Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • अपि हिमालको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना 
अपि हिमालको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २७, २०८१

काठमाडाैं -  सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल अपिहिमालको प्रर्वद्धनको लागि अपिहिमाल गाउँपालिकाको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड तथा युएनडिपिको सहकार्यमा संचालित जीविकोपार्जन पुनःरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी ) र अपिहिमाल गाउँपालिका दार्चुलाको  सहकार्यमा अपिहिमाल ४ मकरीगाड्मा सूचना केन्द्र निर्माण गरेको हो ।

api-point-1715244518.jpg

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड, एसटीएलआरपीका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरुको सहभागितामा हालै अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले सो सूचना केन्द्र तथा कोशेलीको उद्घाटन गर्नु भएको थियो । सो अवसरमा अपि हिमालको म्याप समेत विमोचन गरिएको थियो । यो सूचना केन्द्रले अपि हिमाल आधार शिविरसम्म ट्रेकिङ जाने पर्यटकलाई सूचना आदान प्रदान गर्ने तथा कोशलीघरको स्थानीय उत्पादनलाई बिक्रीवितरण गर्न सहयोग पुग्ने छ । 

api-trail1-1715244516.jpg
 

कैलालीको धनगढिबाट डोटी, डडेलधुरा, बैतडी हुँदै दार्चुलाको गोकुलेश्वर मकरीगाढसम्म डेढ दिनको गाडी यात्रा र मकरीगाडसम्म नौपाटा, सिटी होमस्टे, धौली ओडार हुँदै पाँचौ दिनमा अपिहिमाल वेसक्यापमा पुग्न सकिन्छ । त्यहाँबाट तीन दिनमा पुनः धनगढि फर्कन सकिन्छ । सो अवसरमा बोल्दै पालिका अध्यक्ष बोहराले सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमाल अपिहिमाल वेस क्याम्पसम्म जान विभिन्न पूर्वाधार बनिरहेको जानकारी दिँदै सूचना केन्द्र निर्माण तथा कोशेलीघर निर्माणले यस क्षेत्रमा आउने पर्यटकलाई सूचना प्रदान गर्न तथा सो क्षेत्रको उत्पादन प्रर्वद्धन गर्न सहयोग पुग्ने बताएका छन् । 

Hardik health

api-map-1715244510.jpgअपिहिमाल गाउँपालिकामा अपि संगै नाम्पा,कापाचुली, जेठिबहुरानी लगायतका थुपैं हिमालहरु रहेकोले यस क्षेत्रमा पर्यतीय पर्यटनको व्यापक सम्भावना रहेको समेत अध्यक्ष बोहराले बताएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत गुणराज भट्टराइले अपिहिमाल प्रर्वद्धन गर्न सक्दा यसले सुदूरपश्चिम क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिने बताए ।  नेपाल पर्यटन बोर्डका अधिृकत प्रदीप बस्नेतले सूचना केन्द्र स्थापनासंगै अपि हिमाल टे्रकिङ शुरु हुँदा  यस क्षेत्रमा पर्यटक आगमन बढ्ने उल्लेख गर्दै पर्यटन बोर्ड यस क्षेत्रको प्रर्वद्धनमा लाग्ने बताए । 

apia-1715244515.jpg
एसटिएलआरपी परियोजनाका निमित्त प्रवन्धक धर्म दवाडीले परियोजनाले पालिकासंगको सहकार्यमा सूचना केन्द्र तथा कोशेलीघर निर्माण मकरीगाड देखि अपिहिमाल वेशसक्याम्प्सम्म विभिन्न स्थानमा काठेपुल निर्माण ,पर्यटक सूचना बोर्ड,फोहरमैला व्यबस्थापन लगायतका कार्य गरेको बताए ।  नाटाका सुदूरपश्चिम अध्यक्ष पदम विक्रम सिंहले सुदूर पश्चिममा पर्यटनको व्यापक सम्भावना रहेकोमा अपि हिमाल टे्रकिङले नयाँ पर्यटकीय प्रडक्ट थपिएको बताउँदै व्यवसायीहरु यसको प्रर्वद्धनमा लाग्ने बताए । 

api-trail-1715244512.jpg
 

होटल व्यवसायी सघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेले यो टे्रकिङ रुट आर्कषक रहेकोले आन्तकि तथा बाह्य पर्यटक भित्र्याउन सकिने पर्याप्त सम्भावना रहेको बताए ।सूचना केन्द्र उद्घाटन संगै वैशाख २२ गते देखि २६ गतेसम्म पर्यटन मन्त्रालयका प्रतिनिधी, स्थानीय जनप्रतिनिधी, प्रहरी तथा पर्यटन व्यवसायीहरु सम्मिलित टोलीले अपिहिमाल बेस क्याम्पसम्मको टे्रकिङ यात्रा सम्पन्न गरेको अपिहिमाल ५ का वडाध्यक्ष राजेन्द्र सिंह धामीले जानकारी दिए । 

api-himal-1715244510.jpg
कसरी जाने त अपि  हिमाल
चमेलीया नदीको मुहान समेत रहेको अपि हिमाल अपि बेस क्याम्प जान काठमाण्डौबाट धनगढीसम्मको हवाई तथा अत्तरियाबाट अपिहिमाल गाउँपालिकाको मकरीगाडसम्म २७१ किमी मोटरबाटोको यात्रा गर्न सकिन्छ । मकरीमाडदेखि बेस क्याम्पसम्म २ दिन पैदल यात्रा गर्नुपर्छ । मकरीगाडदेखि अपिहिमाल गाउँपालिकाको वडा नं ४ खण्डेश्वरीबाट र वडा नं २ बला हुँदै बेस क्याम्प जान सकिन्छ । बाटोमा वडा नं ४ को नौपाटा र वडा नं २ को सितिमा होम स्टेको व्यवस्था छ । बेस क्याम्प जाँदा सिमार र धौलीओडारमा पर्यटकलाई आराम गर्न आश्रय भवनको समेत व्यवस्था गरिएको छ ।


प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:३५
#अपि_हिमाल
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन आइतबार, चैत १, २०८२
धार्मिक महत्वको लुङबुक गुफा
धार्मिक महत्वको लुङबुक गुफा आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP