Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
  • #पूर्णबहादुर खड्का
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रपतिलाई धन्यवाद दिन कांग्रेसको अवरोध
राष्ट्रपतिलाई धन्यवाद दिन कांग्रेसको अवरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २, २०८१

काठमाडौं– निरन्तर संसद् अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन तयार भयो । र, राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम वाचन गरे । 

तर, राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूचीसहित दोस्रो पटक बोलाइएको प्रतिनिधिसभा र राष्ट्रि सभा दुवैको बैठक कांग्रेसले अवरोध गर्‍यो । कांग्रेसको अवरोधपछि राष्ट्रपतिलाई धन्यवाद दिनसमेत पाएन । दुवै सदनको बैठक बिहीबारका लागि आह्वान गरिएको छ । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारीको बचत अपचलन प्रकरणको छानबिन गर्न सरकारले संसदीय समिति गठन नगरेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारीको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेपछि कांग्रेस तयार भएको थियो । तर, प्रधानमन्त्रीले प्रतिबद्धताअनुसार समिति गठनमा पहल नगरेको कांग्रेसको आरोप छ ।

Hardik health

कांग्रेस सहमहामन्त्री जीवन परियारले अहिलेसम्म सरकारले विपक्षीलाई नसुनेको र सुन्न बाध्य बनाउने बताए । ‘हामीले संसदको हिउँदे अधिवेशनदेखि नै छानबिन समिति गठन गरौं भन्यौं तर सरकारले चासै राखेन,’ उनले प्रभावसँग भने, ‘यसपटक कांग्रेसले सरकारले सुन्नेगरी बोल्छ ।’

प्रधानमन्त्री दाहालले मंगलबार बिहान बालुवाटारमा कांग्रेस महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखकलाई बोलाएका थिए । त्यसक्रममा थापा र लेखकलाई राष्ट्रपतिको सम्बोधन अवरोध नगर्न र छानबिन समिति गठन गर्न तयार रहेको बताएको नेता लेखकले बताएका छन् । छानबिन समिति गठनलाई बटमलाइन बनाउँदै कांग्रेस सांसदहरूले सरकारको आलोचनासमेत गरे ।

उसो त सोमबार नै प्रधानमन्त्री दाहाल समग्र सहकारी समस्याबारे छानबिन गर्ने गरी समिति गठन गर्न सकिनेबारे सकारात्मक थिए । तर, पनि प्रमुख सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओली र आरोपित लामिछाने समिति गठनमा अझैसम्म तयार छैनन् । जसले गर्दा कांग्रेस थप आक्रमक बनेको हो ।

प्रधानमन्त्री दाहाल पनि रवि लामिछानेकेन्द्रित छानबिन समिति गठन गर्न नहुने पक्षमा छन् । बरु, उनले समग्र सहकारी समस्याबारे छानबिन गर्न समिति गठनको औचित्य रहने बताउने गरेका छन् । ‘प्रधानमन्त्रीले व्यक्ति विशेषमाथि छानबिन गर्नेतिर नजाऔं, समग्र सहकारीमा देखिएका समस्याको छानबिन गर्न सकिन्छ र सरकारले गरिरहेको पनि छु भन्नुभएको छ,’ दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।
 


प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ? सोमबार, कात्तिक १०, २०८२
जनताले अपेक्षाअनुसार एकताबद्ध भए अघि बढ्नु पर्ने:कार्यबाहक सभापति खड्का
जनताले अपेक्षाअनुसार एकताबद्ध भए अघि बढ्नु पर्ने:कार्यबाहक सभापति खड्का सोमबार, कात्तिक १०, २०८२
देउवा दम्पत्ती  सिंगापुर जाँदै
देउवा दम्पत्ती  सिंगापुर जाँदै सोमबार, कात्तिक १०, २०८२
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ: संयोजक दाहाल
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ: संयोजक दाहाल सोमबार, कात्तिक १०, २०८२
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड आइतबार, कात्तिक ९, २०८२
बहुपक्षीय आन्दोलनको चेतावनीले त्रस्त सरकार, संवादमा आउन अपिल
बहुपक्षीय आन्दोलनको चेतावनीले त्रस्त सरकार, संवादमा आउन अपिल आइतबार, कात्तिक ९, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP