Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायन हुँदै
सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायन हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २४, २०८१

काठमाडौं -  होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै श्रमिकहरू पलायनहुन बाध्य भएको सरोकारवालाहरूले बताएका छन् । नेपालका होटेल तथा पर्यटन क्षेत्रमा श्रमिकहरूको सेवा शुल्क, रोजगारीको सुरक्षा तथा क्षेत्रगत सामूहिक सौदाबाजी विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले नेपालको होटेल तथा पर्यटन श्रमिक  पलायनको अवस्थामा पुगेको बताएका हुन् ।

सेवा शुल्क कानुनी रूपमा प्राप्तिको निम्ति राष्ट्रिय स्तरका तिन वटा ट्रेड युनियनहरू  नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघ, अखिल नेपाल होटेल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ र नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनद्वारा आयोजित उक्त कार्यक्रममा सर्वोच्चको संवैधानिक इजलासको निर्णयले नेपालमा होटेल तथा पर्यटन मजदुरलाई ठुलो मार परेको उनीहरूले बताएका हुन् ।

सेवा शुल्क लिँदा उपभोक्ता ठगिएको भन्ने व्याख्या गरियो तर अहिले होटेल तथा पर्यटन व्यवसायीले मेनुमा नै थप शुल्क लिएर श्रमिकहरूलाई भने वास्ता नगर्दा देश भरका लाखौँ मजदुरहरूको रोजी रोटीमा भने हानी पुगेको कसैले वास्ता नगरेको कार्यक्रममा उपस्थित सरोकारवालाहरूले बताएका थिए ।

होटेल तथा पर्यटन क्षेत्रमा सेवा शुल्क विश्व भर नै प्रचलनमा रहेको छ, नेपालमा पनि यो १५ महिना अघि सम्म थियो हाल पनि नेपाल विद्युत् प्राधिकरण टेलिकम लगायत इन्टरनेट प्रदायक देखि विभिन्न क्षेत्रले सेवा शुल्क उठाउँदै आएका छन् तर नेपालको उदयमान व्यवसाय होटेल तथा पर्यटनमा भने सेवा शुल्कको लिन नपाउने निर्णयले सम्पूर्ण व्यवसाय नै धरापमा पुगेको नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक सङ्घका अध्यक्ष खेमराज खड्काले बताए । 

Hardik health

उनका अनुसार नेपालको होटेल तथा पर्यटन व्यवसायमा काम गर्ने श्रमिक सेवा शुल्क नपाउने भएपछि विदेश पलायनको अवस्थामा पुगेको बताउँदै यस्तै अवस्था हुने हो भने नेपालको होटेल तथा पर्यटन व्यवसाय नै धरापमा पुग्ने बताए । यसको अन्तको लागि सांसदबाट नै सर्भिस चार्ज अर्थात् सेवा शुल्क लिन पाउने कानुन बनाई पारित गराउन सबै श्रमिक एक हुनु पर्ने उनको धारण रहेको थियो ।

श्रम ऐन २०७४ को दफा १०(क) र श्रम नियमावली २०७५ को नियम ३ बमोजिम नियमित रोजगारी भनिन्छ भनी परिभाषित गरेको अवस्थामा कोभिड १९ पछाडि होटेल क्षेत्रमा करार रोजगार सम्झौता वा श्रमिक आपूर्तिकर्ता मार्फत शतप्रतिशत श्रमिक तथा कर्मचारी नियुक्ति गर्ने गरेको बताउँदै अखिल नेपाल होटेल क्या सिनो तथा रेष्टुँरा मजदुर सङ्घका अध्यक्ष कुमार पन्तले मजदुर माथि ठगी भई रहेको बताए । उनका अनुसार श्रम ऐन २०७४ आउनु अगाडी सम्म पनि २४० दिन सम्म रोजगारीमा रहेकालाई स्थायी गर्नु पर्ने कानुन विद्यमान रहेको थियो तर अहिले श्रमिकमाथि शोषण मात्र हुने तर उनीहरूको हक हितका सवालमा भने कसैको चासो नपुगेको उहाँको गुनासो रहेको थियो ।

होटेल तथा पर्यटन क्षेत्रका आएका विभिन्न विकृति तथा यसको समाधानका लागि विभिन्न पेसागत सङ्गठनहरूले संयुक्त रूपमा होटेल सङ्घ नेपाल हानलाई सामूहिक मागदावी पेस गर्ने सम्बन्धमा छलफलबाट निष्कर्षमा पुगेको नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक सङ्घका महासचिव सन्तोष थापाले जानकारी दिए ।  नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक सङ्घ, अखिल नेपाल होटेल क्यासिने तथा रेष्टुँरा मजदुर सङ्घ र नेपाल स्वतन्त्र होटेल क्या सिनो तथा रेस्टुरेन्ट मजदुर युनियनले संयुक्त रूपमा पर्यटन तथा होटेल क्षेत्रमा काम गर्ने श्रमिकको हक हितका लागि जस्तो सुकै आन्दोलन गर्न समेत तयार भएको थापाले बताए । 

पहिलो चरणमा होटेल सङ्घ नेपाललाई ७ बुँदे माग दाबी सहित ज्ञापन पत्र बुझाउने र यसको सवालमा सुनुवाइ नभएमा होटेल तथा मजदुर श्रमिकहरूले देश भर आन्दोलनको घोषण गर्नु समेत उहाँले जानकारी दिए । नेपाल भर एक रुपता रहेको सर्भिस चार्ज हटेपछि भएको समस्या समाधान गर्न सबै मजदुर सङ्घ तथा सङ्गठन एक हुनु पर्ने र आन्दोलनका कार्यक्रम तय गर्नु पर्ने छलफलको मुख्य एजेन्डा रहेको थियो ।

होटेल तथा पर्यटन क्षेत्रमा सर्भिस चार्ज मार्फत मेनुको १० प्रतिशत थप रकम लिइने गरिएको थियो । उक्त थप लिइएको १० प्रतिशतबाट ७२ प्रतिशत मजदुरहरूलाई दामासाही रूपमा वितरण गरिँदै आएको थियो । राम्रो चल्ने होटेल तथा पर्यटन व्यावसायिक संस्थाका कर्मचारीले एक महिनामा सर्भिस चार्जबाट पचास हजार सम्म थप सेवा सुविधा पाउँदै आएका थिए । उक्त सर्भिस चार्ज हट्दा हाल उक्त मजदुरले न्यूनतम तलब अर्थात् १७ हजार ३०० देखि माथि मात्र तलब पाउँदा श्रमिकले घर चलाउन नै धौ धौ भएको र विदेश पलायनहुन बाध्य भएका छन् ।


प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी सोमबार, मंसिर १, २०८२
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह सोमबार, मंसिर १, २०८२
उत्कृष्ट करदातामा काे काे सम्मानित ?
उत्कृष्ट करदातामा काे काे सम्मानित ? सोमबार, मंसिर १, २०८२
जाँजबुझ आयोगसँग सशंकित प्रहरी
जाँजबुझ आयोगसँग सशंकित प्रहरी सोमबार, मंसिर १, २०८२
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु सोमबार, मंसिर १, २०८२
हिमाको ८० प्रतिशत घरमा धारा जडान
हिमाको ८० प्रतिशत घरमा धारा जडान आइतबार, कात्तिक ३०, २०८२
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP