Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • सिंहऽदरबार: फुटबल मैदान ! 
सिंहऽदरबार: फुटबल मैदान ! 
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, जेठ १, २०८१

सिंहदरबार हो कि तारबार हो भन्ने कुरा अहिले कौतुहलताको विषय बनेको छ । दरबार भनौं भने दरबारजस्तो पनि छैन ! तारबार भनौं भने कंक्रिट नै कंक्रिटले ढाकेको छ । कुनैबेला खेलमैदान थियो भित्रियाहरुका लागि । कुनै कुनामा फुटबल कुनै कुनामा भलिबल जे पनि खेल्थे । 

अहिले परिस्थिति फेरियो ! सिंहऽदरबार होइन, साइँदुवाहरुका लागि गोठ बनिरहेको छ । त्यसमाथि पनि साइँदुवाहरुलाई गोठमा धकेल्नसमेत गाह्रो, गोरु चुटेजस्तै चुट्नुपर्ने । चुट्दै र पिट्दै भए पनि गोठमा लगेपछि निस्कनै नमान्ने !

यिनका पारा देखेर माल्दाइ बेलाबेलामा मुर्छित नै पो हुन्छन् त । यता माल्दाइ मुर्छित हुँदा उता माकु काका पनि पुर्पुरोमा हात राखिरहेका छन् । सिंहऽ गोठमा साइँदुवाहरुलाई हुलेको हुल्यै । को–को अट्छन् को–को भाग्छन् भन्ने नै माकु काकालाई पत्तो नहुने । सिंहऽ गोठ बनाउने एउटा थाम बोकेरै भए पनि धानिरहेका माकु काका विलखबन्दमा परेका छन् । 
विचरा ! ‘खाऊँ भने दिनभरको सिकार नखाऊँ भने कान्छा बाउको अनुहार’ जस्तै भएको छ । सिंहऽ गोठ बनाउने काँधमा बोकेको थाम नबोकौं गोठै चुर्लुम्मै हुने, बोकौं आफ्नो अस्तित्व नै मेटिने अवस्थाको सामना गर्नुपर्ने । 

सिंह गोठमा आजकल गोरुहरुलाई पाल्ने र फाल्ने क्रम बढेको छ । सिंह गोठमा बस्न चाहने गोरु भैंसीहरुले पहिला जस्तो थारो बस्न पाउने छैनन् । सधैं दुधालु हुनुपर्ने नियम नै बसेको छ । त्यही भएर होला गोठको मालिकसँग जुन पशु रिसाएर शिर जोत्न खोज्छ त्यसलाई त किमा नै बनाइदिने रैछ !

Hardik health

फुटबल मैदानजस्तो बल मन परे च्याप्ने मन नपरे मैदानबाट उडाइदिने ? सिंह गोठमा अहिले विभिन्न प्रजातिका जनावरहरु पालिएका छन् । २०४६ सालसम्म एउटै प्रजातिका जनावरहरु गोठमा हुँदा कि परालमात्र खान पाउथें कि घाँसमात्र । तर अहिले गोठमा विभिन्न प्रजातिका जनावरहरु पालिएका छन् । कुनै जर्सी गाईहरु छन् त कुनै मुर्रा भैँसी, कुनै होलिस्टिन गाईमात्र कहाँ हो र वोयर जातका बाख्रा पनि छन् । लोकल भेँडाहरुको जात नै पाउन मुस्किल छ । त्यसैले तिनीहरुलाई घाँस, पराल दाना पनि लोकलले नहुने भइसक्यो । त्यही भएर अहिले त घाँस पनि स्वदेशी होइन ‘हाइब्रिड’ वाला विकासे नै खान पाउँछन् ।

स्थानीय जातको जनावर भएको भए पो ढुटो, पिठो चल्थ्यो, अहिले त जसरी भए पनि उही उतैबाट आको दाना ख्वाउनुपर्ने । कम्ती महँगो भाको छ र भन्या सिंह गोठमा पाल्न । जति प्रजातिका भए पनि सबै थारा परे । ख्वाउनुमात्र पर्ने आम्दानी केही पनि नदिने । बरू सिंगौरी खेलेर गोठको भित्रै भत्काइदिने थारा जनावर सिंहऽ गोठमा भएपछि कसको बाउको के लाग्छ !

खै आजकल गोठमा खान्की राम्रो भएन कि दाना गतिलो परेन ! कुँडो ख्वाउने नुन पो राम्ररी हाल्दिएन कि किन हो सिंह गोठका जनावरहरु फेरिएका फेरियै नै छन् । महिना दुई महिनामा नै गोठमा विभिन्न प्रजातिका जनावर आउने जाने भएपछि त्यो गोठको कसलाई माया ? 

माकु काकाले राम्रै व्यापार होला कि भनेर नयाँ गोठतिर सरेका थिए । विचरा फलिफाप नै भएन । अहिले त माकु काकाले पालेका जनावर पनि खोले नै खान छाडिसके । काकालाई आफ्नै बाख्राका पाठाहरुले चिथोर्न थालिसके । काकाले त्यत्ति राम्रो गोठमा आपूm बस्न नसक्ने भएर पो काकाले भतिजहरुलाई सुम्पेका हुन् कि भतिजहरुले काकालाई तीन बल्ड्याङ गर्न खोजेका छन् ।

आजकल सिंहऽगोठमा के–के चल्या छ, छ ! पालिएका जनावर पनि विश्वासिलो नभएर फालिएको फालिएै छ । खै माकु काका पनि छब्बुसँग निकै त्रसित भएको देखिएका छन् । छब्बुले कुनबेला माकुलाई पनि डोकामा राखेर भिरबाट खसालिदिने हो भने भन्ने नै शंका पो उब्जिन थालेको छ ।

छब्बु आफू सुरक्षित नभएर नै विभिन्न प्रजातिका भेँडा बाख्राहरुको व्यवस्था गर्दै छन् । छब्बुले चालचलन बुझेका छन् कि छैनन् । गोठमा राख्दै निकाल्दै गरिरहन्छ । छब्बुले सिंह गोठलाई फुटबल मैदान बनाउँदै छन् । दुई–चार प्रजातिका जनावरलाई फेरि गोठबाट गलहत्याएका छन् । मुंग्रै मुंग्राले हानेर गोठबाहिर निकालेका छन् ।

छब्बुको गोठाला फेर्ने बानीले गर्दा नै फुटबल खेलाको जस्तो खेलाको खेलाइ छन् । कहिले कुन जनावर आउँछ, जान्छ थाहा छैन । समस्याले गुजुल्टो पारेको छ । नानाथरीका जनावर भएर पनि साथ दिने सम्भावना छैन ।खेलाडीले कर्नरमा राखेर फुटबल हानेजस्तै भएको छ । सिंहऽगोठमा फुत्त–फुत्ता देको छ देको छ । कहिले पूर्व फुत्त, कहिले पश्चिम फुत्त । फुत्तफुत्त हान्देको भए सबै खलास हुन्थे । सरकारले गोठ सुधारलगायतका कार्यक्रम नै सकाउने प्रपच्च । 

सिंहऽगोठमा रमाउनेहरु धेरै समाउन योजना भइसकेको छ । कुनबेला बेपत्ता हुने हो थाहा नहुन सक्छ । मैदानमा बसेर खेलाडीलाई दानाका लागि फोन गरेको ग¥यै छन् । को आउने हो को जाने हो भन्ने कुरा नै स्पष्ट भएकाले पनि आफ्नो भुण्टो भने राम्ररी भर्ने छन् । 
गोठ भनेको गोठ नै हो । यो गोठभित्र को–को छ र तिनीहरुलाई पालै पालो घोक्रे ठ्याक लगाउने ? कसैले सपना देखेको छ भने त्यो सम्भव छैन । अब सपना विपना आउने भने भेटिएन । जे भो राम्रै भो ।

अरुलाई सही कदम लाग्यो भने तयार हुनुहुन्छ तपाईंका दिन सुरु गरे । सिंहगोठमा आफ्नो जनावरलाई तह लगाऊ काम आफैंबाट गर्नुपर्छ । यी सबै भ्रमहरु क्रमशः जागिर खान देको छ । हात्तीजति नै ठूलो भए पनि सानो कमिलाले नै ठीक पार्छ भन्ने कुरालाई आत्मसात् गर्दा ठीक हुन्छ । जय सिंहऽ, जय गोठ ।
 


प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP