Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सुम्निमा
  • #मिलन_चाम्स
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सोल_गुरुङ
  • #सिद्धार्थ_बैंक
  • #सानिमा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • सात वर्षमा बागमती प्रदेशको एक सय ८५ कानुन
सात वर्षमा बागमती प्रदेशको एक सय ८५ कानुन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ३०, २०८१

बागमती - प्रदेश सञ्चालनका लागि बागमती प्रदेश सरकार धमाधम कानुन बनाउन जुटेको छ । प्रदेश सञ्चालनका लागि कानुन आवश्यकपर्ने भएकाले कानुन निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको हो ।

प्रदेश सरकार गठन भएको करिब सात वर्षको अवधिमा प्रदेश सरकारले हालसम्म ऐन, अध्यादेश, नियमावली, निर्देशिका गरी एक सय ८५ कानुन निर्माण गरिसकेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार हालसम्म ६३ ऐन, १४ अध्यादेश, २६ नियमावली, तीन विनियमावली, आठ निर्देशिका, ५५ कार्यविधि, नौ मापदण्ड र सात आदेश जारी भइसकेका छन् ।

प्रदेशसभाबाट पारित भई जारी भएकामध्ये १४ ऐन, १३ नियमावली, एक÷एक विनियमावली र निर्देशिका, नौ कार्यविधि, दुई मापदण्ड र सात आदेश संशोधन भइसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मनुका घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार जारी भएका १४ अध्यादेशमध्ये चार प्रतिस्थापन, छ वटा निष्क्रिय र तीन जारी भएका छन् । हालसम्म दुई नियमावली, पाँच कार्यविधि, दुई आदेश र एक मापदण्ड खारेज भएको उहाँको भनाइ छ ।

Hardik health

प्रदेश सरकार सञ्चालन गर्न आवश्यक अधिकांश ऐन कानुन प्रदेश सरकारले निर्माण गरिसकेका अन्य कतिपय ऐन, अध्यादेश, विनियमावली निर्माणका क्रममा रहेको उहाँको भनाइ छ । पछिल्लो पटक शनिबार मात्रै प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्न भएको छ । प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८० सम्बन्धी विषयगत समितिमा छलफलका क्रममा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

यस्तै गत बिहीबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० को पहिलो संशोधन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण मापदण्ड २०८१ र खरको छानो मुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको थियो । यसबाहेक अन्य मन्त्रालयका धेरै विधेयक बनाउन सैद्धान्तिक सहमति पाइसकेको र निर्माणको चरणमा रहेको सचिव दर्जीको भनाइ छ । “मन्त्रालयका कानुनका विषयमा विज्ञहरुसँग छलफल र अन्तक्र्रिया चलिरहेको छ”, उनले भने, “कानुनका लागि सैद्धान्तिक सहमति मागेर अगाडि बढिरहेका छाैँ ।” सैद्धान्तिक सहमति पाएपछि कानुन निर्माणलाई प्राथमिकता दिने गरेको उनको भनाइ छ ।

नेपालको संविधान २०७२ को अनुसूची ७ मा प्रदेश सरकारको अधिकार कार्यान्वयन गर्ने अधिकांश कानुन बनाइसकेको प्रदेश सरकारले अब स्थानीय तहको कानुन निर्माणलाई तीव्रता दिने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले बताए ।   “संवैधानिक अधिकारभित्र रहेर प्रदेश कानुन निर्माण गर्‍यौँ, अझै गर्दै पनि छौँ”, मन्त्री श्रेष्ठले भने, “कानुन बाँझिनसक्ने भएकाले तीनै तहको सरकारसँग समन्वय गरेर कानुन बनाउने कार्य गरिरहेका छौँ, स्थानीय तहको कानुन सम्बन्धमा कानुन सचिवदेखि स्थानीय कानुनी सल्लाहकार, विज्ञहरु, मुख्य न्यायाधिवक्तासँग राय सुझाव मागेर अगाडि बढिरहेका छौँ, सङ्घीय सरकार र कानुन मन्त्रालयसँग पनि छलफल भइरहेको छ ।” समन्वय र सहकार्य गरेरै स्थानीय तहको कानुन बनाउन जुटे पनि अपेक्षाकृतरुपमा स्थानीय तहसँग समन्वय हुन नसक्दा यस्तो कानुन निर्माणमा ढिलाइ भएको मन्त्री श्रेष्ठको कथन छ । 


प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमाको ८० प्रतिशत घरमा धारा जडान
हिमाको ८० प्रतिशत घरमा धारा जडान आइतबार, कात्तिक ३०, २०८२
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन आइतबार, कात्तिक ३०, २०८२
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने आइतबार, कात्तिक ३०, २०८२
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह आइतबार, कात्तिक ३०, २०८२
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण आइतबार, कात्तिक ३०, २०८२
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि आइतबार, कात्तिक ३०, २०८२
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु
मच्छिमको तामा खानी उत्खननका लागि अध्ययन सुरु आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP