टीको महामन्त्री किन नहोस्,’ लामिछानेले भने ।

लामिछानेले आफू कायर नभएकोले मुद्दासँग नडराउनेसमेत बताए । ‘रास्वपा कायरहरुको पार्टी होइन । रवि लामिछाने कायर होइन । मिडिया ट्रायल हामीसँग चल्दैन । मलाई खेल्न र हार्न समस्या छैन । तर खेल फेयर हुनुपर्छ । झूठा मुद्दासँग म डराउँदिन,’ लामिछानेले भने ।गृहमन्त्री लामिछानेले सांसद रामहरि खतिवडाको ‘रोलेक्स घडी’ प्रकरणसमेत उक्याएका थिए । २०७३ सालमा पूर्वसेनापति छत्रमानसिंह गुरूङको छोराको रोलेक्स घडी चोरी भएको प्रसंगमा खतिवडाको नाम मुछिएको थियो । यसैगरी लामिछानेले कांग्रेस सांसद टेकबहादुर गुरुङमाथि पनि प्रश्न उठाए । ‘भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा कांग्रेसका सांसद, मैले नाम नै लिनुपर्छ, किनभने प्रमाणित भइसकेको छ । कांग्रेसका सांसद टेकबहादुर गुरूङ निलम्बनमा परेका थिए । तर, २०८० चैत १९ गते निलम्बन फुकुवा भए,’ उनले भने ।

लामिछानेले आफूलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘अफर’ गरेकोसमेत दाबी गरे । ‘म गृहमन्त्री हुन नैतिक रुपमा नमिल्ने भए प्रधानमन्त्री बन्नचाहिँ कुन नैतिक रुपले मिल्ने रहेछ । अफर गर्नेहरूले कान रातो पार्नु पर्दैन । म राजनीतिमा गोपनीयतालाई ख्याल राख्ने मान्छे हो,’ उनले भने । उनले कांग्रेस सभापति देउवाले मान्ने घटालथानमा आफू पनि पुगेको भन्दै त्यही थानलाई साक्षी राखेर जवाफ दिन देउवालाई चुनौती दिएका हुन् । ‘हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीको रुपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि अझै बाँकी छ ? त्यसपछि म मेरो जवाफ दिउँला । यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिज्यूले दिनुभए मेरो लागि कल्याण हुने छ,’ लामिछानेले भने, ‘उहाँले असाध्यै मान्नुहुने घटालथानमा मैले पनि पाइला राख्ने अवसर पाएको छु । त्यही घटालथानलाई साक्षी राखेर भने हुन्छ– मेरा लागि त्यो अफर आएको थियो कि थिएन ?’

‘गृहमन्त्रीको स्पष्टीकरण बहकाउपूर्ण’
गृहमन्त्री रवि लामिछानेले बोलेपछि महामन्त्री गगन थापाले बोल्न पाउनुपर्ने माग नेपाली कांग्रेसको थियो । लामिछानेले सदनमा बोलेपछि कांग्रेस बोल्नका लागि उभिएको पनि थियो । तर सभामुख देवराज घिमिरेले आइतबारका लागि थप कार्यक्रम नभएको भन्दै बैठक स्थगित भएको घोषणा गरे । लगत्तै कांग्रस महामन्त्री थापाले संसद् भवनकै ल्होत्से हलमा पत्रकार सम्मेलन गरे ।

थापाले गृहमन्त्री लामिछाने संसदीय छानबिन समितिसँग तर्सिएको दाबी गरे । आफूलाई सूचना बेचेको आरोप लागेपछि गगनले भने, ‘सूचना बेचेको गृहमन्त्रीलाई थाहा रहेछ । म तेरो फाइल खोल्दिऊँ ? अनुसन्धान गर्दिऊँ ? मेरो गर्छु भन्छस् भने तेरो पनि गर्दिन्छु भन्दै हुनुहुन्थ्यो । अरे बाबा, गृहमन्त्रीले यस्तो भन्ला त ? गृहमन्त्रीले त धमाधम फाइल खोल्ने हो नि ! फाइल खोलेर देखाउनू, धम्क्याउने होइन ।’

थापाले आफूलाई समिति बनाएर छानबिन थाल्नसमेत चुनौती दिए । ‘उहाँहरु अर्को एउटा कुरामा एकदम अल्मलिनुभएको पाएँ । यसमा पनि समिति, त्यसमा पनि समिति बनाउने भन्ने । गृहमन्त्री नै यसमा समिति, त्यसमा समिति बनाउँ भनिरहनुभएको छ । म भन्छु, ल बनाऔं । जुन–जुन विषयमा समिति बनाउँ भन्नुभएको छ । सबैमा बनाए हुन्छ । अनि के भन्नुभयो भने मेरो बारेमा बनाएको समितिमा म बस्नु पर्दैन । तपाईं बस्नै पर्दैन । तपाईंको काम एमालेले गर्छ । एमालेले सहकारी र तपाईंहरुले गिरीबन्धुको विषय नउठाउने समझदारी भएकै छ,’ थापाले भने । गृहमन्त्री लामिछानेको स्पष्टीकरण बहकाउपूर्ण भएको र छानबिन समितिसँग डराएको देखिएको उनको तर्क थियो ।

‘आफैं गृहमन्त्री हुँदै गर्दा त्यसको ओजलाई नबुझिकन होइन, बुझेर तर यसलाई बहकाउने प्रयास गर्नुभएको छ । यो सबै कुराबाट के प्रमाणित हुन्छ भने उहाँ संसदीय छानबिन समिति गठनबाट डराउनुभएको छ,’ थापाले भने । सरकारले सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गर्ने आश्वासन दिएपछि विपक्षी दलहरुले लामिछानेलाई सदनमा बोल्ने मौका दिएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले आज सोमबार विश्वासको मत लिँदै छन् । समिति नबने सदनको कुनै काम कारबाही अब अघि बढ्न नदिने कांग्रेसले चेतावनी दिएको छ ।
 


प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ? सोमबार, कात्तिक १०, २०८२
जनताले अपेक्षाअनुसार एकताबद्ध भए अघि बढ्नु पर्ने:कार्यबाहक सभापति खड्का
जनताले अपेक्षाअनुसार एकताबद्ध भए अघि बढ्नु पर्ने:कार्यबाहक सभापति खड्का सोमबार, कात्तिक १०, २०८२
देउवा दम्पत्ती  सिंगापुर जाँदै
देउवा दम्पत्ती  सिंगापुर जाँदै सोमबार, कात्तिक १०, २०८२
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ: संयोजक दाहाल
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ: संयोजक दाहाल सोमबार, कात्तिक १०, २०८२
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड आइतबार, कात्तिक ९, २०८२
बहुपक्षीय आन्दोलनको चेतावनीले त्रस्त सरकार, संवादमा आउन अपिल
बहुपक्षीय आन्दोलनको चेतावनीले त्रस्त सरकार, संवादमा आउन अपिल आइतबार, कात्तिक ९, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP