Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विधि तोड्दै अघि बढ्दै गृहमन्त्री
विधि तोड्दै अघि बढ्दै गृहमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ६, २०८१
  • प्रहरीको सरुवा र बढुवामा गृहमन्त्री लामिछानेको मनोमानी
  • प्रहरी संगठन विधिमा चल्ने गृहमन्त्रीको भनाइ आफ्नै व्यवहारले काटिदै
  • गृहमन्त्री हाबी हुँदा प्रहरी ‘चेन अफ कमान्ड’ प्रभावित

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने धमाधम प्रहरी संगठनमा विधिलाई तोड्दै अघि बढेका छन् । वरिष्ठतालाई मिचेर बढुवा गर्नेदेखि प्रहरी महानिरीक्षक नभएका बेला सरुवा गराउने काममा लामिछाने सक्रिय हुँदै आएका छन् । यी दुवै कार्यले प्रहरी संगठनमा ‘चेन अफ कमान्ड’ भत्किने र प्रहरी अधिकारीहरूको मनोबलसमेत खस्किनेतर्फ चिन्ता प्रकट भइरहेको छ ।

शुक्रबारमात्रै नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारी प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा गर्दा वरिष्ठता मिचे । डिआइजी सिफारिस भएकामध्ये कार्की २०५२ र बाँकी तिनै जना २०५४ सालमा प्रहरी निरीक्षक भएका थिए । 

जबकि २०५१ र २०५३ मा प्रहरी निरीक्षकमा भर्ना भएका ब्याचबाट बढुवामा कोही परेनन् । चारजना डिआइजीका लागि भने २०५१, २०५२, २०५३ र २०५४ मा प्रहरी निरीक्षक भएकाबाट ३० जना एसएसपीहरू प्रतिस्पर्धामा थिए । तर, २०५१ र २०५३ लाई छाडेर २०५२ र २०५४ का प्रहरी निरीक्षकहरूलाई डिआइजीमा बढुवा गराउने काम भयो । यससँगै एकातिर २०५३ सालमा प्रहरी निरीक्षक भएकाहरूबाट प्रहरी महानिरीक्षक बन्ने सम्भावना टरेको छ । 

स्रोतका अनुसार २०५३ सालमा प्रहरी निरीक्षक भएकाहरू आफूहरूको बढुवा नभए पनि २०५४ सालका प्रहरी निरीक्षकहरूलाई बढुवा हुन नदिने प्रयासमा थिए । तर, गृहमन्त्री लामिछानेको सामु उनीहरूको सीप चलेन । उनकै चाहनाअनुसार चारै जना एसएसपीहरूको डिआइजीमा सिफारिस भएको स्रोतको दाबी छ । 

Hardik health

डिआइजीमा बढुवा भएका कार्की र केसी नक्कली भुटानी शरणार्थी काण्डको अनुसन्धान अधिकृत हुन् । तर पनि वरिष्ठतालाई मिचेर उनीहरू डिआइजी भए । २०५२ को ब्याजी शर्माभन्दा अघि ५ चैत २०५१ मा भोलाबहादुर रावल, ध्रुवराज राउत र गणेश चन्द प्रहरी निरीक्षक भएका थिए । रावल र राउत १२ मंसिर २०७८ मा एसएसपीमा बढुवा भएका थिए । चन्द भने २०५३ र २०५४ को टोलीसँगै १ साउन २०७९ मा एसएसपीमा बढुवा भएका थिए । उनीहरू तीनै जना यसपटक बढुवामा परेनन् ।

यस्तै २०५३ को टोलीबाट डिआइजी बढुवाको प्रतिस्पर्धामा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदीलगायत थिए । उनीहरू राष्ट्रिय अनुसन्धानबाट आएका हुन् । तर, बढुवामा छुटेसँगै राष्ट्रिय अनुसन्धानबाट आएको टोली अहिलेकै परिस्थितिमा प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भने आफ्नै ब्याच (२०५१)का एसएसपीहरू हुँदाहुँदै जुनियरलाई बढुवा गर्दा प्रहरी संगठनमा चेनअफ कमान्ड कमजोर हुने भन्दै रोक्न प्रयास गरेका थिए । तर, उनको सीप चलेन । वरिष्ठता मिचेर बढुवाको विधि तोडे । उनले गृहमन्त्री भएदेखि नै प्रहरीमा विधि भत्काउन थालेका हुन् । उनले पहिलोपटक एसपी सरुवा गर्दा तराईका जिल्लाहरू सर्लाही, महोत्तरी, बाँकी, बारा र सिरहाबाट डेढ महिनामै एसपीहरूलाई सरुवा गरे ।

नेपाल प्रहरीमा इञ्चार्ज पठाएको सामान्यतः एक वर्षमा मात्रै सरुवा गरिन्छ । यसबेला भने प्रहरी महानिरीक्षक कुँवर विदेश भ्रमणमा थिए । कुँवर नभएका बेला सरुवा गरेका लामिछानेले प्रहरी बढुवामा पनि मनोमानी गरेका हुन् । यसअघि डिएसपी बढुवाको क्रममा उनले पहिलो नम्बरका डिएसपी प्रदीप क्षेत्रीलाई छुटाइदिए । 

एआइजी टेकबहादुर तामाङ र सुदिप गिरीलाई लामो समय जिम्मेवारी नै दिएनन् । यी तथ्यहरूले गृहमन्त्री लामिछाने प्रहरी सरुवा र बढुवामा विधि तोड्दै अघि बढेको प्रस्ट हुन्छ । भाषण भने प्रहरी विधिमा चल्छ भन्न छुुटाउँदैनन् । 

नेपाल प्रहरी पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) नवराज अर्याल गृहमन्त्री हाबी हुँदा प्रहरी संगठन निकम्मा हुने बताउँछन् । उनले गृहमन्त्रीको भूमिका चेन अफ कमान्डमा चल्ने प्रहरी संगठनका लागि घातक भएको बताए ।
 


प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सभापति उम्मेदवारीलाई ३० हजार रुपैयाँ शुल्क
सभापति उम्मेदवारीलाई ३० हजार रुपैयाँ शुल्क मंगलबार, पुस २९, २०८२
पुरानै विधानअनुसार कांग्रेस विशेष महाधिवेशन निर्वाचन
पुरानै विधानअनुसार कांग्रेस विशेष महाधिवेशन निर्वाचन मंगलबार, पुस २९, २०८२
नयाँ नेतृत्वका लागि आजै राति ९ बजेदेखि मतदान हुने
नयाँ नेतृत्वका लागि आजै राति ९ बजेदेखि मतदान हुने मंगलबार, पुस २९, २०८२
महाधिवेशन प्रतिनिधिहरूले गरे नाराबाजी
महाधिवेशन प्रतिनिधिहरूले गरे नाराबाजी मंगलबार, पुस २९, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै मंगलबार, पुस २९, २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन मंगलबार, पुस २९, २०८२
कांग्रेस विशेष महाधिवेशनः विभिन्न प्रतिवेदनमाथि छलफल जारी
कांग्रेस विशेष महाधिवेशनः विभिन्न प्रतिवेदनमाथि छलफल जारी मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP