Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • एमाले नेता रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार
एमाले नेता रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १४, २०८१

काठमाडाैं -  सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित सात जनालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले बिहीबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मालाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वोच्च अदालतले यससम्बन्धी मुद्दामा यसअघि उच्च अदालत पाटनले दिएको आदेश सदर गरेको छ ।

‘प्रतिवादीहरू उपर किटानी जाहेरी रहेको, निजहरूले एकअर्कालाई पोल गरी गरेको बयानको बेहोरा, पीडितहरूको घटनाविवरण कागजसमेतका तत्काल प्राप्त मिसिल प्रमाणका आधारमा निजहरूलाई मुद्दा पूर्पक्षका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०६४ को दफा ६७ बमोजिम थुनामा राख्ने गरी उच्च अदालत पाटनबाट २०८० मंसिर १५ गते भएको आदेश बेरितको नदेखिँदा परिर्वतन गरिरहन परेन’, आदेशमा भनिएको छ ।

Hardik health

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले यसअघि पूर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध रायमाझीलगायतले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदनमाथिको सुनुवाइपछि सर्वोच्चले उच्च अदालतकै आदेश सदर गरेको हो ।
सर्वोच्च अदालतले नक्कली भुटार्नी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता आङटावा शेर्पालाई भने ३० लाख नगद वा सो बराबारको जेथा जमानता वा बैंक जमानत गरी धरौटीमा छाड्न आदेश दिएको छ ।

त्यस्तै, अदालतले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा आरोपितमध्ये जिल्ला अदालतमा भएको थुनछेक बहसमा इन्कारी बयान दिएका जिमा शेर्पेनी, तेन्जी पुटी शेर्पेनी, पेम्वा शेर्पा, जिमा शेर्पा, लमडोपा शेर्पा र सोनी शेर्पालाई पुपक्र्षका लागि थुनामा राख्ने उच्च अदालत पाटनको आदेश बदर गरेको छ ।

आदेशमा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरिएका गोविन्दकुमार चौधरीलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको छ । चौधरीकी पत्नी निजु चौधरीले मोरङको कसेनीको जग्गा नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त केशवप्रसाद दुलालले भनेका व्यक्तिको नाममा पास गरेको पाइएकाले पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालतको आदेश बदर गर्दै १० लाख रुपैयाँ नगद वा त्यस बराबरको जेथा जमानत वा बैंक जमानतमा छाड्न आदेश दिएको हो ।

सर्वोच्चले यसअघि उच्च अदालत पाटनले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका केन्द्रीय हज समितिका तत्कालीन अध्यक्ष शमशेर मियाँलाई पनि साधारण तारेखमा छाड्न आदेश दिएको छ । पीडितहरूले मियाँलाई रकम दिएको भनेर नाम उल्लेख नगरेको, उनले इन्कारी बयान दिएको र कसैले पनि मियाँको नाम पोल नगरेकाले १० लाख रुपैयाँ धरौटी लिने उच्च अदालतको आदेश बदर हुने ठहर गरेको सर्वोच्च अदालतले जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP