Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #स्टार्टअप
  • #होण्डा
  • #स्याकार_कम्पनी
  • #लोक दोहोरी स्टार
Search Here
समाचार
  • Home
  • समाचार
  • सुनुवार सेवा समाज संघीय समितिको ३६औं वार्षिक उत्सव सम्पन्न 
सुनुवार सेवा समाज संघीय समितिको ३६औं वार्षिक उत्सव सम्पन्न 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २७, २०८१

काठमाडौं - सुनुवार सेवा समाज संघीय समितिको ३६औं स्थापना दिवस संघीय समितिको भवन कोटेश्वरमा भव्यताका सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यमा मंगलबार स्थापना दिवस सम्पन्न भएको हो ।

स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री तामाङले आदिवासी जनजातिको हक अधिकारका लागि नेपालको संविधान २०७२ संसारकै नमूना र जातजतिको हक अधिकारको लागि सुनिश्चित गरेको दावी गरे । मन्त्री तामाङले अझै पनि संविधान संशोधन गर्न मिल्ने ठाउँहरु प्रसस्तै रहेका हुनाले अपुरो रहेका जनजातिले प्राप्त गर्नुपर्ने हक अधिकार थप गर्न सकिने सम्बोधनका क्रममा बताए ।

मन्त्री तामाङले कार्यक्रमको सफलताको शुभकामना दिँदै जनजातिहरुको हक अधिकार सहित पहिचान र समनताको पक्षमा एक्येवद्धता जनाउने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले धेरै आदिवासी जनजातिहरुको संघ संस्थाहरु आन्तरिक द्वन्द्वमा रहेको र द्वन्द्वले गर्दा हामी अगाडि बढ्न नसकिएको बताए । त्यहि द्वन्द्वको कारण र अन्य वाह्य कुराहरु आयोगमा गुनासोहरु आउने गरेको समेत बताए । सहयोग गर्नुपर्यो भनेर कुनै पनि जातिय संघ संस्था आयो भने मात्रै आयोगले सहयोग गर्ने बताए ।

तथापि जनजातिको हक अधिकार र आफ्नो पहिचानको लागि लडाई गरेर पनि प्राप्तिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष जनक राईले जनजातिले बोलिने मातृभाषाहरु लोप हुँदै गएकोमा दुःख व्यक्त गर्दै भावी आउने पुस्ताले मातृभाषाको संम्बर्द्धनका निम्ति चुनौति रहेको उल्लेख गरे ।

Hardik health

त्यसका निम्ति वर्तमान भाषाविद्हरुले सचेतना अपनाई भाषा संरक्षणमा लाग्नुपर्ने सुझाए । सम्बोधनका क्रममा उपाध्यक्ष राईले प्रदेश नम्बर १ लाई पहिचानको आधारमा नामाकरण गर्नुपर्ने बताए । पूर्व माननीय तथा प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले ३६औं स्थापना दिवस मनाई रहँदा सुनुवार सेवा समाजले अनगिन्ति उकाली ओराली पार गर्दै सिमित स्रोत साधान र सिमित सुनुवार समुदायबीचबाट स्थापना भएको सुनुवार सेवा समाजलाई आज सबै जाति सबै भाषाभाषी र सिंगो देशले यो संस्था छ भनेर चिनेको र प्रत्येक सुनुवारले गर्व गर्नुपर्ने बताए । कुनै पनि संघसंस्था स्थापित गर्नको निम्ति ईमान्दारिता र निष्ठापूर्वक लागि पर्नुपर्ने बताउँदै सुनुवारले प्रथम अध्यक्षदेखि वर्तमान अध्यक्ष र पदाधिकारीहरुलाई युगिन अभिभारा पुरा गर्नका लागि शुभ कामना व्यक्त गरे ।  

संस्थाका वर्तमान अध्यक्ष अमृत बहादुर सुनुवारले २०४४ साल फागुन ९ गते देवी बहादुर सुनुवार हाँवालीको नेतृत्वमा तदर्थ समिति गठन गरि स्थापना भएको सुनुवार सेवा समाज अहिले ३६औं स्थापना दिवस मनाईरहँदा विभिन्न चरणहरु पार गर्दै संघीय संरचनासम्म आईपुग्दा विभिन्न स्थानीय स्तरमा वडा, गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेशमा सुनुवार सेवा समाज गठन गरिएको जानकारी गराए । कार्यक्रमको पहिलो उदघाटन समारोह समापन गर्दै अध्यक्ष अमृत सुनुवारले उपस्थित सम्पूर्ण सुनुवार दाजुभाइ, दिदीबहिनी, साधारण सदस्य, आजिवन सदस्य, जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि, पदाधिकारी सदस्य, पत्रकार लगायत अतिथिहरुलाई धन्यवाद व्यक्त गरे ।

स्थापना दिवस कार्यक्रममा आदिवासी जनजाति महासंघका महासविच दिवस राई, आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष अनुप चौधरी, सुनुवार सेवा समाजका संस्थापक प्रेम बहादुर सुनुवार "हाँवाली" सुनुवार सेवा समाजका पुर्व अध्यक्षद्वय मनप्रसाद सुनुवार र रणबीर सुनुवार, नेपाल सरकार उपसचिव तथा राष्ट्र सेवकका अध्यक्ष अमरदीप सुनुवार, होलिस्टिक हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष एलबी सुनुवारले संस्थाका बारेमा आफ्नो भनाई राख्दै शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा शैक्षिक तथा विभिन्न क्षेत्रमा अमुल्य योगदान गरेवापत लाल बहादुर (एलबी) मुखिया र भक्तमान सुनुवारलाई प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले सम्मान गरेका थिए भने संस्थाका सचिव रमेश सुनुवारले कार्यक्रम सञ्चालन गरेका थिए । 

दोस्रो सेसन बन्द सत्रः
सुनुवार सेवा समाजको दोस्रो सेसन बन्द सत्रमा संस्थाको विभिन्न गतिविधहरुलाई पदाधिकारी तथा प्रतिनिधिहरुले सर्वसम्मत पारित गरेको छ । संस्थाको गतिविधिहरु महासचिव उत्तमकुमार सुनुवार कोइँचबु काःतिचले प्रतिवेदन पढेर सुनाएका थिए भने कोषाध्यक्ष ज्योति सुनुवारले आर्थिक प्रतिवेदन तथा संस्थाको वार्षिक बजेट प्रतिवेदन पढेर सुनाएका थिए । सो प्रतिवेदनमाथि प्रतिनिधिको तर्फबाट निर्णायक समितिका प्रचण्ड सुनुवार (रामेछाप), ललित सुनुवार (भक्तपुर) र उन्नति सुनुवार (काठमाडौं) सहित उपस्थित सम्पूर्ण पदाधिकारी, प्रतिनिधि र पर्यवेक्षकहरुले ताली बजाएर सर्वसम्मत पारित गरिएको थियो ।
 


प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाँजबुझ आयोगसँग सशंकित प्रहरी
जाँजबुझ आयोगसँग सशंकित प्रहरी सोमबार, मंसिर १, २०८२
जाँजबुझ आयोगसँग सशंकित प्रहरी
जाँजबुझ आयोगसँग सशंकित प्रहरी सोमबार, मंसिर १, २०८२
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु सोमबार, मंसिर १, २०८२
हिमाको ८० प्रतिशत घरमा धारा जडान
हिमाको ८० प्रतिशत घरमा धारा जडान आइतबार, कात्तिक ३०, २०८२
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन आइतबार, कात्तिक ३०, २०८२
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने आइतबार, कात्तिक ३०, २०८२
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP