Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सुदूरपश्चिममा सरकार गठन अन्योलमा
सुदूरपश्चिममा सरकार गठन अन्योलमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख ६, २०८१
  • नागरिक उन्मुक्तिका दुई जनाको दाबी परेपछि सत्ता गठबन्धनमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई अघि बढाउने सहमति जुटेको थियो
  • दीर्घ विवादित पात्र भन्दै एमालेले उनलाई मुख्यमन्त्री स्वीकार नगर्ने संकेत गरेसँगै गठबन्धनमा पुनः संकट
  • सत्ता गठबन्धनबाट दाबी पेस हुन नसके संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुने

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन फेरि अनिश्चित बनेको छ । प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि थपेको दोस्रोपटकको समय आज सकिँदै छ । तर सत्ता गठबन्धनमा मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा नयाँ सरकारबारे अन्योलता छाएको हो ।

कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले चैत २२ गते राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ का उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि १० दिनको समय दिएका थिए । उक्त अवधिमा नागरिक उन्मुक्ति पार्टीका दुईजना लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीमा दाबी परेको थियो ।

त्यसपछि प्रदेश प्रमुख मियाँले सनाखत गरी मुख्यमन्त्री बनाउने संकेत गरेका थिए । यद्यपि मंगलबार एकीकृत समाजवादीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएपछि दुवै दाबीलाई बदर गर्दै दुई दिन समय थप गरेका हुन् । गठबन्धनमा दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सर्तमा एकीकृत समाजवादीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएको थियो ।सोही सहमतिअनुसार बुधबार बिहानै दीर्घलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने तयारी थियो । तर नेकपा एमालेले उक्त प्रस्ताव अस्वीकार गरेसँगै एकीकृत समाजवादी अन्योलमा परेको छ ।
 
ओली एकीकृत समाजवादीसँग रुष्ट
एमाले सुदूरपश्चिमका नेताहरुका अनुसार दीर्घसँग एमाले अध्यक्ष केपी शर्मा ओली रुष्ट छन् । २०७८ भदौमा एमाले फुट्दा सोडारीले सुदूरपश्चिम प्रदेशसभाका बहुमत सांसदलाई एकीकृत समाजवादीमा ल्याएका थिए । पार्टी एक हुँदा २५ सांसद रहेको एमालेबाट १४ जना एकीकृत समाजवादीतिर लागेका थिए । 

यतिमात्र हैन यसपटक पनि आफूलाई मुख्यमन्त्री बनाउन एमाले तयार नदेखिएपछि कांग्रेससँग मिलेर सोडारीले नागरिक उन्मुक्तिका लक्ष्मणकिशोरलाई समर्थन गरेका थिए । त्यसपछि रुष्ट ओलीले माधवकुमार नेपाल नेतृत्वले ‘नांगो नाच देखाएको’ आरोप लगाएका थिए । ‘सही दिशामा राजनीति फर्किंदै थियो । त्यसमा आन्तरिक रुपमा विपक्षीहरुमा आशा पलाउनेगरी जनतामा आशंका, निराशा पैदा हुनेगरी कदम चाल्यो ।

Hardik health

आन्तरिक रुपमा त्यसका बोली व्यवहार र बार्गेनिङ त्यस्तो छँदै थियो,’ ओलीले भनेका थिए, ‘यस समीकरणबाट नागरिक उन्मुक्तिलाई समर्थन नगर्ने । कांग्रेस केन्द्रित समीकरणबाट नागरिक उन्मुक्तिलाई समर्थन गर्ने । एकीकृत समाजवादी पार्टीको दक्षिणपन्थी चरित्र नांगो ढंगले प्रकट भयो । कम्युनिस्ट साइनबोर्ड राख्ने, अगाडि नेकपा राख्ने, कामचाहिँ दक्षिणपन्थीको पक्षमा गर्ने ।’

त्यसपछि एकीकृत समाजवादीका नेता झलनाथ खनालले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेपछि सुदूरपश्चिममा सरकार गठनको नयाँ मोड तय भएको थियो । तर एमालेले दीर्घलाई समर्थन नगर्ने संकेत देखिएपछि सुदूरपश्चिम प्रदेशका एकीकृत समाजवादीका नेताहरु केन्द्रसँग रुष्ट बनेका थिए । ‘केन्द्रबाटै कुनै निर्णय नआउँदा सरकारमा दाबी अलमलमा परेको हो,’ एकीकृत समाजवादीका संसदीय दलका उपनेता प्रकाश रावलले भनेका थिए ।

लगत्तै एकीकृत समाजवादीले दिउँसो सचिवालय बैठक राख्यो र सुदूरपश्चिममा संसदीय दल नेता सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय ग¥यो । ‘सुदूरपश्चिममा मुख्यमन्त्री पद हाम्रो भागमा परेकोले हाम्रो पार्टीले त्यहाँका संसदीय दलको नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ,’ बैठकपछि पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले भने । 

यद्यपि एमालेको निर्णय भने आउन सकेको छैन । सरकार गठनका लागि दाबी पेस गर्न थप भएको दुई दिनको समय आज ५ बजे सकिने छ । सत्ता गठबन्धनबाट दाबी पेस हुन नसके संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसका संसदीय दलका नेता शाह मुख्यमन्त्री नियुक्त हुने छन् ।

शाहले बुधबारमात्र प्रदेश प्रमुखले सरकार गठनमा समय थपेर असंवैधानिक कदम चालेको आरोप लगाउँदै न्यायालय जाने चेतावनी दिएका थिए । यद्यपि शाह भने संविधानको धारा १६८ (३) पर्खने तर अदालत नजाने तयारीमा रहेको बताइएको छ ।कूल ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ सांसद छन् । माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात र एकीकृत समाजवादीका चार सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र स्वतन्त्र एक सांसद छन् ।
 


प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन मंगलबार, कात्तिक ११, २०८२
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु मंगलबार, कात्तिक ११, २०८२
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा मंगलबार, कात्तिक ११, २०८२
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै मंगलबार, कात्तिक ११, २०८२
एमाले सचिवालय बैठक शनिबार बस्ने
एमाले सचिवालय बैठक शनिबार बस्ने मंगलबार, कात्तिक ११, २०८२
बागमती प्रदेशमा मन्त्रालयको सख्या १४ बाट सातमा झार्ने तयारी
बागमती प्रदेशमा मन्त्रालयको सख्या १४ बाट सातमा झार्ने तयारी मंगलबार, कात्तिक ११, २०८२
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ? सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP