Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पार्टी फुटाएर फेरि अध्यक्ष
अशोक राईको उतारचडाव पार्टी फुटाएर फेरि अध्यक्ष
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २५, २०८१
सोमबार निर्वाचन आयोगमा नयाँ दल ‘जनता समाजवादी’ दर्ताको प्रमाणपत्र लिँदै उक्त पार्टीका अध्यक्ष अशोक राई । तस्बिरः सामाजिक सञ्जालबाट
  • जातीय पहिचानको मुद्दा उठाएर २०६९ असोज १८ गते नेकपा एमाले छाडेर नयाँ पार्टीको अध्यक्ष बनेका राई फेरि पार्टी फोडेर अध्यक्ष बनेका छन्
  • जसपा नेपाल फुटाएर नयाँ दल जनता समाजवादी दर्ता, आयोगले दियो स्वीकृति
  • एमाले छाडेपछि गत निर्वाचनमा एमालेकै निगाहमा सांसद र मन्त्री बनेका उनी माउ पार्टीमा फर्कने चर्चा


काठमाडौं– २०६९ असोज १८ गतेसम्म नेकपा एमालेका उपाध्यक्ष थिए, अशोक राई । पार्टीमा सुवास नेम्बाङ समूहको पेलान सहन नसकेर एमाले छाड्दा अशोकलाई अजम्बर काङबाङ, विजय सुब्बा, रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठलगायतले साथ दिएका थिए ।

२०६९ मंसिर ७ गते संघीय समाजवादी पार्टी स्थापना गर्दा वीरबहादुर लामा, महेश चौधरी, रिजवान अन्सारी, पे्रमकृष्ण पाठक, पासाङ शेर्पालगायत थिए । ती नेताहरुको साथ पाएर राई अध्यक्ष भए । त्यतिबेला राईको साथमा लागेका नेताहरु अहिले कोही माउ पार्टीमा फर्केका छन् भने कोही तितरवितर भइसकेका छन् । अशोकले २०७४ को निर्वाचनअघि आफ्नो दल उपेन्द्र यादवको मधेसी जनाधिकार फोरमसँग मिसाए । पार्टीको नाम संघीय समाजवादी फोरम रह्यो । राई वरिष्ठ नेता बने । 

जातीय पहिचानको मुद्दा बोकेर एमाले छाडेका संघीय समाजवादी पार्टी गठन गरेका राई २०७० सालमा संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित भए । उपेन्द्रसँग ०७४ मा नेपाली कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार भएका उनी आफ्नै राजनीतिक चेला जयकुमार राईसँग पराजित भएका थिए । उनै अशोक गत निर्वाचनमा एमालेको मत पाएर सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । त्यसपछि राईको सत्तामासमेत ‘कमब्याक’ भयो ।

उनै राई आठ वर्षपछि फेरि पार्टी फुटाएर अध्यक्ष बनेका छन् । आइतबार निर्वाचन आयोगमा दर्ता निवेदन परे पनि सोमबारमात्र दल दर्ता स्वीकृत भएको हो । आयोगको सोमबार बसेको बैठकले उक्त दल दर्तासम्बन्धी निर्णय गरेको सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

Hardik health

आइतबार जनता समाजवादी पार्टी (जसपा) नेपालका सात जना संघीय सांसदले नयाँ दल दर्ताको निवेदन आयोगमा दर्ता गरेका थिए । ‘नेपालको संविधान २०७२, राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४, तथा प्रचलित संघीय कानुनबमोजिमा प्रावधान पालना गर्ने सर्तमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको छ,’ पाण्डेयले भने । नयाँ दर्ता भएको दलको नाम संक्षिप्तमा जनता समाजवादी र अंग्रेजीमा ‘पिपुल्स सोसलिस्ट पार्टी’ (पिपुल्स सोसलिस्ट) रहेको छ ।

आयोगको सोमबारको बैठकले जनता समाजवादी पार्टीले पेस गरेको विधान अभिलेख गर्ने र उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिनेसमेत निर्णय गरेको हो । त्यसैगरी, संघीय संसद् सचिवालय, सबै प्रदेशसभा सचिवालय र सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई दल दर्ताको जानकारी दिने निर्णय आयोगले गरेको पाण्डेयले जानकारी दिए । पार्टी फुटेपछि अमेरिकाबाट नेपाल फर्कंदै गरेका जसपा नेपालका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले कतारबाटै मंगलबारका लागि संसदीय दलको बैठक डाकेका छन् ।

अशोक राईको नेतृत्वमा जसपा नेपालका सातजना सांसदले नयाँ दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएको थियो । राईसँगै संघीय सांसदहरु वीरेन्द्र महतो, प्रदीप यादव, सुशीला श्रेष्ठ, हसिना खातुन, रञ्जु ठाकुर र नवलकिशोर साह सुडी नयाँ दर्ता भएको दलमा छन् ।

एमालेमा भित्रन तयार !
सात सांसदसहित पार्टी फोडेका अशोक राई नेकपा एमालेमा भित्रने तयारीमा रहेको उनीनिकट नेताहरु बताउँछन् । एमालेका उपाध्यक्ष सुवास नेम्बाङको निधनपछि पूर्वमा अनुभवी जनजाति नेताको अभाव खट्किएकाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई सहजै पार्टीमा भित्र्याउने ती नेताको भनाइ रह्यो । ‘पूर्वमा अहिले एमालेसँग जातीय मत सन्तुलनमा राख्ने अनुभवी नेता छैन ।

त्यसले अशोक राईलाई पार्टीमा भित्रयाउने तयारी छ,’ ती नेताले भने । अशोकलाई एमाले भित्र्याएसँगै एकीकृत समाजवादी पार्टी फुटाएर एमाले पहिलो दल बन्ने दाउमासमेत ओली लागेको बताइएको छ । अहिले एमाले ७८ सांसदसहित प्रतिनिधिसभामा दोस्रो दल रहेको छ । अशोकको दलको सात सांसद जोड्दा ८५ पुग्ने र एकीकृत समाजवादीका कम्तीमा छ सांसद आए ९१ सांसद पुग्ने छ । प्रतिनिधिसभामा अहिले ८८ सिटसहित कांग्रेस पहिलो दल रहेको छ ।


 


प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन मंगलबार, कात्तिक ११, २०८२
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु मंगलबार, कात्तिक ११, २०८२
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा मंगलबार, कात्तिक ११, २०८२
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै मंगलबार, कात्तिक ११, २०८२
एमाले सचिवालय बैठक शनिबार बस्ने
एमाले सचिवालय बैठक शनिबार बस्ने मंगलबार, कात्तिक ११, २०८२
बागमती प्रदेशमा मन्त्रालयको सख्या १४ बाट सातमा झार्ने तयारी
बागमती प्रदेशमा मन्त्रालयको सख्या १४ बाट सातमा झार्ने तयारी मंगलबार, कात्तिक ११, २०८२
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ? सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP