Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • कानुन निर्माणमा बेवास्ता
कानुन निर्माणमा बेवास्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ३, २०८१

संविधानको प्रभावकारी कार्यान्वयन सम्भव हुने भनेकै कानुन निर्माणपछि हो । १८१ वटा कानुन अभाव छ । तर, कानुन निर्माणभन्दा पनि कसरी सरकार जोगाउने भन्नेमा केन्द्रित भएको पाइयो ।
रमण श्रेष्ठ
वरिष्ठ अधिवक्ता

काठमाडौं– संविधान कार्यान्वयन गर्न संसद्बाट १८१ वटा कानुन बनाउनुपर्ने छ । संवैधानिक कानुनका जानकारहरूका अनुसार ती कानुन नबनाइए संविधान कार्यान्वयन थप जटिल हुने छ ।

संसद्को हिउँदे अधिवेशन विधेयक अधिवेशन भएकाले कानुन निर्माणका लागि महत्वपूर्ण मानिन्छ । तर, यसपटकको हिउँदे अधिवेशनबाट जम्मा तीनवटा विधेयक पारित भए । सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ प्रतिनिधिसभाबाट पारित भएका हुन् । अन्य छ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् । 

हिउँदे अधिवेशन गत वर्षको २२ माघदेखि २ वैशाख २०८१ सम्म चल्यो । ७० दिनमा ८१ घण्टा ५५ मिनेट संसद् बैठक बसेको संसद् सचिवालयले जनाएको छ । कतिपय बैठकमा भने विपक्षी दलहरूले बारम्बार अवरोध खडा गरे ।  आइतबार पनि १७ मिनेट बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरू राष्ट्रिय नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरे । जसकारण संसद्को निर्धारित कार्यसूची अघि बढ्न सकेन । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको थियो । यहीबेला सरकारले अधिवेशन अन्त्य गरेको हो ।

Hardik health

अत्यावश्यक कानुनहरू निर्माण गर्नुपर्ने बाध्यात्मक अवस्थामा सरकार छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी विधेयक)लाई छिटो टुंगो लगाएर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनुपर्ने छ । प्रशासनिक संघीयता कार्यान्वयनका लागि भए पनि संघीय निजामतीसम्बन्धी विधेयक पारित गर्नुपर्ने छ । विद्यालय शिक्षासम्बन्धी विधेयकसँगै अन्य थुप्रै विधेयकलाई कानुनको रुप दिनुपर्ने छ । 

तर, सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जोगाउन सरकारले संसद् अधिवेशन अन्त्य गरेको जानकारहरु बताउँछन् । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले कानुन निर्माणभन्दा पनि सरकार कसरी जोगाउने भन्नेमा ध्यान गएको बताए ।‘संविधानको प्रभावकारी कार्यान्वयन सम्भव हुने भनेकै कानुन निर्माणपछि हो । तर, १८१ वटा कानुन अभाव छ,’ उनले प्रभावसँग भने, ‘तर, कानुन निर्माणभन्दा पनि कसरी सरकार जोगाउने ? यसप्रति केन्द्रित भएको पाइयो ।’

सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद्ले संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय लिएको हो । त्यसअघि सत्ता गठबन्धनका प्रमुख दल एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालबीच सिंहदरबारमा छलफल भएको थियो । छलफललगतै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यसले गर्दा सरकार कानुन निर्माणमा तदारुकता देखाउँदैन भन्ने पुष्टि हुन्छ । यसमा गृहमन्त्री लामिछानेको संरक्षण गर्ने सरकारी प्रयास मुख्य जिम्मेवारी पनि छ ।

यसअघि संसद्को बर्खे (बजेट) अधिवेशन भने वैशाख १५ गते अन्त्य गरिएको थियो । २४ गते बोलाइने गरिन्थ्यो । तर, यसपटक झन्डै दुई साता अगाडि नै संसद्को हिउँदे अधिवेशन सरकारले अन्त्य गरिदिएको हो । यसलाई लिएर कांग्रेस नेताहरूले असन्तुष्टि जनाएका छन् । अब संसद्को बजेट अधिवेशनका क्रममा बस्ने बैठकमा पनि कांग्रेसले समिति गठनको मागलाई उठाउने भएको छ । 

सो दलका प्रमुख सचेतक रमेश लेखकले वर्षे अधिवेशन, बजेट अधिवेशन ल्याउने समय भए पनि सरकार जिम्मेवार नभएको बताए । सरकारले प्रतिपक्षको मागलाई बेवास्ता गरेको र सहकारीमा आबद्ध पीडितहरूको विषयलाई नजरअन्दाज गरेर संसद्को अधिवेशन अन्त्य गरेको बताए । ‘यो त सरकारको गैरजिम्मेवारी हो, सदनप्रति सरकारको कामलाई हामीले गैरजिम्मेवारको रूपमा लिएका छौं,’ उनले भने ।यता सत्तापक्षले हिउँदे अधिवेशन अन्त्य गर्नु स्वाभाविक भएको बताएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा प्रमुख सत्ता घटक दल एमाले अध्यक्ष ओलीले हिउँदे अधिवेशन अन्त्य गर्नु स्वाभाविक भएको बताए ।  

उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तीमा १५ दिनको फरक राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारीस्वरूप हिउँदे अधिवेशनको अन्त्य गर्नुपरेको टिप्पणी गरे । उनी कांग्रेसप्रति पनि खनिए । ‘सरकारबाट बाहिरिनु परेपछि कांग्रेसले आक्रोश र पीडाले मनलाग्दी जे पायो त्यही बोलिरहेका छन्,’  उनले भने ।उनले संसद् पुराना अनुभवहरू लिएर चल्नुपर्ने भन्दै संसदीय प्रणालीलाई रक्षा गर्नुपर्ने बताए । उनले भने, ‘अहिले अधिवेशन अन्त्य गरेन भने बजेट अधिवेशन, नीति, कार्यक्रम, प्रि–बजेट डिस्कसन आदिको कुराहरू, बजेटको तयारी, प्रस्तुति, विभिन्न विधेयकहरूको तयारी छलफल अनि यो अल्झिएर मात्रै बस्ने कुरा त भएन ।’

संसद््बाट बाहिरिने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले पनि संसद््को हिउँदे अधिवेशन अन्त्य गर्नु स्वाभाविक भएको बताए । परियारले रास्वपा सरकारमा गएका कारण प्रतिशोध साँध्न कांग्रेसले संसद्् अवरुद्ध गरेको बताएका छन् । उनले जनताले रास्वपालाई दिएको जनमत कांग्रेसले स्वीकार गर्न नसकेको उल्लेख गरे । उनले कांग्रेसको विरोधका कारण नभई समयमा बजेट ल्याउनका लागि हिउँदे अधिवेशन अन्त्य गरिएको दाबी गरे ।
 


प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP