Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  •  नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु
 नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २३, २०८१

बाँके- तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु भएको छ ।  चालु आर्थिक वर्षको चैत महिनासम्म एक सय १२ नवजात शिशु र १२ सुत्केरीको मृत्यु भएको मातृ तथा नवशिशु स्वास्थ्य स्रोत व्यक्ति विष्णु श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुने मातृ तथा नवजात शिशुमध्ये आधाभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका क्षेत्रका रहेका छन् । “नेपालगञ्जलाई मेडिकल सिटी भनिए पनि यही नवजात शिशु र सुत्केरीको मृत्यु धेरै देखिन्छ”, श्रेष्ठले भन्नुभयो, “घर नजिककै ठूला अस्पताल र सुविधा सम्पन्न स्वास्थ्य संस्था भए पनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर नवजात शिशु तथा सुत्केरीको मृत्यु भइरहेको छ ।”

चालु आर्थिक वर्षको चैतसम्म नौ महिनाको अवधिमा नेपालगञ्ज उपमहानगरपालिकामा ७१ नवजात शिशु र छ सुत्केरीको मृत्यु भएको छ । यो अवधिमा कोहलपुरमा ३४, राप्ती सोनारीमा तीन, नरैनापुरमा दुई तथा खजुरा र जानकी गाउँपालिकामा एक–एक नवजात शिशुको मृत्यु भएको छ । यो अवधिमा खजुरामा दुई, डुडुवामा दुई तथा राप्ती सोनारी र नरैनापुरमा एक–एक सुत्केरीको मृत्यु भएको छ । विगतमा सुत्केरी हुनुअघि मृत्यु हुने गरेको थियो भने अहिले सुत्केरी भइसकेपछि मातृ मृत्यु भइरहेको स्वास्थ्य कार्यालय बाँकेका मातृ तथा नवशिशु स्वास्थ्य स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । 

Hardik health

बच्चा जन्मिएको ४२ दिनसम्म सुत्केरी हुने गरिन्छ । यो बीचमा चारपटक स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ । बच्चा पाएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको मृत्यु भइरहेको श्रेष्ठको अनुमान छ । बाँकेमा आठ पटक गर्भ जाँच पनि हुन सकेको छैन । पहिलो पटक ७० प्रतिशत गर्भवतीले जाँच गर्दा आठौँमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको पाइएको छ । बढ्दो नवजात शिशु तथा मातृ मृत्युदर न्यूनीकरणका लागि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिए पनि सुधार हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले बताउनुभयो । बाँकेमा मिश्रित समुदायको बसोबास छ ।

खासगरी मधेसी तथा मुस्लिम समुदायमा नवजात शिशु र मातृ मृत्युदर बढी देखिएको छ । जनचेतनाको अभाव, नियमित गर्भ जाँचलगायतका कारणले मृत्युदर बढेको स्वास्थ्य कार्यालय प्रमुख शाहीको भनाइ छ ।   नवजात शिशु तथा आमाको मृत्युदर न्यूनीकरणका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारले समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । बाँकेमा नवजात शिशु र आमा मृत्युदर घट्न सकेको छैन । मृत्युदरको तथ्याङ्क हेर्दा बजार क्षेत्रमा बढी छ । सचेतनाको अभाव र अस्वस्थकर जीवनशैलीका कारण बजार क्षेत्रमा नै मृत्युदर उच्च रहेको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले बताए । 


प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी सोमबार, मंसिर १, २०८२
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह सोमबार, मंसिर १, २०८२
उत्कृष्ट करदातामा काे काे सम्मानित ?
उत्कृष्ट करदातामा काे काे सम्मानित ? सोमबार, मंसिर १, २०८२
जाँजबुझ आयोगसँग सशंकित प्रहरी
जाँजबुझ आयोगसँग सशंकित प्रहरी सोमबार, मंसिर १, २०८२
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु सोमबार, मंसिर १, २०८२
हिमाको ८० प्रतिशत घरमा धारा जडान
हिमाको ८० प्रतिशत घरमा धारा जडान आइतबार, कात्तिक ३०, २०८२
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP