Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #स्टार्टअप
  • #होण्डा
  • #स्याकार_कम्पनी
  • #लोक दोहोरी स्टार
Search Here
समाचार
  • Home
  • समाचार
  • बुद्धशान्तिका किसान बायोग्यासतर्फ आकर्षित
बुद्धशान्तिका किसान बायोग्यासतर्फ आकर्षित
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २५, २०८१

सुरुङ्गा - बुद्धशान्ति गाउँपालिकामा बायोग्यास प्रयोगकर्ता बढेका छन् । किसानका लागि वडाले अनुदान कार्यक्रम ल्याएपछि पशुपालक किसानले बायोग्यासको प्रयोग बढाएका हुन् ।  बुद्धशान्ति गाउँपालिका–१ मा यो कार्यक्रम लागू भएसँगै बायोग्यास प्रयोगकर्ता बढेको वडाध्यक्ष अनिल वाग्लेले बताए ।

वडाको दीर्घकालीन योजनाअन्तर्गत किसानलाई रु १० हजार अनुदान दिएपछि आर्थिक वर्ष २०८०/८१ मा बायोग्यास जडान गर्न किसान आकर्षित भएका हुन् । बुद्धशान्ति वडा नं १ ले पशुपालनका लागि किसानलाई प्रोत्साहन गर्दै ऊर्जाका लागि हुँदै आएको खर्च कटौती पनि हुने र २० वर्षमाथि टिकाउ हुने गोबरग्यास निर्माणमा प्रतिप्लान्ट रु १० हजार अनुदान सहयोग गरेको हो । 

पशुपालक किसानलाई सुविधा होस् भनेर वडाले गाईभैँसीको ‘एआई’ सेवामा सहुलियत दिएको वडाध्यक्ष वाग्लेले बताए  । कृत्रिम गर्भाधान सेवामा किसानको रु एक सय र बाँकी रु तीन सय वडाले सहुलियत दिइरहेको वडाध्यक्ष वाग्लेले बताए । वडा कार्यालयको अनुदान रकमको व्यवस्थापन, लोक कल्याण बायोग्यास कम्पनी र मुनाल बायोग्यास कम्पनीसँगको सहकार्यमा वडा नं १ का २९ घरमा गोबरग्यास प्लान्ट स्थापना गरिएका छन् । एक परिवार बराबर वार्षिक रूपमा रु २० देखि ३० हजारको ग्यास खपत हुने गरेको बताइएको छ । 

Hardik health

किसानको मागलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षमा पनि अनुदानको व्यवस्था गरिने वडाध्यक्ष वाग्लेले बताए । घरघरमा बायोग्यास जडान गरिएसँगै सिलिण्डरको ग्यास खपत घट्ने मुनाल बायोग्यास कम्पनीका महाप्रबन्धक श्याम खनालले बताउनुहुन्छ । बायोग्यास प्रयोगमा किसानलाई दोहोरो फाइदा हुने बताउँदै उनले भने, “बायोग्यास प्रयोग गर्दा बिनालगानी लामो समयसम्म ग्यास प्रयोग गर्न सकिने र गोबरबाट कम्पोष्ट मल बनाउन सकिने हुँदा किसानलाई दोहोरो फाइदा हुन्छ ।” 

विश्वमा बढ्दै गएको ऊर्जा सङ्कटलाई सम्बोधन गर्न बायोग्यास प्लान्टको भूमिका महत्त्वपूर्ण हुने देखिएको छ । कार्बन उत्सर्जनमा समेत सहयोग गर्ने बायोग्यासमा मिथेन ग्यास खपत भई मलका लागि आवश्यक सम्पूर्ण तत्व यथावत रहने हुँदा किसानलाई फाइदा पुग्ने नेपाल बायोग्यास प्रवर्द्धन सङ्घ कोशी प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले बताए । 

लोक कल्याण बायोग्यास कम्पनी, मुनाल बायोग्यास कम्पनी तथा वडा कार्यलय र उपभोक्ताको त्रिपक्षीय कार्यक्रमअन्तर्गत कुल रु २१ लाख २४ हजारको लागतमा २९ घरमा बायोग्यास स्थापना भइरहेका छन् ।  गोबरग्यास प्लान्ट स्थापना गर्न वडा कार्यालयको सहयोगबाट राहत पुगेको बताउँदै समय र पैसा बचत भएको मात्र होइन सङ्कटमा समेत सहज हुने स्थानीय पदम भुर्तेलले बताए । वडाले राम्रो काम गरेकाले यस कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए। 


प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाँजबुझ आयोगसँग सशंकित प्रहरी
जाँजबुझ आयोगसँग सशंकित प्रहरी सोमबार, मंसिर १, २०८२
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु सोमबार, मंसिर १, २०८२
हिमाको ८० प्रतिशत घरमा धारा जडान
हिमाको ८० प्रतिशत घरमा धारा जडान आइतबार, कात्तिक ३०, २०८२
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन आइतबार, कात्तिक ३०, २०८२
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने आइतबार, कात्तिक ३०, २०८२
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह
हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह आइतबार, कात्तिक ३०, २०८२
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP