Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कोशीमा सरकार गठनका लागि आह्वान
फेरि उपधारा ५ कै ‘ट्रायल’  कोशीमा सरकार गठनका लागि आह्वान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २७, २०८१

काठमाडौं– कोशीका प्रदेश प्रमुख परशुराम खापुङले सत्ता गठबन्धन दलहरूको चाहनाअनुसार सरकार गठन आह्वान गरेका छन् । महान्यायाधिवक्ता दीनमणि पोखरेलको रायको आधारमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम सरकार गठनका लागि यही वैशाख २८ गते अपराह्न ५ बजेभित्र दाबी पेस गर्न बुधबार राति आह्वान गरेका हुन् । यस आधारमा सरकार गठन गर्न एमाले–माओवादी अघि बढ्ने भएका छन् । मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी प्रस्तुत गर्ने एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । 

एमाले–माओवादीबीच एमाले संसदीय दलका नेता माननीय हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा अघि सार्ने समझदारी यसअघि नै भइसकेको छ,’ उनले प्रभावसँग भने, ‘अब प्रदेश प्रमुखले आह्वान गरेको अवधिसम्ममा मुख्यमन्त्रीमा दाबी हुन्छ ।’बुधबार नै एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएका कारण पदमुक्त भइसकेको भन्दै अर्को सरकार गठनको आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख खापुङलाई निवेदन दिएका थिए । त्यसपछि खापुङले प्रधानमन्त्री पुष्पकमल दाहालका कानुनी सल्लाहकार महान्यायाधिवक्ता पोखरेलसँग राय मागेका थिए । पोखरेलले दिएकै रायको आधारमा खापुङले उपधारा (५) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्दै समय दिएका हुन् । 

यसविरुद्ध नेपाली कांग्रेस भने सर्वोच्च अदालतमा जाने भएको छ । कांग्रेसका केदार कार्की यसअघि संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री भएकोमा फेरि सोही उपधारा अनुसार सरकार गठनको आह्वान भएपछि त्यसविरुद्ध कांग्रेस कानुनी चुनौती दिन सर्वोच्च जाने भएको हो । कांग्रेसले यसलाई असंवैधानिक भनेको छ । 

कांग्रेस कोशी प्रदेश संसदीय दलका सचेतक गोपाल तामाङले प्रदेश प्रमुख खापुङले सरकार गठन आह्वान असंवैधानिक ढंगले गरेको बताए । यसविरुद्ध कानुनी र राजनीतिक दुवै चुनौती दिनुपर्ने तामाङले बताए । ‘सरकार गठनको जम्मा चार आधार छन् । संविधानको धारा १६८ को उपधारा १, २, ३ र ५ । क्रमशः यी चारवटै सरकार गठनको आधारहरूको प्रयोग भइसक्यो,’ उनले भने, ‘तर, फेरि यहाँ सोही उपधारा ५ को सरकार गठन गर्न आह्वान भयो । यो सरासर गलत हो ।’गत २६ चैतमा एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए । यसपछि यही २५ वैशाखको राति १२ बजेसम्ममा विश्वासको मत लिनुपर्ने थियो । तर, मुख्यमन्त्री कार्कीले लिएनन् । राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त पनि गरेनन् । 

Hardik health

यसपछि कार्की सरकार कामचलाउमा परिणत भएको भन्दै एमाले–माओवादीले छिटो सरकार गठन गर्न बुधबार माग गरेका हुन् । त्यसबेला खापुङले संविधान, कानुन र विगतका अभ्यास हेरेर यस विषयमा निर्णय गर्ने जवाफ दिएका थिए । यसपछि एमाले र माओवादीले आफना सांसदलाई विराटनगर नछाड्न निर्देशन दिएका छन् । बुधबार नै कामचलाउ मुख्यमन्त्री कार्कीले प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख खापुुङलाई पुनः पत्र पठाएका थिए । 

यसअघि गत २६ चैतको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको पाचौं अधिवेशन आगामी ११ जेठमा बोलाउने निर्णय गरी पत्र पठाएकामा हालसम्म नबोलाइएको भन्दै मुख्यमन्त्री कार्कीले अर्कोपटक पठाएका हुन् । बुधबार नै बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले ११ जेठमा अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । प्रि–बजेट छलफललगायत महŒवपूर्ण विषयमा छलफल गर्ने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाउने मन्त्रिपरिषद्को निर्णय भएको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई पत्र पठाएका हुन् ।

कार्कीको पत्र लिएर प्रदेश प्रमुख खापुङकहाँ मन्त्रीहरू शमशेर राई, कमल जबेगु, प्रदीप सुनुवारलगायत गएका थिए । तर, कार्कीको आग्रह खापुङले सुनेनन् । बरु, उपधारा (५) अनुसार सरकार गठनको आह्वान गरे । जसअनुसार अब एमालेका हिम्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका हुन् । बहुमत सांसदको समर्थनसहित दाबी पेस गरे उनी संसद्को एउटै कार्यकालमा तेस्रोपटक मुख्यमन्त्री हुने छन् ।यसअघि उनी २०७९ पुस २५ गते पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । तर, २०८० असार १५ गते विश्वासको मत लिन नसक्दा सरकार ढलेको थियो । त्यसपछि दुईपटक कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भए । सर्वोच्च अदालतले उनको पदलाई वैधानिकता दिएन ।

यसपछि संविधानको धारा १६८ (३) अनुसार कार्की २०८० भदौ २२ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । पुनः विश्वासको मत लिने आधार नभएपछि उनले असोज २० गते राजीनामा दिए । यससँगै संविधानको धारा १६८ को उपधारा ५ मा टेकेर असोज २७ मा कार्की मुख्यमन्त्री नियुक्त भए । उनलाई दिएको समर्थन गत २६ चैतमा एमाले र माओवादी केन्द्रले फिर्ता लिए । यसपछि उनले विश्वासको मत लिएनन् । राजीनामा पनि दिएनन् । यससँगै नयाँ सरकार गठनको आह्वान बुधबार राति भएको हो । 

तर, कतिपय संविधानका जानकारहरूका अनुसार भने उपधारा ५ पछि सरकार गठनको अन्य प्रावधान छैन । यसपछि त सीधै उपधारा ७ अनुसार सरकार कामचलाउ हुने र मध्यावधि निर्वाचनको मिति घोषणा गर्नुपर्ने हुन्छ । यसविपरीत प्रदेश प्रमुखले कदम चालेको अर्थमा एकथरी संविधानका जानकारहरूको मत छ । तर, अर्काथरीको मतचाहिँ संसद्मा सरकार गठनको सम्भावना हुञ्जेल सरकार गठन गर्नुपर्ने भन्ने सर्वोच्चले यसअघि व्याख्या गरेको बताउँछन् । त्यही भएर कोशीको हकमा सरकार गठनका लागि उपधारा (५) को फेरि ‘ट्रायल’ (परीक्षण) गर्नुपरेको मत राखेका छन् ।
 


प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०९:३३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन मंगलबार, कात्तिक ११, २०८२
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु मंगलबार, कात्तिक ११, २०८२
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा मंगलबार, कात्तिक ११, २०८२
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै मंगलबार, कात्तिक ११, २०८२
एमाले सचिवालय बैठक शनिबार बस्ने
एमाले सचिवालय बैठक शनिबार बस्ने मंगलबार, कात्तिक ११, २०८२
बागमती प्रदेशमा मन्त्रालयको सख्या १४ बाट सातमा झार्ने तयारी
बागमती प्रदेशमा मन्त्रालयको सख्या १४ बाट सातमा झार्ने तयारी मंगलबार, कात्तिक ११, २०८२
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ? सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP