Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • भन्सारको लुटकारी व्यवस्था विरुद्ध धर्ना,२२ पक्राउ
भन्सारको लुटकारी व्यवस्था विरुद्ध धर्ना,२२ पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ३१, २०८१

काठमाडौं‍ - काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभाग परिसरमा भन्सारको लुटकारी व्यवस्था विरुद्ध  आम जनता पार्टी काठमाण्डौ उपत्यका कमिटिले  घेराउ र धर्ना  दिएका छन् । भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम बन्द गर्न भन्दै सोमबार भन्सार विभाग परिसरमा धर्ना दिएका हुन्  ।

भन्सार कानुनमा रहेको ४५ कथित पुरस्कारको लूटकारी प्रावधान हटाउनका लागि दबाबसहित चौथो पटक शान्तिपूर्ण धर्ना र आन्दोलन गरेको आम जनता पार्टी मञ्चका प्रवक्ता चन्द्र भुषाल शाहले बताएका हुन् । विगत लामो समयदेखि अनवरत रूपमा भन्सारभित्रको विभेदलाई खारेजी गर्नलाई यो भन्सार परिसरमा धर्ना दिएको उनले बताए ।उनले भने ,‘आजको धर्ना चौथो चरणको आन्दोलन हो । चार पाँच महिना भइसक्यो। मुख्यत भन्सार केन्द्रमा रहेको ४५ प्रतिशत लुटकारीतन्त्रको खारेजी गर्नको लागि नै बसेका हौँ ।सरोकारवाला निकाय,अर्थ मन्त्रालय,र प्रधानमन्त्रीसमक्ष पनि यो कुरा पुर्‍याएका छौँ, ’ उनले भने । सरकारी निकायमा बसेर सरकारी भत्ता,तलब खाने र ४५प्रतिशत कर्मचारीलाई पुरस्कार भन्दै भ्रष्टाचार गर्ने नीतिलाई खारेज गर्न सम्बन्धित निकायलाई दबाब दिने मुख्य उदेश्य भएको उनले बताए । 

आम सम्पर्क मञ्चका उपाध्यक्ष देवेन्द्र ठाकुरले भने,‘भन्सारको लुटकारी व्यवस्था विरुद्ध भन्सार विभाग घेराउ तथा धर्ना कार्यक्रम गरेका हौँ ।’   सरकारले भन्सारको सुराकी दिनेलाई ४५ प्रतिशत पुरस्कार भन्दै भ्रष्टचार गर्न उक्साएको आरोप उनले लगाएका छन् । 
अर्का सदस्यले भने,‘यदि पुरस्कार हो भने तिनीहरुले लुकाएर दिनुपर्ने पब्लिक गर्नुपर्यो। सुराकीको नाम पब्लिक गर्दैनन् । जो एसएसपी छन्,अन्य ठूला ओहोदामा छन्,उनीहरुका श्रीमतीहरू, आफन्त र नाताहरुले मात्र ती पुरस्कार पाउने गर्दछन्। यदि तपाईँ सार्वजनिक व्यक्ति हो भने, सर्वसाधारण व्यक्ति हो भने, गोप्य सूचना भनेर राखिन्छ तर उक्त सूचनाको आधारमा सर्वसाधारणलाई जति दिनुपर्ने छ त्यो दिइँदैन यो सुराकेले यति यति पायो भनेर किन पब्लिक गर्दैन ,’उनले आक्रोस पोखे ।

उनले थप्दै भने,‘संसारको सबै मुलुकमा भन्दा हाम्रो जस्तो गरिब देशमा ४५प्रतिशत पुरस्कार भनेर घोषणा गरिएको छ। कहिँ हुन्छ यस्तो संसारमा कहीँ हुन्छ ?’ ‘मिडियाहरूले पनि यो त पुरस्कार हो भन्दै राजस्वमा पुरस्कार दिएको भन्दै लेख्छन् तर भित्री कुरो बुझदैनन् । यसरी सुराकी गोप्य हुन्छ भन्दै आफ्ना मान्छेलाई सो ४५प्रतिशत पुरस्कार दिन्छन् । देश र जनताको पक्षमा कानुन बनाउनलाई फुर्सद कसैलाई छैन। राज्यबाट ४५प्रतिशत स्वत लुटेर खाएका छन् ’,उनले भने ।

मञ्चका प्रवक्ता चन्द्र भुषाल शाहले भने,‘जसले कर छली गर्छन् उनीहरुलाई कारबाही हुनुपर्छ । किनभने सीमावर्तीमा पनि जुन प्रकारको कारबाही गरिएको छ त्यो कारबाही प्रदेशमा ,स्थानीय तहमा पनि लागू हुनुपर्छ । ’भन्सार अगाडि धर्ना  बसेका २२ जनालाई प्रहरीले साेमबार पक्राउ गरेका छन् । पक्राउ गरेकाहरुलाई कालिमाटीको प्रहरी वृत्तमा राखिएको प्रवक्ता शाहले बताएका छन् । पक्राउ पर्नेमा पार्टी वरिष्ठ उपाध्यक्ष तिलक थापा मागर, प्रवक्ता चन्द्र भुषण साह, संघर्ष समिति संयोजक रञ्जु साह नेताहरु आर्य पाण्डे, चन्द्रिका लाल साह, देव कुमारी साह, कनक सिंह, मीना देवी साह, बिरबल यादव, हरिनारायण साह, सुनिल कुमार साह, सुरेश साह, प्रभु साह, अरुण कुमार साह, शम्भु साह, वीरबहादुर यादव, सिकेन्द्र साह, जयकिसोर साह, रामकिशोर साह, उमेश साह, रामनारायण साह रहेका छन् । उनीहरुलाई साँझ छोडिएको प्रवक्ता साहले बताए । 

 


प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP