Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #‘छड्के तिलहरी’
  • #लिपुलेक
  • #घुँगीफोर गरुड
  • #‘कन्या–पूजा’
  • #रवि लामिछाने
  • #विदेसिनेको संख्या
Search Here
समाचार
  • Home
  • समाचार
  • सोडारी सुदूरपश्चिमका मुख्यमन्त्री
सोडारी सुदूरपश्चिमका मुख्यमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ७, २०८१

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार धनगढीस्थित प्रदेशप्रमुखको कार्यालयमा प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा, १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

विसं २०७९ को निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट कैलाली निर्वाचन क्षेत्र ४ को प्रदेशसभा ‘क’ प्रदेशसभा सदस्यमा निर्वाचित सोडारी प्रदेशसभामा उक्त पार्टीको संसदीय दलका नेता हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य र स्वतन्त्र सदस्य डा तारा जोशी समेत गरी २७ सांसद्का समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । अछामको मंगलसेनमा विसं २०३४ मा जन्मिएका सोडारीको हालको स्थायी बसोबास कैलालीको मसुरिया र अस्थायी बसोबास धनगढीमा छ ।

शिक्षाशास्त्रमा स्नातकसम्म अध्ययन गरेका सोडारी विसं २०७० मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को कैलाली जिल्ला अध्यक्ष थिए । तत्कालीन नेकपा विभाजनका बेला सोडारी नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका हुन् ।प्रदेशसभाको विसं २०७४ मा भएको पहिलो निर्वाचनमा समेत सोही क्षेत्रबाट विजयी सोडारी निर्वाचनपछि गठन भएको प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीसमेत भएका थिए । 
 


प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एकवर्षमा विपद्का घटनाबाट चौध करोड बढीको क्षति
एकवर्षमा विपद्का घटनाबाट चौध करोड बढीको क्षति बिहीबार, भदौ ५, २०८२
घुँगीफोर गरुडको प्रजनन केन्द्र बन्दै बाटुलीपोखरी
घुँगीफोर गरुडको प्रजनन केन्द्र बन्दै बाटुलीपोखरी बिहीबार, भदौ ५, २०८२
भारत र चीनकाे सहमिले   ‘लिपुलेक’ पुन: विवाद
भारत र चीनकाे सहमिले   ‘लिपुलेक’ पुन: विवाद बिहीबार, भदौ ५, २०८२
लगानीमैत्री वातावरण बनाउन सरकार लागि पर्दै 
लगानीमैत्री वातावरण बनाउन सरकार लागि पर्दै  बुधबार, भदौ ४, २०८२
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP