Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • पहिचान विरोधी ट्याग लागेको एमालेलाई मत
पहिचान विरोधी ट्याग लागेको एमालेलाई मत
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १८, २०८१

काठमाडौं– जारी मतगणनाको परिणामलाई आधार मान्दा इलाम–२ मा वंशवादलाई मतदाताले स्वीकार गरेको देखिएको छ । चुनावअघि कांग्रेसका उम्मेदवार डम्बर खड्का, पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूलगायतले एमाले उम्मेदवार सुहाङ नेम्बाङको उम्मेदवारीलाई नै वंशवादको निरन्तरतासँग जोडेर आलोचना गरेका थिए । तर, मतदाताले यसलाई खारेज गरिदिएको देखियो ।

समाचार तयार पर्दासम्म सुहाङले २१ हजार ३८० मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार खड्काको मत १४ हजार ७५२ छ । यी दुई उम्मेदवारबीचको मतान्तर छ हजार ६२८ छ । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार थेगिमको मत १० हजार १४६ र रास्वपा उम्मेदवार लिम्बूको मत तीन हजार ६०२ छ ।  सार्वजनिक मतपरिणामले सुहाङमाथि लागेको वंशवादलाई चिरेको राजनीतिशास्त्री दीपक गजुरेल बताउँछन् । ‘बाउ मरे छोरा र श्रीमान् मरे श्रीमतीलाई उम्मेदवार बनाउने गलत थिति बस्यो । चुनावी अभियानको क्रममा उम्मेदवारहरूले विरोधका लागि मसला नै बनाए तर इलाममा त्यसले फरक पारेन । मतदाताले अस्वीकार गरिदिए,’ गजुरेलले प्रभावसँग भने ।

तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका एमालेका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत २६ भदौमा निधन भएपछि एमालेले उनकै कान्छो छोरा सुहाङलाई उम्मेदवार बनाउँदा वंशवादको आरोप लागेको थियो । यसलाई विपक्षी दलहरू र एमालेकै असन्तुष्ट पूर्वसांसद मणिकुमार लिम्बूलगायतले वंशवादसँग जोडेर टिप्पणी गरेका थिए । यस्तो टिप्पणीलाई मतदाताले भने खारेज गरेर सुहाङले जिततर्फ अघि बढाएका छन् ।निर्वाचत अधिकृतको कार्यालयका अनुसार इलाम–२ मा करिब ६० प्रतिशत मत खसेको छ । फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, माइ नगरपालिका र देउमाइ नगरपालिकाको मतपरिणाम आइसकेको छ । इलाम नगरपालिकाको चारवटा वडाको मतगणना जारी छ ।

मतगणना भइरहेकामध्ये केही वडामा सुहाङकै अग्रता कायम छ । अधिवक्तासमेत रहेका सुहाङले लगातार मतान्तर बढाइरहेका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्का छ हजारभन्दा बढी मतले पछि परेका छन् । यहीबीच एमाले नेता कार्यकर्ताले इलाममा हर्षोल्लास मनाउन थालेका छन् । वंशवादको आरोप चिर्दै संसदीय राजनीतिको यात्रा तय गर्न सुहाङ सफल भएको रुपमा अथ्र्याउन थालिएको छ ।अर्कोतिर एमालेमाथि लागेको पहिचान विरोधी दलको आरोप पनि खारेज भएको एमालेले जनाएको छ । कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले ब्यालेट बक्समा जनताले मत खसालेर पहिचानकै कित्तामा एमाले रहेको प्रस्ट्याएको बताए ।

