Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • झनै शक्तिशाली बन्दै माधव, झनै शक्तिशाली बन्दै माधव
झनै शक्तिशाली बन्दै माधव, झनै शक्तिशाली बन्दै माधव
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २४, २०८१
  • उपेन्द्र यादवबाट अलग्गिएका नेताहरुले नयाँ दलको अध्यक्षमा अशोक राई र महासचिवमा मोहम्मद इस्तियाक राईलाई प्रस्ताव गरिएको छ
  • सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले सरकार छाड्नसाथ राई नेतृत्वको जसपा सत्तामा जाने
  • एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले र कांग्रेसबाटसमेत प्रधानमन्त्रीको ‘अफर’
  • आफ्नो दलमा बचेखुचेको शक्ति जोगाउन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएरै नेपाललाई प्रधानमन्त्री बनाउने सम्भावना रहेको चर्चा


काठमाडौं– शनिबारमात्र जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले माधवकुमार नेपालबारे भनेका थिए– जम्मा १० सिट भएको पार्टीको नेता प्रधानमन्त्री बन्न असम्भव छ । हुन पनि नेपाल नेतृत्वको एकीकृत समाजवादी १० सिटसहित सातौ दल हो, प्रतिनिधिसभामा । जसपा भने १२ सिटसहित छैटौं दल । यी दुई दल मिलेर पुष्पकमल दाहाल नेतृत्वको सरकार ढाल्ने परिचर्चा चल्दै गर्दा प्रवक्ता सुमनले यो तर्क प्रस्तुत गरेका थिए ।

तर एक दिन नबित्दै उनको तर्क खेर गएको छ । किनकि जसपा फुटेर पाँच सांसदमा झर्ने भएको छ । जसपाकै नेता अशोक राईको अध्यक्षतामा अर्को जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन परेको छ । आइतबार राईसहित सात सांसद पुगेर आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् । आयोगमा नयाँ दल दर्ता भएमा सुमन प्रवक्ता रहेको पार्टी जनमतभन्दा पनि मुनि अर्थात् नवौं दलमा झर्ने छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट भोलि मंगलबार नेपाल आइपुग्ने कार्यक्रम छ । उनी नेपाल नआइपुग्दै उनको पार्टी फुटतिर लागेको हो । जसपा फुटेपछि प्रवक्ता सुमनले आफ्नो पार्टी फुटेको नभई चोइटिएको तर्क गरेका छन् । अध्यक्ष यादव अमेरिकामा भएकोले उनको कुनै प्रतिक्रिया बाहिर आएको छैन ।

नयाँ पार्टीमा कसको पद के ?
नयाँ दलको अध्यक्षमा अशोक राई र महासचिवमा मोहम्मद इस्तियाक राईलाई प्रस्तावित गरिएको छ । पुराना कम्युनिस्ट नेता अशोक जसपामा वरिष्ठ नेताको हैसियतमा थिए । इस्तियाक पूर्वमन्त्री हुन् । उनी गत निर्वाचनमा बाँके २ मा पराजित भएका थिए ।नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नै प्रस्ताव गरिएको छ । निर्वाचन आयोगले निवेदन दर्ता गरे पनि दल दर्ता भइनसकेको जसपाकी सांसद सुशीला श्रेष्ठले बताइन् । ‘हामी दिउँसो ४ बजे नै पुगेका थियौ । तर सनाखतदेखि विभिन्न प्रक्रियाले ढिला भयो,’ श्रेष्ठले भनिन् । 

Hardik health

पार्टीमा एक सहअध्यक्ष र चार उपाध्यक्ष प्रस्तावित छन् । सहअध्यक्षमा रेणुकुमारी यादव छिन् भने उपाध्यक्षहरुमा नवलकिशोर साह सुडी, रणध्वज लिम्बू, परशुराम बस्नेत र सुशीला श्रेष्ठ रहेका छन् ।यस्तै प्रदीप यादवलाई उपमहासचिवमा प्रस्ताव गरिएको छ भने दीपक कार्की र रञ्जु झा सचिव छन् । कोषध्यक्षमा डा. वीरेन्द्र महतोलाई प्रस्ताव गरिएका छन् । विवादास्पद छविका नेता आङकाजी शेर्पाले अशोक राईलाई रोजेका छन् । उनी केन्द्रीय सदस्यमा प्रस्तावित छन् । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पनि राईतिरै लागेका छन् । 

बार्गेनिङ पावर बढाउँदै माधव नेपाल
जसपा फुटपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालको बार्गेनिङ पावर झनै बढ्ने देखिएको छ । नेपाललाई भारतीय पक्षले प्रधानमन्त्री बनाउन चाहिरहेको बताइएको छ । मधेस राजनीतिका एक जानकारका अनुसार जसपा फुटाएर नयाँ दल दर्ताका लागि आयोग पुगेकाहरु भारतीय चाहनामा चल्ने नेताहरु हुन् । उनीहरुकै सहयोगमा नेपाल प्रधानमन्त्री बन्ने वातावरण तय हुने बताइएको छ ।

सुरुमा दाहाल नेतृत्वको सरकारलाई सघाएर एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट बन्ने र पछि नेपाललाई साथ दिने रणनीतिका साथ पार्टी फुटेको बताइन्छ । सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले सरकार छाड्नासाथ राई नेतृत्वको जसपा सत्तामा जाने छ । त्यसपछि नयाँ समीकरणको सरकार बन्ने सम्भावना रहेको छ । नेपाललाई एमाले र कांग्रेसबाटसमेत प्रधानमन्त्रीको ‘अफर’ पुगेको बताइएको छ ।

यस्तो अवस्थामा आफ्नो दलमा बचेखुचेको शक्ति जोगाउन बरु दाहाल राजीनामा दिएरै नेपाललाई प्रधानमन्त्री बनाउने निचोडमा पुगेको स्रोतको भनाइ छ । एमाले र कांग्रेसको निकटताका कारण दाहाल त्रसित छन् । यसै विषयमा दाहालले शुक्रबार मध्यरात ओली र गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका थिए ।


कांग्रेस भने दाहाललाई जसरी पनि कर्नरमा पुर्‍याउने रणनीतिका साथ ओली र नेपाललाई प्रधानमन्त्री बनाएरै अगाडि बढ्नेगरी अघि बढेको सभापति शेरबहादुर देउवानिकट नेताको दाबी छ । ‘कांग्रेसका तीनथरी प्लान छन्, प्लान ए– देउवा आफैं प्रधानमन्त्री बन्ने, नभए ओलीलाई अघि बढाउने उनी नमाने माधव नेपाललाई नेतृत्व दिने,’ ती नेताले भने । 


‘उपेन्द्र यादवको कार्यशैलीका कारण पार्टी फुट्यो’
अशोक राई
अध्यक्ष, जसपा

पार्टी फुटाउनुभएको कि नयाँ दल दर्ता भएको ?
यो पार्टी विभाजन हो । संसदीय दलबाट नै विभाजन गरिएको हो ।

यस्तो बेला किन फुटाउनुपर्‍यो पार्टी ?
यस्तो निर्णय गर्नैपर्ने आवश्यकता पर्‍यो । पार्टी महाधिवेशनको सँघारमा भएकोले हो । पार्टी महाधिवेशनजस्तो संवेदनशील विषय समेट्नुपर्नेमा हतारोमात्रै गर्ने र असंवैधानिक ढंगले अगाडि बढ्ने चेष्ट भएपछि सहन हुन्न भनेर हामी लागेका हौं । एकताको महाविधेशन भनिएकोमा विधानमा भएका व्यवस्थालाई मिचेर कुल्चेर काम गर्न थालियो । अर्को। कार्यशैलीको भिन्नता देखियो । अहिले जसपा नेपालमा उपेन्द्र यादवको कार्यशैली असहमतिका कारण यो अवस्था सिर्जना भयो ।

सरकारलाई दिएको समर्थन के हुन्छ ?
हामी अस्थिरताको कारक बन्दैनौ ।

सत्ता समीकरण फेरबदल हुन लागेको हो ?
देखिने रुपमा केही आएको छैन । छस्सछुस्स केही देखिएको हो ।

उपेन्द्र यादव नयाँ समीकरणतिर जान लागेकोले हो पार्टी फुटेको ?
अस्थिरताका संकेत देखिन थालेको हुनाले यस्तो पनि हुन सक्छ कि । तर हामी यसमा सामेल हुँदैनौं ।

भनेपछि तपाईंहरुको साथ रहन्छ दाहाल नेतृत्वको सरकारलाई ?
अहिले सरकारलाई हाम्रो साथ रहन्छ । 
 


प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन मंगलबार, कात्तिक ११, २०८२
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु मंगलबार, कात्तिक ११, २०८२
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा मंगलबार, कात्तिक ११, २०८२
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै मंगलबार, कात्तिक ११, २०८२
एमाले सचिवालय बैठक शनिबार बस्ने
एमाले सचिवालय बैठक शनिबार बस्ने मंगलबार, कात्तिक ११, २०८२
बागमती प्रदेशमा मन्त्रालयको सख्या १४ बाट सातमा झार्ने तयारी
बागमती प्रदेशमा मन्त्रालयको सख्या १४ बाट सातमा झार्ने तयारी मंगलबार, कात्तिक ११, २०८२
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ? सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP