Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ
चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २८, २०८१

भैँसेगाउँ- धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–६ भैँसेगाउँका गुरुङ समुदाय होमस्टे (घरबास) र चौँरी घोडा नाचमार्फत पर्यटन प्रवद्र्धनमा जुटेका छन् । गोरखा जिल्लाको आरुघाट गाउँपालिका-४ आर्खेत बजारबाट सुरु हुने धादिङको गङ्गाजमुना गाउँपालिकास्थित ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’मा सो गाउँपालिकाको वडा नं ६ बसेरीमा भैँसेगाउँ छ । गुरुङ समुदायको बाहुल्यता रहेको भैँसेगाउँमा पर्यटन प्रवद्र्धन गर्न गङ्गाजमुना गाउँपालिकाले घरबास निर्माणको काम अगाडि बढाएको छ ।

गुरुङ जातिको एक सय ५० घरधुरी रहेको भैँसेगाउँमा बसोबास गर्ने धेरै स्थानीय नेपाल, भारत र बेलायती सेनामा कार्यरत छन् । आफ्नो जागिरे जीवनको अवकाशपछि गाउँमै केही गर्नुपर्छ भन्ने मान्यता बोकेका यहाँका गुरुङ समुदाय आफ्नो गाउँका विकासका लागि लागिपरेका छन् । गाउँपालिका– ६ का वडा सदस्य एवं भैँसे गाउँका स्थानीय धनबहादुर गुरुङले गाउँको पर्यटन विकासका लागि भैँसेगाउँ जुटेकोबताए । भैँसेगाउँमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई यहिँ उत्पादित स्थानीय खानेकुरा ख्वाइन्छ ।

गङ्गाजमुना गाउँपालिका-६ मा एक हजार ७६ घरधुरी छन् । जसमध्ये झण्डै चार सय घरधुरी गुरुङ समुदायको छ । गुरुङबाहेक यस गाउँमा ब्राम्हण, क्षेत्री, घले, नेवार, राईसमेत बसोबास गर्छन् । समुन्द्र सतहदेखि पाँच सय ५० मिटर उचाइमा अवस्थित आर्खेत बजारदेखि दुई हजार नौ सय २० मिटर उचाइमा रहेको तीनसुरे भ्यू प्वाइन्टसम्म यो वडा फैलिएको छ । प्राकृतिक सम्पदाले धनी रहेको यस वडामा सुन्दर हावापानी, जल, जङ्गल, बाक्लो बस्ती, खेतीयोग्य जमिन रहेको छ । गाउँपालिकाका पर्यटन विकास संयोजक एवं वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल घरबास र पुरानो चौँरी घोडा नाचमार्फत भैँसे गाउँ पर्यटन प्रवद्र्धनमा जुटिरहेकोबताए ।

Hardik health

“गङ्गाजमुना तीनसुरे पदमार्ग’मा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँको अग्र्यानिक खाद्यान्न र संस्कृतिमार्फत पर्यटन प्रवद्र्धन गर्नका लागि भैँसे गाउँ घरबास निर्माण गरेका हौँ”, पर्यटन संयोजक ढकालले भने। भैँसे गाउँमा नेपालकै सबैभन्दा पुरानो माने गुम्बासमेत छ । नेपालकै दोस्रो लामो झोलुङ्गे पुलले यस वडालाई छोएको छ । उक्त पुलको लम्बाइ चार सय २० मिटर र उचाइ तीन सय ५० मिटर रहेको छ । बसेरी फार्म हाउससमेत यस क्षेत्रको पर्यटक आकर्षण गर्ने अर्को गन्तव्य हो । यस फार्म हाउसमा स्थानीयस्तरमा उत्पादित खानेकुरा खान पाइन्छ । यस गाउँपालिकाभित्र भैँसे गाउँमा मात्र नाचिँदै आएको परम्परागत नाच ‘चौँरी घोडा नाच’ यहाँको आकर्षक नाच हो ।

तिब्बत र नेपालको युद्धपछि तिब्बतलाई नेपालले पराजित गरेपछि उक्त नाच नाच्न थालिएको इतिहास छ । उक्त नाच धादिङको रुविभ्यालीपछि भैँसे गाउँमा नाचिँदै आएको छ । उक्त नाचको संरक्षणमा स्थानीय सरकारले सहयोग गरेको गाउँपालिकाका वडासदस्य नवराज ढकालले जानकारी दिए । भैँसे होमस्टेदेखि गङ्गाजमुना तीनसुरे पदमार्ग हिले वन हुँदै बन्दीडाँडा पुगिन्छ । बन्दी डाँडाबाट अदुचेत खर्क, नाङ्गे चौरको वन, गोरखा र धादिङको साँधमा रहेको घुमाउने खोला, धरेन खर्क हुँदै समुन्द्र सतहदेखि दुई हजार नौ सय २० मिटर उचाइमा रहेको ‘तीनसुर भ्यू टावर’ पुग्न सकिन्छ । गङ्गाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले यहाँ भएका प्रकृति र संस्कृति सम्पदालाई जोगाउँदै सिङ्गो गङ्गाजमुनाको पर्यटन विकासका लागि गाउँपालिकाले काम गरिरहेकोबताए ।

“गङ्गाजमुनाले अगाडि बढाएको पाँच वटा गौरवको आयोजनामध्ये तीन वटा आयोजना पर्यटन क्षेत्रका छन्, गङ्गाजमुनाले पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएको छ”, उनले भने । गङ्गाजमुनाले वडा नं ६ मा रहेको भैँसे गाउँ र वडा नं ३ मा रहेको अम्बोटे गाउँमा होमस्टे सञ्चालन गरिरहेको छ । होमस्टेमार्फत पर्यटन प्रवद्र्धन गर्नु गाउँपालिकाको प्रमुख लक्ष्य भएको उनको भनाइ छ ।

यसगाउँपालिकाले चालू आर्थिक वर्षमा गाउँपालिकाभित्रको समग्र पर्यटन क्षेत्रको विकासका लागि रु एक करोडभन्दा बढी रकम विनियोजन गरेको छ । गङ्गाजमुना गाउँपालिकामा ब्राह्मणको भजन, नेवारको लाखे नाच, लामाको परम्परागत घोडा नाच, गुरुङको घाँटु नाच, मगर, राई, घलेलगायतका परम्परागत संस्कृति अनुभव गर्न पाइन्छ । 


प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दासढुंगादेखी– मुग्लिनसम्मको सडक सधैँ पहिरोको जोखिममा
दासढुंगादेखी– मुग्लिनसम्मको सडक सधैँ पहिरोको जोखिममा सोमबार, कात्तिक १७, २०८२
पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम
पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम सोमबार, कात्तिक १७, २०८२
एक लाख २८ हजार पर्यटक अक्टोबरमा नेपाल भित्रिए
एक लाख २८ हजार पर्यटक अक्टोबरमा नेपाल भित्रिए सोमबार, कात्तिक १७, २०८२
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा आइतबार, कात्तिक १६, २०८२
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’ आइतबार, कात्तिक १६, २०८२
मनास्लु पदमार्गमा आवातजावत खुला
मनास्लु पदमार्गमा आवातजावत खुला आइतबार, कात्तिक १६, २०८२
अवरुद्ध मुख्य सडकमा यातायात सञ्‍चालन
अवरुद्ध मुख्य सडकमा यातायात सञ्‍चालन आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP