Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रभाव दैनिक पत्रिका ११औं वर्षमा प्रवेश
प्रभाव दैनिक पत्रिका ११औं वर्षमा प्रवेश
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ११, २०८१

काठमाडाैं -   नेपालकाे सर्वाधिक बिक्री हुने राष्ट्रिय दैनिक-प्रभाव दैनिक पत्रिका  ११औं वर्षमा प्रवेश गरेकाे छ । काठमाडाैंको सिफलमा अवस्‍थित विस २०७० सालमा स्थापना भई हाल १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेकाे हाे ।यस पत्रिकाले विशेष गरी वैदेशिक रोजगारसम्बन्धमा लेख्ने गरेको छ । 

प्रकाशक कृष्णबहादुर कार्की(प्रबन्ध निर्देशक):

लोकतान्त्रिक गणतन्त्रको उदयसँगै प्रारम्भ भएको प्रभाव दैनिकको यात्रा आजबाट ११औं वर्षमा प्रवेश गरेको सुखद खबर आमपाठकहरुसँग साट्न पाउँदा हामी गौरवान्वित छौं । विभिन्न प्रतिकूल परिस्थितिका बावजुद हाम्रो एक दशकको यात्रा अनवरत रह्यो । यसक्रममा हामीले २०७२ को विनासकारी भूकम्प, भारतको नाकाबन्दी, कोरोना भाइरस (कोभिड–१९) महामारीजस्ता संक्रमणकालीन अवस्थाको सामना गर्नुप¥यो । प्राकृतिक विपत्ति र महामारीबाट निम्तिएको आर्थिक संकटले मुलुकको अर्थतन्त्रलाई समस्याग्रस्त बनाउँदा आर्थिक रुपमा बेहोर्नुपरेको चुनौतीलाई व्यवस्थापन गर्दै प्रकाशनलाई निरन्तरता दियौं । आफ्नो लक्ष्यबाट विचलित भएनौं । यो सफलता यहाँहरुकै सहयोग, सद्भाव, विश्वास र सहकार्यबाट प्राप्त भएकोमा दुईमत छैन ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ अग्रसर गराउन सञ्चार गृहमार्फत खेल्नुपर्ने भूमिकामा हामीले कुनै सम्झौता गरेनौं । व्यावसायिक पत्रकारिताको मर्म, सिद्धान्त र पत्रकार आचारसंहितालाई पूर्णरूपमा आत्मसात् गरेर अगाडि बढ्यौं । यही कारण हामीले आमपाठकको विश्वास जित्न सक्यौं । हाम्रो प्रकाशन ‘प्रभाव दैनिक’को यस यात्रामा आदरणीय पाठक, विज्ञापनदातालगायत विभिन्न क्षेत्रबाट प्राप्त साथ, समर्थन तथा हौसलाको हामी ऋणी छौं । त्यसैगरी, निष्पक्ष र तटस्थ पत्रकारितालाई स्थापित गराउन सामूहिक रूपमा सहयोग पु¥याउनुहुने सिर्जनशील पत्रकार, लेखक, लगनशील कर्मचारी, इमान्दार वितरक, विज्ञापनदाता, शुभेच्छुक एवं सहयोगी सबैप्रति आभारी छौं ।

Hardik health

विगत एक दशकको अवधिमा प्राप्त उपलब्धि, सिकाइ र अनुभवलाई लिएर थप जिम्मेवार, विश्वसनीय एवं प्रभावकारी रुपमा अगाडि बढ्ने प्रण गर्दछौं । पछिल्लो समयमा विकसित भएको प्रविधिलाई पछ्याउँदै छापा माध्यमलाई परिमार्जन गरी समयनुकूल पाठकको चाहनाअनुसार सामग्रीहरू प्रकाशन गर्दै आएका छौं । साथै, अनलाइन संस्करण ‘प्रभावअनलाइन डटकम’ तथा ‘प्रभाव टेलिभिजन’ (युट्युब च्यानल)मार्फत पनि पाठक÷दर्शकसमक्ष सूचना प्रवाह गरिरहेका छौं । देशमा हुने अनियमितता र भ्रष्टाचारको उजागर गर्दै सबैलाई सूचित गर्ने कार्यमा हामी निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।

११औं वर्ष प्रवेशको अवसरमा हामीले २४ पृष्ठको ‘कर्मठ रिटर्नी’ नामक विशेषांक प्रकाशन गरेका छौं । वैदेशिक रोजगारीबाट फर्किएर विभिन्न पेसा, व्यवसायमा संलग्न भई उदाहरणीय काम गरिरहेका पात्रहरुलाई विशेषांकमा समेटेका छौं । यसले वैदेशिक रोजगारीबाट सिकेको सीप र आर्जन गरेको पुँजीको सदुपयोग गरी मुलुकको समृद्धिमा क्रियाशील हुन युवाहरुलाई प्रेरित गर्नेमा हामी आशावादी छौं । 

अन्त्यमा, हाम्रो यात्रामा सहयोगी बन्दै निरन्तर सहयोग र सद्भाव व्यक्त गर्ने तथा हाम्रा कमजोरीहरु औंल्याइ जिम्मेवार सञ्चार संस्था बन्न प्रेरित गर्ने सबैमा प्रभाव पब्लिकेसन प्रालिको तर्फबाट हार्दिक धन्यवाद गर्दछौं ।

साथै, आजै परेको लोकतन्त्र दिवसको शुभकामना ।
  


 


प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP