Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • काठमाडौं अझै ‘अस्वस्थ’
काठमाडौं अझै ‘अस्वस्थ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ४, २०८१

 

  • काठमाडौं उपत्यका अहिले विश्वकै प्रदूषित सहरको रुपमा चर्चामा आएको छ । सोमबार साँझमात्र काठमाडौंको वायु १७० एक्युआई मापन गरिएको छ ।
  • विश्व स्वास्थ्य संगठनले ०–५० सम्म राम्रो सुरक्षित, ५१–१०० सम्म ठीकै, १०१–१५० सम्म निश्चित समूहलाई संवेदनशील, १५१–२०० सम्म अस्वस्थ, २०१–३०० सम्म धेरै अस्वस्थ र ३०१ भन्दा माथिलाई धेरै खतरा मान्ने गरिन्छ । 
  • एयर क्वालिटी इन्डेक्सका अनुसार भारतको नयाँ दिल्ली, बंगलादेशको ढाका काठमाडौंसँग वायु प्रदूषणको नम्बर एक बन्न उछिनपछिनमा देखिन्छ ।

काठमाडौं– पानी परेर हावाहुरी चल्दा पनि काठमाडौंको वायु अझै स्वस्थ हुन सकेको छैन । एयर क्वालिटी इन्डेक्सका आइतबार साँझ काठमाडौंको वायु प्रदूषण १७० एक्युआई मापन गरिएको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार यो सूचकांक १५० देखि २०० पुगेमा सबै समूहका लागि अस्वस्थकर मानिन्छ । २०० भन्दा बढी भएमा जनस्वास्थ्य संकटकालको अवस्था मानिन्छ । ०–५० सम्म राम्रो सुरक्षित, ५१–१०० सम्म ठीकै, १०१–१५० सम्म निश्चित समूहलाई संवेदनशील, १५१–२०० सम्म अस्वस्थ, २०१–३०० सम्म धेरै अस्वस्थ र ३०१ भन्दा माथिलाई धेरै खतरा मान्ने गरिन्छ ।

चैत २५ गते काठमाडौंको वायु प्रदूषण १९१ एक्युआई मापन गरिएको थियो । देशका विभिन्न स्थानमा लागिरहेको वन डढेलोका कारण वायुमण्डलमा धुलोको कण रहिरहेकाले वायु अस्वस्थ बनेको विज्ञहरु बताउँछन् । एयर क्वालिटी इन्डेक्सका अनुसार भारतको नयाँ दिल्ली, बंगलादेशको ढाका काठमाडौंसँग वायु प्रदूषणको नम्बर एक बन्न उछिनपछिनमा देखिन्छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायुको गुणस्तर जाँच्न देशभर २४ स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरेको छ । काठमाडौं उपत्यकाका लागि विभागले रत्नपार्क, शंखपार्क, भैँसेपाटी, पुल्चोक र भक्तपुरमा गरी पाँच ठाउँमा केन्द्र स्थापना गरेको छ । विभागले यही डेटा उपलब्ध गराइरहेको छ । विभागको वेबसाइट पोलुसन डट जिओभी डट एनपीमा सोमबार साँझ भरतपुर सबैभन्दा अवस्स्थ सहरहेको रुपमा देखाइएको छ । भरतपुरमा सोमबार साँझ १९३ एक्युआई वायु प्रदूषण पुग्दा रत्नपार्क १७२, खुमलटार १७१ पुगेको थियो ।

Hardik health

विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले वायु प्रदूषण नियन्त्रणसम्बन्धी सरकारी नीति राम्रो भए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा काठमाडौं वायु प्रदूषणको हिसाबले प्रदूषित सहरका रुपमा अग्रस्थानमा रहेको बताउँछन् । ‘काठमाडौंमा बढेको प्रदूषणका कारण जनस्वास्थ्यमा असर गर्न सक्छ । प्रदूषणका कारण विभिन्न रोग लाग्न सक्ने भएकाले नियन्त्रणका लागि पहल गर्नुपर्छ,’ उप्रेतीले भने, ‘प्रदूषण नियन्त्रणसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन गर्न र प्रदूषकलाई कारबाही प्रक्रिया अगाडि बढाउन सक्नुपर्छ र स्थानीय तहलाई पनि सचेत र सबल बनाउन जरुरी छ ।’

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा नेपाल सरकारले निर्धारण गरेको एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्का रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रुमर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख छ ।

राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार प्रदूषण न्यूनीकरण गर्नका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरंग, रेडियोधर्मी विकीरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीतिमा उल्लेख छ । प्रमुख सहरहरू, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्सांकन गरिने उल्लेख छ । 

औद्योगिक तथा अन्य क्षेत्रबाट निष्कासन हुने प्रदूषित पानीको प्रशोधनको व्यवस्था गरिने तथा उद्योग र अन्य व्यवसायबाट निष्कासन हुने प्रदूषणयुक्त धुवाँ, धुलो, पानीलाई व्यवस्थित गर्न वातावरणमैत्री प्रविधि कार्यान्वयनमा ल्याइने नीतिमा उल्लेख छ । घरभित्रको वायु प्रदूषणलाई न्यूनीकरण गर्नका लागि सौर्य चुल्हो, विद्युतीय चुल्हो, बायोग्यास, सुधारिएको चुल्हो, चिम्नीजस्ता उपकरणको प्रवद्र्धन गरिने र ऊर्जा किफायती भवन निर्माणमा जोड दिने नीति छ ।

वातावरण अभियन्ता वर्षा पराजुलीले भएका नीति कार्यान्वयन प्रभावकारी नभए भावी पुस्ताले अझै प्रदूषित वातावरणमा बाँच्नुपर्ने भन्दै सतर्कता अपनाउन र नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएकी छन् । संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउनु नागरिकको मौलिक हकका रुपमा व्यवस्था गरेको छ ।

काठमाडौं उपत्यकाको वायु साँच्चिकै हानिकारक र यसको गुणस्तर खस्किने क्रम तीव्ररुपमा निरन्तर बढिरहेकोसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदन आइरहेका छन् ।सार्वजनिक ‘इन्भाएरोमेन्ट परफर्मेन्स इन्डेक्स’ २०१८ को १८० मुलुकमा गरिएको अध्ययनमा वायु प्रदूषण बढी भएका पाँच राष्ट्रको सूचीमा नेपाल परेको छ ।
 
काठमाडौंको वायु प्रदूषण
चैत २७    १७६
चैत २८    १६५
चैत २९    १६२
चैत ३०    १६७
वैशाख १    १७२
वैशाख २    १६०
वैशाख ३    १७०

पछिल्लो हप्ता दिनको वायु प्रदूषणको अवस्था (एक्युआई)मा । स्रोतः एयर क्वालिटी इन्डेक्स


प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP