Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वामपन्थी एकता अव्यावहारिक
एमाले निष्कर्ष वामपन्थी एकता अव्यावहारिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ९, २०८१
  • निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुवीकरण उचित, व्यावहारिक र लाभदायी नहुने
  • सहकार्य गहिरो हुँदै जाँदा र विश्वासको वातावरण निर्माण हुँदै गए भोलि विचार मिल्नेहरू क्रमशः एकै ठाउँ हुँदै जाने
  • कांग्रेस परम्परावादी दक्षिणपन्थी, रास्वपा प्रियतावादी र राप्रपा राजनीतिक दिशाविहीन शक्ति

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एमालेले वामपन्थी एकता लाभदायी नहुने निष्कर्ष निकालेको छ । एमालेको यो निष्कर्षले २१ फागुनमा कांग्रेसलाई सत्तागठबन्धनबाट अलग पारेपछि वामपन्थी एकताको आधार खडा गरेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई समेत खारेज गरेको छ । शनिबार मात्र आगामी २०८४ को निर्वाचनअघि नै वामपन्थी शक्तिहरू एकताबद्ध हुन्छन् भन्ने नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको दाबीलाई खण्डित गरिदिएको छ । 

ललितपुरको गोदावारीमा शनिबारदेखि सुरु एमाले केन्द्रीय प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले तत्काल वामपन्थी एकतालाई पनि औचित्यपूर्ण र आवश्यकता दुवै ठानेको छैन । अध्यक्ष ओलीले विचार मिल्नेहरूबीच भने सहकार्य आवश्यक रहेको औंल्याएका छन् । बरू, गहिरो सहकार्य र विश्वासको वातावरण निर्माण हुँदै गए विचार मिल्नेहरू क्रमशः एक ठाउँ हुने निष्कर्ष ओलीको छ । 

प्रतिवेदनमा भनिएको छ, ‘यतिबेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्नेगरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुवीकरण उचित, व्यावहारिक र लाभदायी हुँदैन । सहकार्य गहिरो हुँदै जाँदा र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलि विचार मिल्नेहरू क्रमशः एकै ठाउँ हुँदै जाने छन् ।’

उसो त ओली नेपालमा वाम शक्तिहरू नै नभएको बताउँछन् । ‘वाम नभएको देशका कता एकता ?’ ७ चैत २०७८ मा ओलीले भनेका थिए । त्यसैले पनि ओलीले प्रस्तुत गरेको एमालेको राजनीतिक प्रतिवेदनमा वाम एकताको विषय उल्लेख नभएको राजनीतिक विश्लेषकहरु बताउँछन् । 

Hardik health

उनले अहिलेको सत्ता समीकरणलाई कम्युनिस्ट एकताको जगको रुपमा पनि स्वीकारेनन् । तात्कालिक आवश्यकताको आधारमा मात्रै एमाले–माओवादीसहितको सत्ता गठबन्धन बनेको ओलीको जिकिर छ । उनका अनुसार अहिलेको सत्ता सहकार्य देशमा विद्यमान समस्या समाधानका लागिमात्रै हो । ‘सत्ता परिवर्तन सत्ता प्राप्तिका लागिमात्रै होइन । यो राष्ट्रियतालाई बलियो बनाउने र राष्ट्रिय हित र स्वाभिमान रक्षा गर्ने, सुशासनलाई प्रत्याभूत गर्ने, लोकतन्त्रको रक्षा र विकास गर्ने, विकास र समृद्धिको यात्रालाई गति दिने तथा जनतामा आशा र भरोसा जगाउने साझा संकल्पका साथ भएको समीकरण हो,’ ओलीको भनाइ छ ।

प्रतिवेदनमा परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा, विकास र पूर्वाधारका राष्ट्रिय एजेण्डा, संक्रमणकालीन न्याय र संवैधानिक प्रश्नमा प्रतिपक्षलगायत सबैसँग सार्थक संवाद गर्ने एमालेको नीति हुने पनि उल्लेख छ । यद्यपि, प्रमुख विपक्षी दल कांग्रेस भने अचानक सत्ताबाट बाहिरिनु पर्दा आक्रोशित, क्षुब्ध र हताश देखिएको एमालेको टिप्पणी छ । ‘यही हताशले कांग्रेसलाई प्रतिशोधको राजनीतिमा पु¥याएको छ । फागुन २१ गतेबाट सुरु भएको नयाँ समीकरणलाई सफल हुन नदिन र भत्काउन कांग्रेसले हरसम्भव प्रयास गरेको छ,’ ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ । 

कांग्रेसलाई एमालेले परम्परावादी दक्षिणपन्थी शक्ति भनेको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रियतावादी शक्ति भनेको छ । कांग्रेसको शक्ति विस्तार र रास्वपाको उदयको राजनीतिक परिघटना विवेचनायोग्य भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यससँगै एमालेले कांग्रेसको शक्ति विस्तार र रास्वपाको उदयको कारण जनतामा व्याप्त निराशा निर्वाचनमा प्रचार गरेर जनमत आफ्नो पक्षमा पारेको ठहर गरेको छ । यद्यपि, यी दुवै शक्तिसँग देशमा देखिएका तमाम समस्याको समाधान नभएको दाबी एमालेको छ । 

‘असन्तुष्टिलाई एकातिर पपुलिज्म र अर्कोतिर दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको देखिन्छ,’ एमालेको प्रतिवेदनमा छ, ‘उनीहरूले यस्ता समस्यालाई उजागर र उपयोग गर्न त सक्छन् । तर उनीहरूसँग यसको समाधान भने छैन ।’ओलीले गत स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा एमालेले सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न नसकेको निष्कर्ष पनि सुनाए । त्यसले एमाले निर्णायक शक्ति नबनेको र शक्ति सन्तुलनमा समस्या पैदा भएको पनि बताए । 

यस्तै, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा उभिँदै आएको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देशको वैकल्पिक शक्ति हुनै नसक्ने ओलीको ठोकुवा छ । राजनीतिक दिशा पनि राप्रपाको अस्पष्ट भएको ओलीले बताए । प्रतिवेदनमा भनिएको छ, ‘सही दर्शन र विचारधारा नभएको, अर्थ–राजनीतिक दिशा स्पष्ट नभएको र आफ्नो स्वार्थका लागि अस्थिर र चलायमान रहने शक्तिहरू विकल्प हुन सक्दै सक्दैनन् ।’विस्थापित भइसकेको राजतन्त्र फर्किने कुनै आधार नभएको ओलीको दाबी छ । उनका अनुसार राजतन्त्र जन्मजात श्रेष्ठतालाई बोक्ने, आफ्नै अयोग्यता, कमजोरीका कारण जनताबाट विस्थापित भएको हो । उनले ५ पुस २०७७ र ८ जेठ २०७८ मा गरेको संसद् विघटनलाई प्रतिगमनकारी कदम भनिएकोमा जनमतले झूठ सावित गरेको पनि दाबी गरे ।

‘कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्ने, वामपन्थी सरकार ढाल्ने र पुँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद निकै कमजोर भयो र जनमतबाट अस्वीकृत भयो,’ ओलीले भने, ‘हाम्रो पार्टीविरुद्ध प्रयोग गर्न खोजिएको कथित प्रतिगमनको भाष्य झूठो थियो, खण्डित भयो ।’एमालेले अब देशको निर्णायक शक्तिका लागि थप पाँच लाख सदस्य बनाउने जनाएको छ । 

एमालेको खातामा पौने १३ करोड 
एमालेको बैंक खातामा १२ करोड ६९ लाख रुपैयाँभन्दा बढी मौज्दात देखिएको छ । यो एमालेको २०८० सालको असार मसान्तसम्मको सम्पत्ति हो । यसबाहेक एमालेसँग स्थिर तथा अन्य सम्पत्ति (भवन निर्माणसमेत) पाँच करोड ९२ लाख ५४ हजार रुपैयाँ सम्पत्ति देखिएको छ । ललितपुरको गोदावारीमा जारी प्रतिनिधि परिषद् बैठकमा प्रस्तुत लेखा आयोगको प्रतिवेदनअनुसार पार्टीका विभिन्न कोषमा पाँच करोड १३ लाख रुपैयाँ छ ।

यस्तै ७० जिल्लामा एमालेको पार्टी कार्यालय रहेको प्रतिवेदनमा उल्लेख छ ।यसअघि आर्थिक वर्ष २०७८÷७९ मा एमालेले २२ करोड ८० लाख रुपैयाँ कूल आम्दानी गरेको थियो । त्यसमध्ये २१ करोड ६५ हजार रुपैयाँ खर्च भएको थियो । सो आर्थिक वर्षमा पार्टीको खर्चभन्दा आम्दानी १ करोड ७९ लाख रुपैयाँ बढी थियो ।


प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन मंगलबार, कात्तिक ११, २०८२
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु मंगलबार, कात्तिक ११, २०८२
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा मंगलबार, कात्तिक ११, २०८२
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै मंगलबार, कात्तिक ११, २०८२
एमाले सचिवालय बैठक शनिबार बस्ने
एमाले सचिवालय बैठक शनिबार बस्ने मंगलबार, कात्तिक ११, २०८२
बागमती प्रदेशमा मन्त्रालयको सख्या १४ बाट सातमा झार्ने तयारी
बागमती प्रदेशमा मन्त्रालयको सख्या १४ बाट सातमा झार्ने तयारी मंगलबार, कात्तिक ११, २०८२
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ? सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP