Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • राजनीतिक दलले आफ्ना नीति तथा आदर्शको समीक्षा गर्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी
राजनीतिक दलले आफ्ना नीति तथा आदर्शको समीक्षा गर्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १०, २०८१

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलले आ–आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ कि छैन भनेर समीक्षा गर्र्नुपर्ने बताएकी छन् ।नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थापनाको भएको आज ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा उनले राजनीतिक दलहरुले लिएको नीति तथा आदर्शमा विचलन आएको वा नआएको बारे बेलाबेला समीक्षा गर्दै अगाडि बढ्नुपर्छ भनिन् ।

“नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो हीरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समीक्षासमेत गरिनु पर्दछ भन्ने मलाई लागेको छ, सँगै स्थापना भएका अरू देशका कम्युनिष्ट पार्टीले किन के कति सफलता हासिल गरे र के कस्ता विफलता व्यहोर्नु पर्यो,” पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “नेपाली कम्युनिष्ट आन्दोलनमा पटकपटक देखिने गरेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकाङ्क्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्नुपर्छ ।”

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको पचहत्तर वर्ष पुगेको ऐतिहासिक अवसर पारेर यो विशेष समारोह आयोजना गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिँदै उहाँले यस कार्यक्रमको पूर्ण सफलताको कामना गरे  । उनले भनिन् “यस अवसरमा, म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा सहभागी हुँदा आफ्नो जीवन उत्सर्ग गर्ने सबै ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्दछु ।”

विसं २००६ मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले बितेका साढे सात दशकमा जहानियाँ राणा शासनको अन्त्य गर्न, निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्था समाप्त पारी बहुदलीय व्यवस्था बहाली गर्न र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो ।

Hardik health

“नेपाली कम्युनिष्ट आन्दोलनले मुलुकको स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान प्रवद्र्धन गर्न, देश प्रेमको भावना जागृत गर्न तथा राष्ट्रियताको संवद्र्धन गर्न महत्वपूर्ण दायित्व बहन गर्दै आएको छ,” उहाँले भनिन्, “यसले जनताको जनजीविका, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सशक्त आवाज उठाएको छ र आफूले सरकार सञ्चालन गरेका बेला तथा संयुक्त सरकारमा सहभागी बनेका बेला राष्ट्र र जनताका जल्दाबल्दा यी विषयहरूलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै आएको छ, यसबाट कम्युनिष्ट आन्दोलनप्रति नेपाली जनताको आशा र भरोसा बढेको छ ।”

पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा उपलब्ध प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा तथा जनताको श्रम, सीप र प्रतिभाको सदुपयोगमार्फत स्वदेशी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै स्वाधीन, आत्मनिर्भर र सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नुपर्ने र यसरी मात्र देशलाई समृद्ध र जनतालाई सुखी बनाउने उहाँको भनाइ थियो ।

“राजनीतिक दलहरूले साझा दृष्टिकोण बनाएर अगाडि बढ्ने उच्चस्तरको राजनीतिक संस्कृतिको विकास गर्नै पर्दछ,” पूर्वराष्ट्रपति भण्डारीले थपिन्, “अन्यथा प्राप्त भएको राजनीतिक उपलब्धिबाट देश र जनता लाभान्वित नहुने मात्र होइन लोकतान्त्रिक राजनीतिक प्रणालीले समेत आलोचनाको भागिदार बन्नुपर्दछ, त्यसैले राजनीतिक दलहरूले यस विषयमा समेत बेलैमा ध्यान दिनुपर्दछ ।”

नेपालका निकट छिमेकी मित्रराष्ट्रहरू भारत र चीनले अभूतपूर्व सामाजिक आर्थिक विकास गरिरहेको हुँदा दुई मुलुकसँगको सुमधुर सम्बन्धलाई थप सुदृढ तुल्याएर पारस्परिक लाभलाई दृष्टिगत गर्दै विकासका निम्ति साझेदारी गर्नुपर्ने उनको भनाइ थियो ।

“मित्रराष्ट्रहरू र विकासका साझेदार अन्तर्राष्ट्रिय संस्थासँगको सम्बन्धलाई समेत थप कसिलो बनाएर आपसी हितका निम्ति अग्रसर बन्नुपर्दछ,” उनले भनिन्, “परराष्ट्र तथा विदेश सम्बन्ध, जलवायु सङ्कट, अन्तर्राष्ट्रिय सीमा सुरक्षा, सार्वजनिक स्वास्थ्य, गुणस्तरीय शिक्षा, रोजगारी प्रवद्र्धनजस्ता विषयमा साझा धारणा बनाएर देशका राजनीतिक दलहरू तिनको कार्यान्वयन गर्न अग्रसर हुनु पर्दछ ।”

उहाँले खुल्ला सीमाले राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता र सार्वभौमिकताका विषयमा पार्नसक्ने प्रतिकूल प्रभावका बारेमा सम्पूर्ण राजनीतिक दलहरूले सजगता अपनाउनुपर्ने आवश्यकता समेत अौल्याएका थिए ।

पार्टीले आफूलाई ‘गणतन्त्र गौरव सम्मान’ अर्पण गरेकामा धन्यवाद दिँदै पूर्वराष्ट्रपति भण्डारीले यो सम्मान मलाई व्यक्तिगत रूपमा गरिएको जस्तो देखिए पनि वास्तवमा यो लोकतान्त्रिक गणतन्त्रप्रतिको उच्च आस्था, विश्वास र सम्मानको प्रतीक भएको र थप जिम्मेवारी बोध भएको महसुस बताए ।


प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  २१:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP