Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • पख्लास् ! देख्लास् ! 
पख्लास् ! देख्लास् ! 
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, वैशाख १८, २०८१

ओइऽ बढो पूmर्ति लगाउँछस् हैन ! तेरा शक्ति हाम्ले पनि देख्याछम् । तेरो हैसियत के हो ? के गर्थिनस् भन्ने कुरा हाम्लाई था’नभाको हो र ? हेर्दै जान एक दिन हामीले पनि जान्या छम् के गर्नुपर्छ भनेर । अनि देख्लास् !बर्बराउँदै हिँडेको अर्ति काइँलोको पारा देखेर बेलुने अझ फुल्दै गयो । उसको फुलाइलाई कसले पो जित्न सक्थ्यो र ! कस्ता–कस्ता साँढेहरुले पनि बेलुनेलाई झुस्स पार्न सकेका हैनन् !

हुन त अर्ति काइँलो सत्य कुरा जस्तोसुकै ठाउँमा पनि गर्छ । बोल्नलाई उसलाई कसैले पनि रोक्न सक्दैन । नानीदेखि लागेको बानी के छुट्थ्यो र । कति भलाद्मीहरुले अर्ति काइँलोलाई नभनेका पनि होइनन् । ‘हेर अर्ति काइँलो, यसरी सबैको आँखी किन बन्छस्, तित्राको जस्तो बोली छाडिदे, भनेको कसैले सुन्नेवाला छैन क्यार ! ’

भलाद्मीहरु पनि कति भलाद्मी भने सरकारी नून खाका, बाहिरबाट हेर्दा हरिश्चन्द्र जस्ता तर व्यवहार भने पूरै दुर्योधनको मामाको जस्तो । त्यस्ता सरकारी नून खाका भलाद्मी देखिएकाहरुको पूरै नाडी छामिसकेको अर्ति काइँलोले ओठे जवाफ लगाइहाल्थ्यो । ‘हुती हुनुप¥यो श्रीमान्, शिव–पार्वतीका वरिपरि गणेश घुमेजस्तो कहाँ सजिलो छ र ? चुकेको मान्छे सधैं ढुकेर बस्ने हो’ तपाईंहरु श्रीमान्हरु त्यही दर्जाको हो । ‘मुखमा रामराम बगलीमा छुरा भनेजस्तो’ ।

भलाद्मी अनुहारका ती साँढेहरु पनि कम थेर ! यसो दायाँबायाँ हेर्न ठोकीहाल्ने । धुत्न पाएसम्म रित्तै बनाइदिने, भित्तैमा पु¥याइदिने ! पख्लास् ! देख्लास् ! भन्ने उनीहरुको त एउटा गण नै थियो । भलाद्मीहरुको गणहरुले जे भन्यो त्यही हुनुपर्दछ भन्ने मानसिकता थियो भने बेलुनेहरु पनि भलाद्मी गणहरुलाई पर्ख र हेरकै अवस्थामा थिए ।जसले सक्यो त्यसैले सिध्याउने ! भाले भिडन्तजस्तै अवस्थामा थिए । बेलुने र भलाद्मी गणहरु । त्यो कुरा त अर्ति काइँलोलाई पुरापुर थाहा थियो । बेलुनेहरु पनि कम थिए र ? अर्ति काइँलोलाई आफ्नो बनाउन खोजिरहेका थिए । 

Hardik health

भलाद्मी गणहरुलाई सुरिलो धागोमा कसेर बेलुनमा उडाइदिने ! हुन त जोसँग जे शक्ति त त्यही नै देखाउने हो । बेलुनेले बेलुनको शक्ति भलाद्मी गणले गणकै शक्ति । लामो समयदेखि सबै गुट–उपगुटमा नछरिएका पनि हैनन् । अर्कालाई पर्दा खुच्चिङ, अनि आफूलाई पर्दा आकाशै खसेजत्तिकै गर्ने । अनि भित्रभित्रै सक्काइदिने । तर अर्ति काइँलोलाई दुवैको यस्तो व्यवहार मन भने परेको थिएन । उसलाई मन परे पनि के मन नपरे पनि के । दुवैसँग उस्तै थियो अर्ति काइँलो । उसलाई लिनु पनि थिएन दिनु पनि थिएन । त्यसैले पनि होला देखेको कुरा फ्याट–फ्याट धस्काइदिहाल्थ्यो ! कहिलेकाहीँ त अर्ति काइलोलाई हप्काउनेदेखि छप्काउनेसम्मका मायालुहरु पनि भेटिए ।

हप्काउनेभन्दा छप्काउने माया गर्छु भन्ने धेरै भेटिसकेका अर्ति काइँलो कहाँ भ्यागुतोजस्तो ट्वारट्वार मात्र गर्ने हो र ? पाएदेखि ऊ पनि के कम सर्पले डसेजस्तै डसिनै दिन्थ्यो त । अर्ति काइँलोको आँट त्यत्तिकै कहाँ आको हो र ? सत्य कुरालाई सत्य नै हो भन्ने सक्ने । कहीँ कतै पनि अरूको अहित नगरेका कारण पनि अर्ति काँइलो तित्रो तर धेरैको प्यारो पनि थियो । 

समयले कहिले काँही कोल्टे पनि फेर्छ भन्छन् नि । हो त्यस्तै भएको छ अर्तिकाँइलोलाई पनि । बेलुनेहरु र भलाद्मी गणहरुसँगै मितेर लगाएको जस्तो भान गर्दै छन् । किनकि उनीहरुलाई आफ्नो स्वार्थपूर्ति गर्नु छ । त्यस्तै बेलुनेहरुलाई विस्तारै उडाएर कोही कसैलाई भित्तैमा पु¥याएर देखाउनु पनि छ भलाद्मी गणहरुलाई । लाग्छ यी दुवै एउटै जंगलका दुई शेरजस्ता । तर, दुवै भिजेको बिरालोभन्दा माथि पनि हुँदै होइनन् । ऊ देखि ऊ डराउने, ऊ देखि ऊ मात्र हो ।

डर नै डरले उडिरहेका । उड्ने र उडाउने उस्तैउस्तै जसको शक्ति उसको भक्ति भने जस्तै थियो । एक दिन बेलुने र भलाद्मी गणहरु वीच कसले कसलाई सिध्याउने भन्ने आन्तरिक होडबाजी नै चल्यो । अर्ति काइँलोले दुवैलाई सम्झायो । यो विनाअर्थको फोस्रो लडाइँमा बसेर समय र शक्तिको नाश किन गरिरहेको छौं ? यसको सट्टा साँच्चै नै मिलेर नयाँ परिवर्तनको रेखा कोर्ने प्रयत्न त गर । कम्तीमा सबले वा ऽ वा गरुन् !

अर्ति काँइलोको अर्ति किन सुन्ने ? आ–आफ्नो स्वार्थ अनुकूलका व्यक्ति प्रयोग गरेर डस्ने काममात्र गरिरहेका छन् । भलाद्मीगण र बेलुनेहरुको लफडाले टोल नै गन्हाउन थालिसकेको छ । कसैले पनि यिनीहरुलाई विश्वास नै नगर्ने ? यिनीहरु नि आफूबाहेक अरूलाई विश्वास गर्नै नचाहने । मैले गरेको ठीक अरूले गरेको बेठिक । दुनियाँमा यस्तो पनि कतै हुन्छ भने यही गाउँमा मात्र थियो । गाउँलेहरु यी दुई स्याल र हुँडारहरुका कारण आजित भइसकेका थिए । तर आजित भएका गाउँहरुलाई सही बाटोमा हिँड्न र सत्य गर्न र बोल्न अर्ति काइँलोले झकझक्याइरहन्थ्यो । 

अर्ति काइँलोले जति गरे पनि यिनीहरुले न देख्ने प्रयास गरे, न सुन्ने नै । सुन्न र देख्न नसक्नेलाई फलिफाफ त हुने कुरै भएन । यी दुईको यस्तो सम्बन्धले चारगाउँका १२ भाइ नाइकेहरु खुसी थिए । उनीहरु पनि मौका कुरेर बसिरहेको थिए । मौका आउनासाथ बेलुनेलाई पनि छुस्स काँडाले घोपिदिने र हावा फुस्काइदिने । भलाद्मी गणहरुलाई पनि खाको नून सबै ओकल्न लगाइदिने । एकदिन चारगाउँका १२ भाइ नाइकेहरुले योजना बनाइरहेको थिए । अब बुलेन जसरी पनि फुटाउनै पर्छ । १२ भाइ नाइके मध्ये एउटाले भन्यो, होइन कसरी सम्भावन छ र ? अर्कोले भन्यो कुनै चिन्तै लिन पर्दैन । बेलुने उडिरहेको बेला अलि परबाट छेस्काले घोचिदिने ! त्यसपछि त्यसको हर्कत र हैसियत एकै पटक थाहा हुन्छ । भलाद्मी गणलाई पनि खाको नूनमा अलिकति गुलियो मिसाइदिने, त्यसपछि तिनीहरुको पनि स्वाद फेरिन्छ र आफ्नो मुठ्ठीमा पार्न सकिन्छ ।

१२ भाइ नाइकेको योजना अर्ति काँइलाले छेवैमा बसेर चाल पाइसकेको थियो । उसले दुवैलाई संकेत पनि गरेको थियो । अर्ति काइँलोको संकेतलाई धेरैले बुझ्थे र त्यसका लागि विकल्प पनि खोज्थे । तर बेलुने र भलाद्मी गणहरुले भने त्यत्ति वास्ता गरेनन् । १२ भाइ नाइकेहरु आफ्नो योजनाअनुरुप डाँडामा बसेर बेलुनेहरु ढुकेरै बसे र छेक्कोले घोचि नै छाडे । अन्ततः बेलुनेहरु एकै निमेषमा चट भयो । भलाद्मी गणहरुले खाको नूनमा पनि १२ भाइ नाइके गुलियो र नुनिलो छम्केर लोभ्याइदिए । गाउँ नै आफ्नो कब्जा लिइछाडे । अनि उनीहरुले देख्लास् र पख्लास् भन्नेहरुलाई नै देखाइदिए !
 


प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP