Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिपुलेक
  • #विदेसिनेको संख्या
  • #दक्षिण कोरिया
  • #घुँगीफोर गरुड
  • #विपद्का घटना
  • #यातायात
  • #रेमिट्यान्समा रेकर्ड
  • #संसद
  • #दुर्घटना
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • अपि हिमालको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना 
अपि हिमालको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २७, २०८१

काठमाडाैं -  सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल अपिहिमालको प्रर्वद्धनको लागि अपिहिमाल गाउँपालिकाको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड तथा युएनडिपिको सहकार्यमा संचालित जीविकोपार्जन पुनःरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी ) र अपिहिमाल गाउँपालिका दार्चुलाको  सहकार्यमा अपिहिमाल ४ मकरीगाड्मा सूचना केन्द्र निर्माण गरेको हो ।

api-point-1715244518.jpg

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड, एसटीएलआरपीका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरुको सहभागितामा हालै अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले सो सूचना केन्द्र तथा कोशेलीको उद्घाटन गर्नु भएको थियो । सो अवसरमा अपि हिमालको म्याप समेत विमोचन गरिएको थियो । यो सूचना केन्द्रले अपि हिमाल आधार शिविरसम्म ट्रेकिङ जाने पर्यटकलाई सूचना आदान प्रदान गर्ने तथा कोशलीघरको स्थानीय उत्पादनलाई बिक्रीवितरण गर्न सहयोग पुग्ने छ । 

api-trail1-1715244516.jpg
 

कैलालीको धनगढिबाट डोटी, डडेलधुरा, बैतडी हुँदै दार्चुलाको गोकुलेश्वर मकरीगाढसम्म डेढ दिनको गाडी यात्रा र मकरीगाडसम्म नौपाटा, सिटी होमस्टे, धौली ओडार हुँदै पाँचौ दिनमा अपिहिमाल वेसक्यापमा पुग्न सकिन्छ । त्यहाँबाट तीन दिनमा पुनः धनगढि फर्कन सकिन्छ । सो अवसरमा बोल्दै पालिका अध्यक्ष बोहराले सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमाल अपिहिमाल वेस क्याम्पसम्म जान विभिन्न पूर्वाधार बनिरहेको जानकारी दिँदै सूचना केन्द्र निर्माण तथा कोशेलीघर निर्माणले यस क्षेत्रमा आउने पर्यटकलाई सूचना प्रदान गर्न तथा सो क्षेत्रको उत्पादन प्रर्वद्धन गर्न सहयोग पुग्ने बताएका छन् । 

Hardik health

api-map-1715244510.jpgअपिहिमाल गाउँपालिकामा अपि संगै नाम्पा,कापाचुली, जेठिबहुरानी लगायतका थुपैं हिमालहरु रहेकोले यस क्षेत्रमा पर्यतीय पर्यटनको व्यापक सम्भावना रहेको समेत अध्यक्ष बोहराले बताएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत गुणराज भट्टराइले अपिहिमाल प्रर्वद्धन गर्न सक्दा यसले सुदूरपश्चिम क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिने बताए ।  नेपाल पर्यटन बोर्डका अधिृकत प्रदीप बस्नेतले सूचना केन्द्र स्थापनासंगै अपि हिमाल टे्रकिङ शुरु हुँदा  यस क्षेत्रमा पर्यटक आगमन बढ्ने उल्लेख गर्दै पर्यटन बोर्ड यस क्षेत्रको प्रर्वद्धनमा लाग्ने बताए । 

apia-1715244515.jpg
एसटिएलआरपी परियोजनाका निमित्त प्रवन्धक धर्म दवाडीले परियोजनाले पालिकासंगको सहकार्यमा सूचना केन्द्र तथा कोशेलीघर निर्माण मकरीगाड देखि अपिहिमाल वेशसक्याम्प्सम्म विभिन्न स्थानमा काठेपुल निर्माण ,पर्यटक सूचना बोर्ड,फोहरमैला व्यबस्थापन लगायतका कार्य गरेको बताए ।  नाटाका सुदूरपश्चिम अध्यक्ष पदम विक्रम सिंहले सुदूर पश्चिममा पर्यटनको व्यापक सम्भावना रहेकोमा अपि हिमाल टे्रकिङले नयाँ पर्यटकीय प्रडक्ट थपिएको बताउँदै व्यवसायीहरु यसको प्रर्वद्धनमा लाग्ने बताए । 

api-trail-1715244512.jpg
 

होटल व्यवसायी सघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेले यो टे्रकिङ रुट आर्कषक रहेकोले आन्तकि तथा बाह्य पर्यटक भित्र्याउन सकिने पर्याप्त सम्भावना रहेको बताए ।सूचना केन्द्र उद्घाटन संगै वैशाख २२ गते देखि २६ गतेसम्म पर्यटन मन्त्रालयका प्रतिनिधी, स्थानीय जनप्रतिनिधी, प्रहरी तथा पर्यटन व्यवसायीहरु सम्मिलित टोलीले अपिहिमाल बेस क्याम्पसम्मको टे्रकिङ यात्रा सम्पन्न गरेको अपिहिमाल ५ का वडाध्यक्ष राजेन्द्र सिंह धामीले जानकारी दिए । 

api-himal-1715244510.jpg
कसरी जाने त अपि  हिमाल
चमेलीया नदीको मुहान समेत रहेको अपि हिमाल अपि बेस क्याम्प जान काठमाण्डौबाट धनगढीसम्मको हवाई तथा अत्तरियाबाट अपिहिमाल गाउँपालिकाको मकरीगाडसम्म २७१ किमी मोटरबाटोको यात्रा गर्न सकिन्छ । मकरीमाडदेखि बेस क्याम्पसम्म २ दिन पैदल यात्रा गर्नुपर्छ । मकरीगाडदेखि अपिहिमाल गाउँपालिकाको वडा नं ४ खण्डेश्वरीबाट र वडा नं २ बला हुँदै बेस क्याम्प जान सकिन्छ । बाटोमा वडा नं ४ को नौपाटा र वडा नं २ को सितिमा होम स्टेको व्यवस्था छ । बेस क्याम्प जाँदा सिमार र धौलीओडारमा पर्यटकलाई आराम गर्न आश्रय भवनको समेत व्यवस्था गरिएको छ ।


प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:३५
#अपि_हिमाल
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
‘लोमान्थाङ सङ्ग्रहालय स्थापना’
‘लोमान्थाङ सङ्ग्रहालय स्थापना’ बुधबार, भदौ ४, २०८२
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश शनिबार, साउन ३१, २०८२
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा आइतबार, साउन १८, २०८२
जुलाईमा भित्रिए ७० हजार अन्तर्राष्ट्रिय पर्यटक, ७महिनामा ६ लाख ४७ हजार
जुलाईमा भित्रिए ७० हजार अन्तर्राष्ट्रिय पर्यटक, ७महिनामा ६ लाख ४७ हजार शनिबार, साउन १७, २०८२
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध बिहीबार, साउन १५, २०८२
राष्ट्रिय पर्यटन परिषद्को पहिलो बैठक : आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने
राष्ट्रिय पर्यटन परिषद्को पहिलो बैठक : आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने बिहीबार, साउन १५, २०८२
पोखरा साहसिक पर्यटनको हबः परराष्ट्रमन्त्री देउवा
पोखरा साहसिक पर्यटनको हबः परराष्ट्रमन्त्री देउवा बुधबार, साउन १४, २०८२
लोकप्रिय
  • Week
  • Month
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP