Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #सामुदायिक विद्यालय
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #वादी समुदाय
  • #नागरिक लगानी कोष
  • #जग्गा हडप्ने
Search Here
समाचार
  • Home
  • समाचार
  • बुद्ध जयन्ती मनाउन मूल समारोह समिति गठन
बुद्ध जयन्ती मनाउन मूल समारोह समिति गठन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं - बौद्ध धर्मावलम्बीहरुको महान पर्व बुद्ध जयन्ती मनाउन क्षेत्र विकास समितिको आयोजनामा बुद्ध जयन्ती मूल समारोह समिति गठन भएको छ । सोमवार श्री बौद्धनाथ क्षेत्र विकास समितिको सभाहलमा भएको स्थानिय गुठी, संघसंस्था, सुरक्षा निकाय तथा समाजसेवी एवं वुद्धिजिवीहरुको भेलाले तामाङ्ग कल्याण गुठीको संयोजकत्वमा पर्व व्यवस्थापन मूल समारोह समिति बनाउने निर्णय गरेको हो ।

विक्रम संवत् २०८१ साल जेठ १० गते अर्थात वैशाख पूर्णिमा गौतम बुद्धको २५६८औं जन्म जयन्तीको दिनको अवसर पारेर मनाउन लागिएको जन्म जयन्ती भव्य र सभ्य बनाउने उद्धेश्यले मूल समारोह समिति निर्माण गरिएको क्षेत्र विकास समिति अध्यक्ष राजकुमार लामाले बताए । उनले सप्ताह ब्यापी रुपमा विविध कार्यक्रम गरि बुद्ध जयन्ती मनाउन लागिएको जानकारी गराए ।

दिवसको अवसरमा जेठ ५ गतेदेखि १० गतेसम्म विभिन्न कार्यक्रम हुनेछन् । बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिनलाई वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती र बौद्धमा दिवस भव्य रुपमा मनाउन लागिएको हाे । जेठ ५ गते शनिबार तामाङ कल्याण गुठीमा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता बिहान ८ बजेबाट गरिने छ । यस्तै , ६ गते आईतबार बौद्ध स्तुप परिसरमा बिहान ८ बजेबाट विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुनेछ ।

यसैगरी, जेठ ७ गते साेमबार बिहान ८ बजेबाट बौद्ध स्तूप परिसरमा कविता वाचन/ कवि गाेष्ठी कार्यक्रम सञ्चालन हुनेछ भने जेठ ८ गते मंगलबार बौद्ध स्तूप परिसरमै विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता बिहान ८ बजेबाट सुरू गरिने आयाेजकले जनाएको छ । जेठ ९ गते बुधबार भने बौद्ध धर्म र बौद्ध शिक्षा प्रवचन कार्यक्रम रहेकाे छ । यस्तै, जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन बौद्ध स्तूप परिसरमा बिहान ६ बजेदेखि शान्ति दाैड, प्रभातफेरि/ खिर वितरण बिहान ८ बजेबाट गरिने र औपचारिक कार्यक्रम बिहान ९ बजे रहेकाे आयाेजकले जनाएको छ ।

यसैगरी, दिउँसो तिनबजेदेखि बौद्ध स्तूप परिसर, बौद्ध पिपलबाेट, बौद्ध टुसाल हुदै ह्ययात हाेटल गेटसम्म शान्ति -याली गरिनेछ । वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ । काठमाडौँको बौद्ध, स्वयम्भूनाथ, चाबहिलमा रहेको चारुमति विहार लगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्ध लगायत स्थानमा उक्त दिन विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ । संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ । गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीले भगवान विष्णुका १० अवतार मध्ये एक अवतार मान्दछन्


प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP