Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल र कतारबीच लगानी ‘टिम’ निर्माण गर्ने समझदारी
नेपाल र कतारबीच लगानी ‘टिम’ निर्माण गर्ने समझदारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १२, २०८१

काठमाडौं - नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसूमह’ गठन गर्ने समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको एक्लाएक्लै र द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा सो समझदारी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा रुपक सापकोटाले राससलाई जानकारी दिए । 

“लगानी र सहकार्यका क्षेत्रलाई बिस्तार गर्ने विषयमा छलफल गर्नका लागि दुई देशका तर्फबाट बीचमा ‘टिम’ निर्माण गरेर अगाडि बढ्ने समझदारी बनेको छ”, उनले भने ।    भेटमा कतार र नेपाल सम्बन्ध एवं सहकार्यका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा उनीहरुबीच सौहार्द, आत्मीय र हार्दिकताका साथ वार्ता भएको थियो । सो अवसरमा नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्नेसम्बन्धमा व्यापक छलफल भएको परराष्ट्र सल्लाहकार सापकोटाले जानकारी दिए  । 

प्रधानमन्त्री दाहालले अरब राष्ट्रबाट उच्च तहमा पहिलोपटक कतारका अमिरको नेपाल भ्रमण भएको उल्लेख गर्दै यस भ्रमणबाट दुई देशबीचका सम्बन्धमा नयाँ आयाम थपिएको बताए । भेटवार्तामा दुवै नेताले यस भ्रमणबाट दुई देशबीचको मित्रवत् र हार्दिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गरेको सापकोटाले जानकारी दिए । 

“भेटवार्तामा दुवै नेताले भ्रमणका क्रममा भएका समझदारीले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताउनुभयो”, डा सापकोटाले भने, “प्रधानमन्त्री दाहालले सिङ्गो नेपाली समुदायमा यस भ्रमणले नयाँ आशा जगाएको छ, आगामी दिनमा कतारसँग श्रमसहित लगानी र सम्बन्धका अन्य आयाममा पनि सहकार्य गर्ने ढोका खुला गरेको भन्नुभयो ।”

Hardik health

भेटका क्रममा प्रधानमन्त्री दाहालले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको उल्लेख गर्दै नेपालमा कतारको लगानीका लागि आग्रह गरे  । “लगानीका लागि सम्भावित क्षेत्र पहिचान गरिएका छन्, पूर्वाधार, यातायात, कृषि, जलविद्युत्, शिक्षा क्षेत्रमा दुई देशबीच सहकार्य हुर्नुपर्छ”, प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै डा सापकोटाले भने ।  

नेपालमा लगानीका लागि प्रधानमन्त्री दाहालले राख्नुभएको आग्रहलाई कतारका अमिर अल थानीले सकारात्मक रुपमा लिएको उनले जानकारी दिए । कतारका अमिरले ऊर्जा, यातायात (हवाई सम्पर्क बिस्तार), कृषिलगायत क्षेत्रमा सहकार्य गर्न कतार सकारात्मक रहेको बताएका थिए । “नेपालमा सम्भाव्य लगानीका लागि कतार सकारात्मक छ, सहकार्यका क्षेत्रलाई बिस्तार गरेर जान सकिन्छ”, अमिर अल थानीको भनाइ उदृत गर्दै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सापकोटाले भने । 

भेटमा प्रधानमन्त्री दाहालले नेपाल र कतारबीचको श्रम सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउन आग्रह गरेका थिए । कतारका अमिरले श्रम सहकार्यलाई थप बिस्तार गर्न सकिने उल्लेख गरे  । नेपाली श्रमिकको सीप अभिवृद्धिका लागि सघाउन तथा हवाई सम्पर्कसञ्जाल बिस्तारका लागि कतार तयार भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरका तर्फबाट उडान गर्न सकिने उनको भनाइ थियो । 

प्रधानमन्त्री दाहालले युद्ध र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि कतारले गर्दै आएको मध्यस्थता भूमिकाको प्रशंसा गर्दै इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल स्वदेश फिर्तीका लागि अमिरको ध्यानाकर्षण गराएका थिए । 

प्रतिनिधिमण्डलस्तरमा भएको सो भेटवार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, अर्थमन्त्री वर्षमान पुन, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत,  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत हुन् ।

कतारका अमिर अल थानीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलमा कतारका विभिन्न मन्त्रालयका मन्त्री र उच्च अधिकारी सहभागी हुन‍् । भेटवार्तापछि नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी तथा सहमति भएको थियो । कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालको समुपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

यसैगरी युवा तथा खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीतिक शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रायले जनाएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका तर्फबाट विदेशराज्यमन्त्री सुल्तान विन साद अल मुराइखीले हस्ताक्षर गरेका छन्  । 

यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरे ।

कतारका अमिर अल थानी नेपालको राजकीय भ्रमणका लागि मङ्गलबार नेपाल आएका थिए । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर अल थानीबीच सोही दिन द्विपक्षीय भेटवार्ता भएको थियो । सो भेटमा उहाँहरुबीच नेपाल–कतार सम्बन्धका विविध आयाममा छलफल भएको थियो । 

सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोका मुद्दामा सहकार्यका लागि कतारसँग आग्रह गरेका थिए । राष्ट्रपतिले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका थिए ।


प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP