काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा रिंगटा लागि अस्वस्थ्य भएका सांसद भरतबहादुर खड्काको अवस्था सामान्य देखिएको छ ।
चिकित्सकका अनुसार उच्च उक्तचापका कारण अस्वस्थ्य भएका सांसद खड्कालाई तत्कालै वीर अस्पताल पुर्याइएको थियो । उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा अस्पतालमा राखिएको आफन्तले जनाएका छन् ।