Hardik health

‘एमालेमाथि बारम्बार प्रहार भएकै हो । पहिचान विरोधीको ट्याग लगाए । ठाउँठाउँमा एमाले नेता कार्यकर्तामाथि आक्रमणको प्रयास भयो तर ब्यालेट बक्सले त्यस्तो आरोपलाई अमान्य भन्यो,’ उनले भने ।यसअघि एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रादेखि मेची यात्राको क्रममा पहिचान पक्षधरहरूले एमाले नेता कार्यकर्तालाई ठाउँठाउँमा अवरोध पु¥याएका थिए । दुवै यात्राको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । त्यसबेला ओलीले पहिचान विरोधी अभिव्यक्ति दिएका थिए । त्यसपछि उनी र उनको दल एमाले पहिचानपक्षधरको तारो बनेको थियो । हुन पनि १७ फागुन २०७९ मा एमाले नेतृत्वकै सरकारले प्रदेशको नाम कोशी प्रस्ताव गर्दा कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा प्रदेशको नाम कोशी कायम भएको थियो । यसपछि एमालेलाई पहिचान पक्षधरहरूले पहिचान विरोधी दल भनेका हुन् । तर, एमालेका सुहाङले पाएको मतले भने त्यस्तो देखाएन ।

जबकि, कांग्रेस उम्मेदवार खड्का भने प्रदेशको नाम कोशी राखिएपछि पहिचानको आधारमा पुनः नामंकन गर्नुपर्छ भन्ने कांग्रेस जिल्ला सभापति हुन् । तर, उनी सुहाङभन्दा धेरै पछि परे । उनलाई सुहाङविरुद्ध जित निकाल्न निकै मुस्किल पर्ने देखिएको छ । तेस्रो स्थानमा रहेका पहिचान पक्षधर उम्मेदवार डकेन्द्रले भने अनपेक्षित मत प्राप्त गरिरहेका छन् । मुढा चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएको १५ दिनमै १० हजारभन्दा बढी मत प्राप्त गरेका छन् ।उनले प्रभावसँग भने, ‘मैले प्राप्त गरेको मत प्रदेशको नाम कोशी फेरौं भन्ने जनताको हो । यो मतले मलाई थप जिम्मेवार बनाएको छ र १५ दिनमा यति धेरै सफलता पाउनु मेरा लागि र पहिचान आन्दोलनको उपलब्धि हो ।’

थेगिमले पहिचान आन्दोलन उठेको माङ्सेबुङ र चुलाचुलीमा अधिक मत पाएका थिए । माङ्सेबुङको पाँच नम्बर वडामा त डकेन्द्रले ९५ प्रतिशत मत नै पाए । यी दुई स्थानीय तहको विभिन्न वडामा लिड नै गरे । तर, उनी अहिले तेस्रो स्थानमा छन् । उनले पहिचान आन्दोलनलाई चुनावी प्रक्रियामार्फत स्थापित गरेको बताएका छन् ।तर, पहिचानको मुद्दामा अस्पष्ट रास्वपा उम्मेदवार मिलन भने धेरै हजार मतान्तरले पछि परेका छन् ।

चुनावी प्रचारको क्रममा रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्यालसँगै डा. स्वर्णिम वाग्लेलगायतलाई इलाम–२ का कतिपय मतदाताले पहिचानबारेको धारणा सार्वजनिक गर्न आग्रह गरेका थिए । त्यसको जवाफ दिन लामिछानेसहितको नेताहरू हिच्किचाएका थिए । त्यसको परिणामले मिलन चौथो स्थानमा खुम्चिनु परेको विश्लेषण हुन थालेको छ । फेरि, सभापति लामिछानेसहित नेताहरू सहकारी ठगी प्रकरणमा मुछिएर बद्नाम छन् । यसको असर पनि परेको रास्वपाका चुनाव परिचालन समितिमा रहेका एक नेताले बताए ।

उसो त प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्छ भन्दै आएको दल नेकपा एकीकृत समाजवादीको लज्जास्पद स्थिति छ । उम्मेदवार जितबहादुर राईले एक हजार मत पनि कटाएका छैनन् । चुनावी कमाण्डर पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल हुन् । यद्यपि, सार्वजनिक मत परिणामले पहिचानको पक्षपाती दल भए पनि जनमत देखिएन । यसलाई कतिपयले भने खनालको चुनावी कमान्ड असफल भएको भन्न थालेका छन् ।चुनावमा केही दल र स्वतन्त्रगरी ११ जना उम्मेदवारले भने २०० मत पनि कटाएका छैनन् ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP