Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • धरमरमा दाहाल सरकार
धरमरमा दाहाल सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २३, २०८१

समीकरण भत्काउने प्रतिपक्षको परम्परा नै भइसक्यो । सत्तापक्ष र प्रतिपक्षका कतिपय बाटाहरूमा आन्तरिक अन्तरविरोध भने गम्भीर प्रकारको देखिन्छ ।
पुष्पकमल दाहाल
प्रधानमन्त्री

 

काठमाडौं– ठूला दलहरुको काँध चढेर बेलाबेला गठबन्धन परिवर्तन गरिरहने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सत्ता यतिबेला गम्भीर संकटसँग जुधिरहेको छ । एक त प्रमुख सत्ताधारी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको असन्तुष्टि, अर्कोतिर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आक्रोश ।

सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी आरोप प्रकरणले दाहाल नेतृत्वको सरकारलाई उत्तिकै कमजोर बनाएको छ । शनिबारमात्र यस विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले पार्टीको संसदीय दलको बैठक डाकेका थिए । बैठकमा दाहालले प्रतिपक्षी सत्ता समीकरण परिवर्तनको खेलमा लागेको बताएका थिए ।

Hardik health

यतिबेला नेपाली कांग्रेस गृहमन्त्री लामिछानेलाई सहकारी प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको अडानमा छ । यही कारण अवरुद्ध बनेको संसद्को हिउँदे अधिवेशन वैशाख २ मा अन्त्य भयो । कांग्रेसको मागको कुनै सुनुवाइविना अन्त्य गरिएको संसद् अधिवेशन वैशाख २८ गतेका लागि बोलाइएको छ । कांग्रेसले यो अधिवेशनमा पनि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोधको तयारी गरेको छ ।

यही अधिवेशनको पूर्वसन्ध्यामा प्रधानमन्त्री दाहालले संसदीय दलको बैठकमा अहिलेको राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए । ‘प्रतिपक्षको काम भनेको समीकरण भत्काउने परम्परा नै भइसक्यो । सत्तापक्ष र प्रतिपक्षका कतिपय बाटाहरूमा आन्तरिक अन्तरविरोध भने गम्भीर प्रकारको देखिन्छ,’ दाहालको भनाइ उद्धृत गर्दै माओवादी केन्द्रका एक सांसदले भने । यद्यपि दाहालले अहिले नै समीकरण भत्काउन सक्ने स्थिति नरहेको दाबी गरेका छन् ।

अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाँडै टुंगिनेवाला छ ।
डा. प्रकाशशरण महत
प्रवक्ता, नेपाली कांग्रेस

 

दाहालले यस्तो दाबी गरे पनि सत्ता गठबन्धनमा एमाले अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम र कोशी सरकारको नेतृत्व चयन प्रक्रियामा सन्तुष्ट छैनन् । सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाएपछि एमाले रुष्ट रहेको छ । एमालेले सोडारीलाई विश्वासको मत नदिने चेतावनी दिइसकेको छ । यहाँको सरकार निर्माणमा प्रधानमन्त्री दाहालको भूमिकामाथि प्रश्न उठाउँदै ओलीले यसबारे नेताहरुसँग छलफल जारी राखेका छन् । सोही कारण शनिबार मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

यही मेसोमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूलाई प्रधानमन्त्री बनाउन ‘लबिइङ’ तीव्र पारेका छन् । नेपाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति रामचन्द्र पौडेलसँगसमेत यसबारे विश्वस्त पार्न भेटाइसकेको बताइएको छ । देउवालेमात्र हैन एमालेलाई पहिलो दल बनाउने रणनीतिमा रहेका ओलीलेसमेत नेपाललाई प्रधानमन्त्रीको ‘अफर’ गरेको बताइन्छ । अहिले एमाले ७८ सिटसहित दोस्रो दल हो ।

नेपाललाई प्रधानमन्त्री बनाए एकीकृत समाजवादीको १० सिटसहित एमालेको ८८ सिट पुग्ने र केही स्वतन्त्र सांसद ल्याएर प्रतिनिधिसभामा पहिलो दल बन्ने दाउमा ओली रहेका छन् । यस्तो अवस्था देखेर दाहाल स्वयं पनि नेपाललाई प्रधानमन्त्री मान्न तयार भएको बताइएको छ । यसो गर्दा दाहाल एक त आफ्नो पार्टीलाई सत्तामा राख्न सफल हुने र नेपाललाई पार्टी फुटाउँदाताकाको गुण लगाएजस्तो पनि हुने राजनीतिक विश्लेषकहरुको तर्क छ ।

कांग्रेस संस्थापनइतर भने एमालेसँग मिलेर भए पनि दाहाल नेतृत्वको सरकार ढलाउनुपर्ने रणनीतिमा देखिन्छ । डा. शेखर कोइराला, महामन्त्री गगन थापालगायत यो लाइनमा निरन्तर लागेका छन् । यो बीचमा कोइरालाले ओलीसँगसमेत भेटेका छन् । एमाले र कांग्रेस मिल्दा मात्र देशले निकाश पाउने दाबी कोइरालाको छ । ‘२०७० को दोस्रो संविधानसभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो,’ कोइराला भन्छन् ।

शनिबार बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने पनि बताए । ‘हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौं, संसदीय छानबिन बनाऔं सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुने छ तर संसदीय समिति बनाउन सरकार किन डराएको ?,’ कोइराला प्रश्न गरे ।

यसैबीच कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सरकारको आयु लामो नरहेको ठोकुवा गरेका छन् । शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा महतले लोकतान्त्रिक सरकार चाँडै आउने बताएका हुन् । ‘अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाँडै टुंगिनेवाला छ । र, चाँडै नै लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार आउने छ भन्ने विश्वास दिलाउन चाहन्छु,’ प्रवक्ता महतले भने ।
 


प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह सोमबार, मंसिर १, २०८२
उत्कृष्ट करदातामा काे काे सम्मानित ?
उत्कृष्ट करदातामा काे काे सम्मानित ? सोमबार, मंसिर १, २०८२
जाँजबुझ आयोगसँग सशंकित प्रहरी
जाँजबुझ आयोगसँग सशंकित प्रहरी सोमबार, मंसिर १, २०८२
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु सोमबार, मंसिर १, २०८२
हिमाको ८० प्रतिशत घरमा धारा जडान
हिमाको ८० प्रतिशत घरमा धारा जडान आइतबार, कात्तिक ३०, २०८२
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन आइतबार, कात्तिक ३०, २०८२
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने
मालढुंगा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP