विराटनगर- कोशी प्रदेशसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले आर्थिक वर्ष २०८१/८२ को सो वार्षिक प्रतिवेदन सभामा पेस गरेका हुन् ।
सो प्रतिवेदनलाई सभामुख अम्बरबहादुर विष्टले आवश्यक छलफलका लागि सामाजिक विकास समितिमा पठाएको जानकारी दिए । कोशी प्रदेशसभा न्याय, प्रशासन तथा विधायन समितिको सभापति कमला दर्नालले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सदनमा पेस गरे ।
शून्य समय
शून्य समयमा कोशी प्रदेशसभा सदस्य गीतारानी महतो, सिर्जना राई, रामदेव यादव, तारादेवी ढकाल, लखीकुमारी गणेश, मैया श्रेष्ठ र शोभा चेम्जोङले भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकोप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।
उनहरूले बाढीको चपेटामा परेका नागरिकको खोज, उद्धार, उपचार, राहतको कार्यसँगै उचित बासको व्यवस्थपन गर्न सरकारसँग माग गरे । उनीहरूले विपद्मा तीनै तहका सरकार, नागरिक समाज, विभित्र सङ्घसंस्था मिलेर काम गर्न सुझाव पनि दिए । अर्को बैठक भदौ २२ गते दिउँसो १ः०० बजे बस्नेछ ।