Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
अर्थ समाचार
  • Home
  • अर्थ समाचार
  • लगानी सम्मेलन :  जलविद्युत् परियोजना प्राथमिकता
लगानी सम्मेलन :  जलविद्युत् परियोजना प्राथमिकता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १६, २०८१

काठमाडौं -  आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा जलविद्युत् आयोजनामा थप लगानी खोजिएको जनाउँदै लगानीकर्ता उत्साहित बनेका छन् । पछिल्लो समय जलविद्युत् आयोजनामा लगानीको अभाव भइरहेको बेलामा लगानी सम्मेलनले लगानीको जोह गर्ने हुँदा उहाँहरु थप उत्साहित बनेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेदलनको उद्घाटन सत्रमा पनि नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसर रहेको बताएका थिए ।  उनले भने, “जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गर्दछ ।” 

प्रधानमन्त्री दाहालले नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म तीन हजार दुई सय मेगावाट मात्रै उत्पादन भएको  उल्लेख गर्दै करिब पाँच हजार पाँच सय ६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पिपीपी) मा निर्माण चरणमा रहेका जानकारी दिएका  थिए । 

विद्यमान एवं योजनामा रहेका भारत र चीनसँग जोड्ने अन्तरदेशीय प्रसारण लाइनहरूले ऊर्जा आदानप्रदानलाई सहज बनाउने उनको भनाइ छ । यस क्षेत्रभित्र विद्युत् सहकार्यलाई सहज तुल्याउन भारतसँग विद्युत् व्यापार सम्झौता, चीनसँग समझदारी र बङ्गलादेशसँग विद्युत् निर्यात समझदारीमा हस्ताक्षर गरेको पनि प्रधानमन्त्री दाहालले जानकारी दिएका थिए ।

Hardik health

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत् आयोजनाहरुमा लगानीको वातावरण तय गर्न सम्मेलनले तय गर्ने भन्दै यसले लगानीकर्तालाई थप उत्साहित बनाएको बताए  । “उद्घाटन समारोहमा नै प्रधानमन्त्रीज्यूले नै जलविद्युत्मा लगानीको सम्भावनाबारे स्पष्ट पारिसक्नुभएको छ, यसले पनि लगानी सम्मेलनमा जलविद्युत्को आयोजनाहरुलाई प्रथामिकता दिइएको स्पष्ट हुन्छ,” उहाँले भन्नुभयो, “जलविद्युत् आयोजनाहरुलाई आवश्यक लगानी जुटाउन सम्मेलनले सहयोग पुग्ने छ तर सरकारले लगानीमैत्री वातावरणको विश्वास दिलाउन सक्नुपर्छ ।”

अध्यक्ष कार्कीका अनुसार सरकारले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट उत्पादन र १३ हजार स्वदेशमा खपतको लक्ष्य लिएको छ । उक्त लक्ष्य कार्यान्वयन गर्नका लागि पनि सम्मेलनले सहयोग गर्ने उनको भनाइ छ ।

जलविद्युत् उद्यमी तथा इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गरागाईंले लगानी सम्मेलनले नेपालमा लगानी गर्नका लागि स्वदेशी तथा विदेशी व्यवसायीका लागि ढोका खुलेको बताउनुभयो । यसले निजी लगानीकर्तालाई उत्साह बढाएको उनको भनाइ छ । “यो तेस्रो लगानी सम्मेलन त सुरुआत मात्रै हो । जलविद्युत्मा आवश्यक पर्ने लगानीका लागि थुप्रै काम गर्न बाँकी नै छ,” उनले भने, “सम्मेलनमा नेपाली व्यवसायहरुसँग मिलेर विदेशी व्यवसायीहरुले सहकार्य गर्ने मौका पनि जुर्ने विश्वास छ, यसले नेपालको जलविद्युत् क्षेत्रमा निकै सहयोग पुग्ने छ ।”

जलविद्युत्मा सबै किसिमका उद्योगीहरु लगानी गर्न उत्साहित देखिएका भन्दै उहाँले यसमा चाँडोभन्दा चाँडो धेरै परियोजना बनाउनुपर्नेमा जोड दिएका छन् । “जलविद्युत् क्षेत्रमा विदेशी लगानीकर्ता लगानी गर्न उत्सुक देखिनुभएको छ । अब जलविद्युत्मा लगानी गर्नका लागि अझै थप उत्साहित हुने वातावरण तय गर्न आवश्यक छ,” उनले भने ।

निजी क्षेत्रले अध्ययन गरे सबै आयोजना निर्माणमा जान योग्य बनाइसकेको भन्दै उनले स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल बढाउने किसिमको नीतिगत व्यवस्था गर्न आग्रह गरेका छन् ।मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलन भोलिसम्म चल्नेछ ।

सम्मेलनमा लगानीका निम्ति एक सय ५३ परियोजना सोकेसमा रहेको नेपाल लगानी बोर्डको भनाइ छ । बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिएका छन् । लगानीका निम्ति सोकेसमा राखिएको परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएको छभने १९  परियोजनाका लागि आशयपत्र आह्वान गरिएको बोर्डले जानकारी दिएको छ ।


प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्
थप अर्थ समाचार
‘एभरेष्ट समिटर्स समिट–२०२६’मा  १७६ सगरमाथा आरोहीलाई सम्मान
‘एभरेष्ट समिटर्स समिट–२०२६’मा १७६ सगरमाथा आरोहीलाई सम्मान बुधबार, जेठ १३, २०८३
बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध
बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध आइतबार, वैशाख ६, २०८३
आजदेखि देशभर आर्थिक गणना हुँदै
आजदेखि देशभर आर्थिक गणना हुँदै बुधबार, वैशाख २, २०८३
बैंक वित्तीय संस्थाले पनि शनिबार र आइतबार बिदा सुरु गर्दै
बैंक वित्तीय संस्थाले पनि शनिबार र आइतबार बिदा सुरु गर्दै सोमबार, चैत २३, २०८२
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपत्र
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपत्र बुधबार, चैत १८, २०८२
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई शुक्रबार, चैत १३, २०८२
ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP