Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • बिना अक्सिजन एलीले अन्नपूर्ण–१ हिमालको सफल आरोहण
बिना अक्सिजन एलीले अन्नपूर्ण–१ हिमालको सफल आरोहण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २, २०८१

काठमाडौं - अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी जानकारी दिइन् ।

पेपरले अन्नपूर्ण–१ को चुुचुरोबाट देखिएको दृश्यको बारेमा सुनाइन् । दुई वर्ष भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने लक्ष्य लिएकी अन्नपूर्ण–१ हिमालको चुचुरोमा पाइला टेकेसगैं पेपरले यससगैं तीन वटा आठ हजार मिटर अग्ला हिमालहरु सफलतापूर्वक आरोहण गर्न सफल भएकी हुन् ।

उनले यसपछि कञ्चनजङ्घा हिमालको आरोहण गर्ने योजानमा छिन् त्यसपछि मकालु हिमालको हिमालको आरोहण गर्ने लक्ष्य रहेको छ । विस्तारै एकपछि अर्को आठ हजार मिटर अग्लो हिमालहरु आरोहण गर्दै जाने र आफूले तोकेको समय भित्र नै १४ वटै हिमालहरुको चुचुरो सम्म पाइला टेक्ने पेपरको भनाइ छ ।

Hardik health

त्यस्तै, सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्गमा शेर्पाका अनुसार पेपरले हाम्रो कम्पनीमार्फत अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी हुन् । उनले यति उमेरमा महिला पर्वतारोहीले यसरी बिना अक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये तीन वटा हिमालको आरोहण गर्नु नै एक्दम ठूलो कुरा रहेको शेर्पाको भनाइ छ । बिना अक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालका चुचुराहरूमा पुग्ने आफ्नो सपना पूरा गर्न उनी गएको मार्च महिनाको पहिलो हप्ता टिमसहित काठमाडौं आइपुगेकी थिइन् । उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गर्न २००७ मा माउन्ट चोयु हिमाल तिब्बत तर्फाबाट बिना अक्सिजन हिमाल आरोहण गर्न थालेकी हुन् ।

यससँगै ४८ वर्षीया पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई आफ्नै चुनौतीहरू पार गर्दै त्यसबाट जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन् । यसअघि उनले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये दुई वटा हिमालको अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् । सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् ।

सिड्नीकी पर्वतारोही पेपरले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अष्ट्रेलियाली महिला बनेकी थिइन । उनको आफ्नै आरोहण शैलीका कारण उनले लक्ष्य राखेको समयमै हासिल गर्नेमा कुरामा विश्वस्त छिन् । उनले लक्ष्यका लागि शारीरिक रूपमा मात्र नभएर मानसिक, भावनात्मक, आध्यात्मिक रूपमा पनि आफूलाई तालिम दिइरहेकी छन् । यही सम्पून्न कुराले पेपरलाई प्रेरित गरेको उनको भनाइ छ । हालसम्म छ जनाले मात्र अक्सिजन बिना विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गरेका छन् ।

त्यसमा पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरुको मुख्य चुचुरोमा पुगेका भने दुई जना मात्र हुन्, उनीहरुलाई त्यसको लागि १६ वर्ष लागेको थियो । विश्वमा छ जनाले सफलतापूर्वक १४ वटा हिमालहरु आरोहण गरिसकेकोले पनि उनमा आपूले चालेको कदमले आफनो लक्ष्यमा सम्ममा पुग्ने विश्वास रहेको छ ।


प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध बिहीबार, पुस १०, २०८२
आठौँ पर्वत महोत्सव आजदेखि
आठौँ पर्वत महोत्सव आजदेखि बुधबार, पुस ९, २०८२
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन मंगलबार, पुस ८, २०८२
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’ सोमबार, पुस ७, २०८२
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’ सोमबार, पुस ७, २०८२
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै सोमबार, पुस ७, २०८२
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP