Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सुम्निमा
  • #मिलन_चाम्स
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सोल_गुरुङ
  • #सिद्धार्थ_बैंक
  • #सानिमा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • चौतारी संरक्षणमा युवापुस्ता चासो
चौतारी संरक्षणमा युवापुस्ता चासो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ६, २०८१

गलेश्वर -  म्याग्दीमा पछिल्लो समय चौतारी निर्माण र संरक्षणमा युवापुस्ताको चासो बढ्दै गएपछि पाको पुस्तामा खुसियाली छाएको छ ।  जिल्लाका बेनी नगरपालिकासहित मङ्गला, मालिका, अन्नपूर्ण, रघुगङ्गा र धौलागिरि गाउँपालिकाका युवाले यहाँ रहेका पुराना चौतारीको संरक्षणका साथै नयाँ चौतारी निर्माण गर्न थालेपछि पाकोपुस्ता पुरानो विरासतको संरक्षण हुन लागेको भन्दै खुसी भएका हुन् ।

चौतारी संरक्षण र निर्माण अभियानमा यहाँका युवाका साथै जनप्रतिनिधि पनि खटिन थालेका छन् । कतिपय वडा कार्यालयले बजेट नै पारेर आफ्नो क्षेत्रमा रहेका पुराना चौतारीको पुनःनिर्माण तथा आवश्यक ठाउँमा नयाँ चौतारी बनाउने काम गरिरहेका छन् ।बेनी–६ अर्थुङ्गे, वडा नं ७ बेनी, वडा नं २ ज्यामरुककोट, वडा नं १ रत्नेचौरसहित मङ्गला, मालिका, धौलागिरि, रघुगङ्गाा र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिहरु चौतारी निर्माण र संरक्षण अभियानमा जुटेका स्थानीयले बताएका छन् ।

मङ्गला–२ खुम्लियामा सातदशक अगाडि बनेको चौतारी पुनःनिर्माण तथा संरक्षण अभियानमा स्थानीय खुम्लिया युवा क्लव जुटेको छ । बेनी–दरबाङ सडकअन्तर्गत सिम–कुहुँ–टोड्के जोड्ने खण्डको खुम्लियामा रहेको पिपलको रूख सुकेपछि प्रयोगविहीन बनेको चौतारीलाई नयाँ स्वरुपमा मर्मत गरी वरपीपल रोपण गरिने क्लबका उपाध्यक्ष तेजेन्द्र आचार्यले बताए । तत्कालीन समयमा भरिया र बटुवा, घाँसदाउराका लागि वनजङ्गलमा जाने स्थानीयवासीलाई लक्षित गरी स्वर्गीय टेकबहादुर घर्ती मगरद्वारा निर्मित उक्त चौतारी संरक्षण अभावले जीर्ण बनेको थियो । सडक सञ्जालको विस्तार र उचित संरक्षणको अभावका कारण पीपल सुकेपछि चौतारी जीर्ण बनेको उहाँको भनाइ छ ।

“चौतारीको पुरानो इतिहास छ, कुनै समय गाउँघरमा भेला, बैठक, चौतारीमै बस्दथे । अब सधैँ प्रयोग हुने गरी पुनःनिर्माण गर्छौं”, उपाध्यक्ष आचार्यले भने । धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्बन्धित वरपीपल रोपेर बस्न मिल्ने गरी चौतारी बनाइने भन्दै खानेपानीको धारा निर्माणका लागि गाउँपालिकासहित अन्य सङ्घसंस्थासँग सहयोग जुटाइने उनले बताए । तत्कालीन समयमा टोड्केमा रहेको स्वर्गाद्वारीको शाखा आश्रमबाट पैदल हिँडेर पश्चिम म्याग्दी हुँदै बागलुङबाट प्यूठानको स्वर्गद्वारीमा जाने धार्मिक भक्तजनले उक्त चौतारी आसपासमा भोजन गर्ने स्थल बनाएर बस्ने गरेका स्थानीय बुढापाकाको भनाइ छ । 

Hardik health

चौतारी आसपासमा होडिङ बोर्ड राखेर दाताको सहयोगका साथै धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने योजना रहेको उपाध्यक्ष आचार्यले बताए । चौतारी बनाएका दाताका आफन्त झलकबहादुर घर्तीमगरले पुर्खाले बनाएको चौतारी पुनःनिर्माण गरी संरक्षण गर्न आफ्नोतर्फबाट सहयोग हुने बताए । चौतारी नजिकैको डिलबाट म्याग्दी नदी, ताराखेत, बरङ्जाको सातविसेलगायत बस्ती देखिन्छ । 

दुई दशकअघिसम्म भरिया र बटुवाले भरिभराउ हुने चौतारी जीर्ण हुन थालेपछि स्थानीय तह र समुदाय दुवै चौतारी संरक्षणमा लागेका हुन् । “कुनै समय गाउँघरमा भेला, बैठक, कचहरी, सभा चौतारीमै बस्ने गरिन्थ्यो । पछिल्लो समय सुविधायुक्त सामुदायिक भवन बन्न थालेपछि भवनको हलमा नै बैठक तथा सभा हुन थालेपछि गाउँघरका चौतारी प्रयोगविहीन हुँदै गएका छन्”, बेनी–२ का ७९ वर्षीय टेकबहादुर कार्कीले भने ।

पहिला धर्मका लागि चौतारी चिन्ने, वर र पीपलका रुख रोप्ने, पानी धारा बनाउने, पोखरी खन्ने चलन थियो । सडक यातायातको विकास र समाजमा आएको परिवर्तनसँगै चौताराको प्रयोग घटेको छ । सार्वजनिक जग्गाजमिन र खाली ठाउँ नभएको म्याग्दी सदरमुकाम बेनी बजारमा रहेका परम्परागत चौतारीलाई संरक्षण र व्यवस्थित गर्न जनप्रतिनिधिले चासो दिएका छन् । 

बेनी–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बजारवासीलाई शीतलता र बटुवालाई विश्रामका लागि पुराना चौतारीलाई व्यवस्थित गरेर प्रतीक्षालयमा रुपान्तरण गर्न थालिएको बताए । “अहिलेका प्रतीक्षालय जस्तै पहिलेका चौतारीको महत्व छ”, उनले भने “धार्मिक, जैविक विविधताको संरक्षण र विश्रामको सुविधाका लागि जीर्ण चौतारीको पुनःनिर्माण गर्न थालेका हौँ ।”

बेनी–७ मा १८ चौतारी र एउटा पोखरी छन् । चौतारी मर्मतका लागि आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले रु चार लाख ५० हजार विनियोजन गरेको थियो । सो बजेटबाट नगरपालिकाको प्रवेशद्वार, बेनी सामुदायिक र जिल्ला प्रशासन कार्यालय अगाडिको चौतारी संरक्षण गर्न थालिएको नगर कार्यालयले जनाएको छ ।गत आवमा विनियोजन भएको रु एक लाख २७ हजार बजेटबाट मालपोत कार्यालय अगाडिको चौतारी मर्मत गरिएको थियो । सो चौतारीको नजिकै बेनी बजार अवस्थित वडा नं ७ र ८ बाहेकका वडाको पहिचान झल्कने होडिङ बोर्ड राख्ने तयारी भएको छ ।   ज्यामरुककोटमा रहेका पाँच वटा चौतारीको पनि पुनःनिर्माण गरिएको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए । 


प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमाको ८० प्रतिशत घरमा धारा जडान
हिमाको ८० प्रतिशत घरमा धारा जडान आइतबार, कात्तिक ३०, २०८२
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन आइतबार, कात्तिक ३०, २०८२
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने आइतबार, कात्तिक ३०, २०८२
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह आइतबार, कात्तिक ३०, २०८२
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण आइतबार, कात्तिक ३०, २०८२
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि आइतबार, कात्तिक ३०, २०८२
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP