Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विधि तोड्दै अघि बढ्दै गृहमन्त्री
विधि तोड्दै अघि बढ्दै गृहमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ६, २०८१
  • प्रहरीको सरुवा र बढुवामा गृहमन्त्री लामिछानेको मनोमानी
  • प्रहरी संगठन विधिमा चल्ने गृहमन्त्रीको भनाइ आफ्नै व्यवहारले काटिदै
  • गृहमन्त्री हाबी हुँदा प्रहरी ‘चेन अफ कमान्ड’ प्रभावित

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने धमाधम प्रहरी संगठनमा विधिलाई तोड्दै अघि बढेका छन् । वरिष्ठतालाई मिचेर बढुवा गर्नेदेखि प्रहरी महानिरीक्षक नभएका बेला सरुवा गराउने काममा लामिछाने सक्रिय हुँदै आएका छन् । यी दुवै कार्यले प्रहरी संगठनमा ‘चेन अफ कमान्ड’ भत्किने र प्रहरी अधिकारीहरूको मनोबलसमेत खस्किनेतर्फ चिन्ता प्रकट भइरहेको छ ।

शुक्रबारमात्रै नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारी प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा गर्दा वरिष्ठता मिचे । डिआइजी सिफारिस भएकामध्ये कार्की २०५२ र बाँकी तिनै जना २०५४ सालमा प्रहरी निरीक्षक भएका थिए । 

जबकि २०५१ र २०५३ मा प्रहरी निरीक्षकमा भर्ना भएका ब्याचबाट बढुवामा कोही परेनन् । चारजना डिआइजीका लागि भने २०५१, २०५२, २०५३ र २०५४ मा प्रहरी निरीक्षक भएकाबाट ३० जना एसएसपीहरू प्रतिस्पर्धामा थिए । तर, २०५१ र २०५३ लाई छाडेर २०५२ र २०५४ का प्रहरी निरीक्षकहरूलाई डिआइजीमा बढुवा गराउने काम भयो । यससँगै एकातिर २०५३ सालमा प्रहरी निरीक्षक भएकाहरूबाट प्रहरी महानिरीक्षक बन्ने सम्भावना टरेको छ । 

स्रोतका अनुसार २०५३ सालमा प्रहरी निरीक्षक भएकाहरू आफूहरूको बढुवा नभए पनि २०५४ सालका प्रहरी निरीक्षकहरूलाई बढुवा हुन नदिने प्रयासमा थिए । तर, गृहमन्त्री लामिछानेको सामु उनीहरूको सीप चलेन । उनकै चाहनाअनुसार चारै जना एसएसपीहरूको डिआइजीमा सिफारिस भएको स्रोतको दाबी छ । 

Hardik health

डिआइजीमा बढुवा भएका कार्की र केसी नक्कली भुटानी शरणार्थी काण्डको अनुसन्धान अधिकृत हुन् । तर पनि वरिष्ठतालाई मिचेर उनीहरू डिआइजी भए । २०५२ को ब्याजी शर्माभन्दा अघि ५ चैत २०५१ मा भोलाबहादुर रावल, ध्रुवराज राउत र गणेश चन्द प्रहरी निरीक्षक भएका थिए । रावल र राउत १२ मंसिर २०७८ मा एसएसपीमा बढुवा भएका थिए । चन्द भने २०५३ र २०५४ को टोलीसँगै १ साउन २०७९ मा एसएसपीमा बढुवा भएका थिए । उनीहरू तीनै जना यसपटक बढुवामा परेनन् ।

यस्तै २०५३ को टोलीबाट डिआइजी बढुवाको प्रतिस्पर्धामा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदीलगायत थिए । उनीहरू राष्ट्रिय अनुसन्धानबाट आएका हुन् । तर, बढुवामा छुटेसँगै राष्ट्रिय अनुसन्धानबाट आएको टोली अहिलेकै परिस्थितिमा प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भने आफ्नै ब्याच (२०५१)का एसएसपीहरू हुँदाहुँदै जुनियरलाई बढुवा गर्दा प्रहरी संगठनमा चेनअफ कमान्ड कमजोर हुने भन्दै रोक्न प्रयास गरेका थिए । तर, उनको सीप चलेन । वरिष्ठता मिचेर बढुवाको विधि तोडे । उनले गृहमन्त्री भएदेखि नै प्रहरीमा विधि भत्काउन थालेका हुन् । उनले पहिलोपटक एसपी सरुवा गर्दा तराईका जिल्लाहरू सर्लाही, महोत्तरी, बाँकी, बारा र सिरहाबाट डेढ महिनामै एसपीहरूलाई सरुवा गरे ।

नेपाल प्रहरीमा इञ्चार्ज पठाएको सामान्यतः एक वर्षमा मात्रै सरुवा गरिन्छ । यसबेला भने प्रहरी महानिरीक्षक कुँवर विदेश भ्रमणमा थिए । कुँवर नभएका बेला सरुवा गरेका लामिछानेले प्रहरी बढुवामा पनि मनोमानी गरेका हुन् । यसअघि डिएसपी बढुवाको क्रममा उनले पहिलो नम्बरका डिएसपी प्रदीप क्षेत्रीलाई छुटाइदिए । 

एआइजी टेकबहादुर तामाङ र सुदिप गिरीलाई लामो समय जिम्मेवारी नै दिएनन् । यी तथ्यहरूले गृहमन्त्री लामिछाने प्रहरी सरुवा र बढुवामा विधि तोड्दै अघि बढेको प्रस्ट हुन्छ । भाषण भने प्रहरी विधिमा चल्छ भन्न छुुटाउँदैनन् । 

नेपाल प्रहरी पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) नवराज अर्याल गृहमन्त्री हाबी हुँदा प्रहरी संगठन निकम्मा हुने बताउँछन् । उनले गृहमन्त्रीको भूमिका चेन अफ कमान्डमा चल्ने प्रहरी संगठनका लागि घातक भएको बताए ।
 


प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
उज्यालो नेपाल  र हाम्रो पार्टी नेपालबिच पार्टी एकताकाे सहमति
उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबिच पार्टी एकताकाे सहमति शुक्रबार, जेठ १५, २०८३
‘समावेशी र समुन्नत राष्ट्र निर्माणमा लागौँ’: गगन थापा
‘समावेशी र समुन्नत राष्ट्र निर्माणमा लागौँ’: गगन थापा शुक्रबार, जेठ १५, २०८३
मानवअधिकार आयोगको प्रतिवेदनप्रति कांग्रेसकाे  ६ बुँदे ध्यानाकर्षण
मानवअधिकार आयोगको प्रतिवेदनप्रति कांग्रेसकाे ६ बुँदे ध्यानाकर्षण बिहीबार, जेठ १४, २०८३
हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा
हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा बिहीबार, जेठ १४, २०८३
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै बिहीबार, जेठ १४, २०८३
समयसीमाभित्रै महाधिवेशन हुन्छ : महामन्त्री घिमिरे
समयसीमाभित्रै महाधिवेशन हुन्छ : महामन्त्री घिमिरे बुधबार, जेठ १३, २०८३
संसद्मा सशक्त प्रतिवादका लागि जुटे प्रतिपक्षी
संसद्मा सशक्त प्रतिवादका लागि जुटे प्रतिपक्षी सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP