Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #लिपुलेक
  • #रवि लामिछाने
  • #दक्षिण कोरिया
  • #विदेसिनेको संख्या
  • #मट्यांग्राे
  • #विपद्का घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • वर्षाका कारण मूल फुट्ने आश
वर्षाका कारण मूल फुट्ने आश
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ३०, २०८१

महोत्तरी - गर्मी बढेर पानीका स्रोतका रुपमा रहेका मुहान सुक्दै गएका बेला एक साताभित्रै दुईपटक वर्षा भएपछि महोत्तरीमा सर्वसाधारणले राहत महसुस गरेका छन् । वैशाखको अन्तिम साताको प्रारम्भ र अन्त्यतिर दुईपटक पानी परेपछि अब पानीका स्रोतका रुपमा रहेका मुहान रसाउने सर्वसाधारणले आश गरेका हुन् ।

घामको रापले खानेपानीका इनार, चापाकल र खोल्सीका जरुवा सुकेपछि जिल्लाका धेरैजसो बस्तीमा खानेपानीको हाहाकार नै पर्लाजस्तो भइसकेको छ । यसैगरी पोखरी, नदी र खोल्साखोल्सी स्याप्पै सुकेपछि गाईबस्तुलाई पानी खुवाउन, आहाल बसाउन र चर्को घामले घाँसपात डढेपछि चरनको पनि समस्या बढिरहेकामा पानीले सर्वसाधारणमा अब मुहान रसाउने आश जागेको हो ।

“यसै साताको सुरुमा पनि एक दिन राम्ररी नै पानी प¥यो, आज पनि बिहानैदेखि सिमसिम पानी परिरहेको छ, यसले सुख्खा माटोमा चिस्यान भर्ने र पानीका स्रोतका मुहान रसाउने आश छ” भङ्गाहा–५ कर्पुरगञ्जका ६० वर्षीय रामजुलुम बाँतर भन्नुहुन्छ, “यो पानीले चउर र पर्तीजग्गामा घाँस पलाउला, यसपछि अलि राहत पाइएला ।” अहिले जिल्लाभर नै पानीका स्रोतका रुपमा रहेका मुहान सुक्दै गएका छन् ।

जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रका अधिकांश बस्तीमा खानेपानीको हाहाकार नै परेको छ । “र्हेनोस् न, हाम्रो यो वडाका पाँच टोलबस्तीभित्र ३०० को हाराहारी चापाकल होलान्, कुनैमा पानी झर्दैन” भङ्गाहा–४ का पूर्व वडाध्यक्ष अशोककुमार महतोले  भने, “इनारमा पनि बाल्टिन डुब्न छोडेको छ, खै थोरै पानी त प¥यो, अब मुहान रसाउँछ कि !” आफ्नो वडाका रामनगर, प्रेमनगर, थारुटोल बनरा, पलार र टोका बस्तीका करिब पाँच सय घरधुरीबीच चार÷पाँचवटा इनारबाट खानेपानीको जोहो भइरहेको महतोको भनाइ छ ।

एक साताभित्रै दोस्रोपटक पानी परेपछि यसको सकारात्मक प्रभाव फलपूmल, तरकारी र मकै, कोदोसहितका अन्नबालीमा पनि परेको छ । यो साताको पहिलो वर्षालगत्तै सुक्नै लागेको मकै फेरिएको छ । अब चाहिँ मकैमा घोगा लाग्ने आश जागेको बर्दिबास–७ मनहरिपुरकी किसान मुना खत्री बताए  । पछिल्लो साताको दोस्रो वर्षाले आँप, लिची, रुख कटहरलगायतका फलपूmलका रुखका जालो र आँपमा लाग्ने मधुवा कीरा पखालिएको किसान बताउँछन् ।

अब फलपूmलका चिचिला, पोटिला र भरिला हुने गौशाला–१२ कालीपुरका महेश्वर महतोको आश छ । यसैगरी घामको रापले ओइल्याउँदै गएका लहरे तरकारी वर्षापछि लहलहाउन थालेको देखिएको छ । वर्षाले अहिले माटोमा राम्रो चिस्यान भएको हुँदा मकै छर्ने, कोदो र धानको ब्याड राख्न अनुकूलता भएको किसानको भनाइ छ । वैशाख मसान्तताकाको यो वर्षाले पानीका स्रोतका मुहान रसाउने र बालीनालीमा अनुकूल प्रभाव पारेपछि किसानलाई अब खडेरीको मारमा नपरिने विश्वास जागेको छ । 


प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रहरी र पत्रकारबीच घम्साघम्सी 
प्रहरी र पत्रकारबीच घम्साघम्सी  शुक्रबार, भदौ ६, २०८२
क्षमता अभिवृद्धि केन्द्र उद्घाटन गर्दै: मन्त्री यादव
क्षमता अभिवृद्धि केन्द्र उद्घाटन गर्दै: मन्त्री यादव शुक्रबार, भदौ ६, २०८२
एकवर्षमा विपद्का घटनाबाट चौध करोड बढीको क्षति
एकवर्षमा विपद्का घटनाबाट चौध करोड बढीको क्षति बिहीबार, भदौ ५, २०८२
घुँगीफोर गरुडको प्रजनन केन्द्र बन्दै बाटुलीपोखरी
घुँगीफोर गरुडको प्रजनन केन्द्र बन्दै बाटुलीपोखरी बिहीबार, भदौ ५, २०८२
भारत र चीनकाे सहमिले   ‘लिपुलेक’ पुन: विवाद
भारत र चीनकाे सहमिले   ‘लिपुलेक’ पुन: विवाद बिहीबार, भदौ ५, २०८२
लगानीमैत्री वातावरण बनाउन सरकार लागि पर्दै 
लगानीमैत्री वातावरण बनाउन सरकार लागि पर्दै  बुधबार, भदौ ४, २०८२
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP