Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
  • #पूर्णबहादुर खड्का
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संसद् बैठक अन्योलमै
संसद् बैठक अन्योलमै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १, २०८१


राष्ट्रपतिले संघीय संसद्को संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची प्रभावित हुने संकेत


उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम पाँच÷छ वटा सहकारी ठगीमा जोडिएकाले छानबिनका लागि संसदीय समिति गठन गरौं भनेका छौं । गठन नभए संसद् चल्दैन ।
उदयशम्शेर जबरा
सांसद, नेपाली कांग्रेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची भए पनि संसद् बैठक सञ्चालन हुनेमा भने अन्योल कायमै छ ।

सहकारीको बचत अपचलन प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छानबिनको दायरामा ल्याउन संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडानमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस कायमै छ । सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार र सोमबार कांग्रेसलाई मनाएर संसद् खुलाउने प्रयास गरे । उक्त प्रयासले सार्थक नतिजा दिन सकेको छैन ।

शनिबार बसेको कांग्रेसको पदाधिकारी बैठकले गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा जोडिएकोले त्यसबारे संसदीय छानबिन समिति गठन हुनुपर्ने अडानमा पछि नहट्ने निर्णय गरेको थियो । त्यसका लागि कांग्रेसले सरकारमाथि दबाब बढाइरहेको छ । यसबीच प्रधानमन्त्री दाहालले दौडधुप बढाएका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन् ।

Hardik health

सोमबार उनले प्रमुख सत्तारुढ घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेसँग संवाद गरे । तर, संसदीय छानबिन समिति गठन गर्नेबारे सत्तापक्ष र प्रतिपक्षी कांग्रेसबीच समझदारी जुट्न सकेको छैन । यसबारे दुवै पक्षको फरक–फरक धारणा छ । जसले गर्दा आज पनि सदन चल्नेमा शंका छ ।

यसअघि शुक्रबार बसेको संसद्को बजेट अधिवेशनको पहिलो बैठक नै कांग्रेसले चल्न दिएन । सभामुख घिमिरेले १५ मिनेट स्थगित गरेर सञ्चालन गरेको बैठकमा कांग्रेसले छानबिन समिति गठनकै माग दोहोर्‍यायो । कांग्रेस सांसद उदयशम्शेर जबरा छानबिन समिति गठन भएमात्रै सदन चल्न दिने बताउँछन् । नभए चल्न नदिने उनको चेतावनी छ । 
‘संसद् चलाउन कांग्रेस आतुर छ । संसद् सत्तारूढ दललाई भन्दा विपक्षीका लागि महŒवपूर्ण हुन्छ । त्यही भएर यसअघि जसरी संसद् अधिवेशन अन्त्य गरियो, त्यसमा आपत्ति जनाएका थियौं,’ उनले प्रभावसँग भने, ‘तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम पाँच÷छ वटा सहकारी ठगीमा जोडिएकाले छानबिनका लागि संसदीय समिति गठन गरौं भनेका छौं । गठन नभए संसद् चल्दैन ।’

समिति गठनको विषयमा कांग्रेस अडिक भएपछि राष्ट्रपति पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्छन् कि गर्दैनन् ? चासोपूर्वक हेरिएको छ । चितवनमा सोमबार भएको एउटा कार्यक्रममा प्रधानमन्त्री दाहालले संसद् खुलाउने विषयमा कांग्रेससँग छलफल गरेर सहमति गर्ने बताएका छन् । यो समाचार तयार पार्दासम्म दलहरूबीच छानबिन समिति गठनबारे कुनै सहमति भएको छैन ।

सांसद जबराका अनुसार कांग्रेसले छानबिन समिति गठनको माग संसद्को अघिल्लो अधिवेशनबाटै हो । तर, यसबारे प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली कांग्रेसको माग जस्ताको तस्तै सम्बोधन गर्न तयार भइसकेका छैनन् । एमाले प्रमुख सचेतक महेश बर्तौला कांग्रेसले आत्महत्या नै गर्छु भने पनि समिति गठन नहुने बताउँछन् । उनका अनुसार एक जना व्यक्तिलाई केन्द्रित गरेर छानबिन समिति गठन गर्ने परम्परा बसे भोलि समस्या पैदा हुन्छ ।

‘सांसदहरूले कानुन बनाउने हुन्, छानबिन गरेर अनुसन्धान अधिकारी बन्ने होइन । तर यहाँ त छानबिन समिति गठन गरेर सांसदहरूलाई अनुसन्धानकर्ता बनाउन खोजिँदै छ,’ उनले भने, ‘यस्तो नाजायज विषयमा एमालेको सहमति रहँदैन ।’कांग्रेस र प्रमुख सत्तारुढ घटक एमालेबीच छानबिन समितिबारे मतैक्यता छ । यसले गर्दा राष्ट्रपतिको सम्बोधन नै प्रभावित बन्ने सम्भावना बढेको छ । यसपछि चिन्तित सभामुख घिमिरेले प्रधानमन्त्री दाहालसँग सोमबार नै टेलिफोन संवाद गरेका छन् । संवादका क्रममा प्रधानमन्त्रीले प्रतिपक्षी र सत्तापक्षमा रहेका दलहरूसँग छलफल गरेर सहमति खोज्ने बताएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले बताए । 

‘विपक्षी र सत्ता घटकसँग छलफल गरेर कांग्रेसलाई कुनै न कुनै विकल्प दिएर सहमतिमा ल्याउँछौं भन्ने कुरा प्रधानमन्त्रीले सभामुखलाई भन्नुभयो,’ अधिकारीले भने, ‘छानबिन समिति गठनको विषयमा प्रगति छ, कांग्रेसले केही लचक देखिएको छ ।’सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी कांग्रेस र सत्ताधारी नेकपा एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वसँग पनि संवाद गरेका छन् । त्यसक्रममा कांग्रेस सभापति देउवाले सरकारले समिति बनाएमा संसद्मा अवरोध नहुने र मंगलबार मात्र नभई सबै बैठकहरू चल्ने प्रतिक्रिया दिएको बताइएको छ ।

गृहमन्त्री लामिछानेलेचाहिँ आफूले सहकारी प्रकरणमा आफूमाथि उठेका प्रश्नबारे संसद्मा बोल्न पाउनुपर्ने माग दोहोर्‍याएका छन् । यसअघि शुक्रबार रविलाई संसद् बैठकमा आरोपबारे बोल्न दिने दलहरूबीच सहमति भएको थियो । तर, सभामुख सुरुमै राष्ट्रपतिबाट सदन आह्वान गरेकोसम्बन्धी पत्र वाचन गरेर अघि बढ्ने खोजे । लगत्तै कांग्रेसले संसद् अवरुद्ध पारे । रविले बोल्न पाएनन् । अहिले पनि उनी संसद्मा आफूमाथि लागेको आरोपबारे प्रस्टीकरण दिन पाउनुपर्ने माग गर्दै आएका छन् ।
 


प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ? सोमबार, कात्तिक १०, २०८२
जनताले अपेक्षाअनुसार एकताबद्ध भए अघि बढ्नु पर्ने:कार्यबाहक सभापति खड्का
जनताले अपेक्षाअनुसार एकताबद्ध भए अघि बढ्नु पर्ने:कार्यबाहक सभापति खड्का सोमबार, कात्तिक १०, २०८२
देउवा दम्पत्ती  सिंगापुर जाँदै
देउवा दम्पत्ती  सिंगापुर जाँदै सोमबार, कात्तिक १०, २०८२
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ: संयोजक दाहाल
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ: संयोजक दाहाल सोमबार, कात्तिक १०, २०८२
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड आइतबार, कात्तिक ९, २०८२
बहुपक्षीय आन्दोलनको चेतावनीले त्रस्त सरकार, संवादमा आउन अपिल
बहुपक्षीय आन्दोलनको चेतावनीले त्रस्त सरकार, संवादमा आउन अपिल आइतबार, कात्तिक ९, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP