Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रियसभा बैठक केहीबेरका लागि स्थगित
राष्ट्रियसभा बैठक केहीबेरका लागि स्थगित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ३०, २०८०

काठमाडौं - राष्ट्रियसभाको बैठक केहीबेरका लागि स्थगित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला देवी पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ सङ्कल्प प्रस्ताव पेस गरेका थिए ।

उक्त सङ्कल्प प्रस्ताव माथि बैठकमा छलफल चलिरहँदा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव अनुपस्थित रहेको भन्दै सांसद तथा सुशासन समिति सभापति पन्तले राष्ट्रियसभा अध्यक्षको पटकपटक ध्यानाकर्षण गरेका थिए ।   स्वास्थ्यमन्त्री यादव आउन केही समय लाग्ने भएपछि राष्ट्रियसभाको बैठक तीन बजेर १५ मिनेटसम्मका लागि स्थगित भएको अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।

आजको बैठकमा सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै सांसद विष्णुबहादुर विश्वकर्माले यो सङ्कल्प प्रस्ताव आवश्यक रहेको र पूर्णरुपमा कार्यान्वयनमा जोड दिइनुपर्ने बताउनुभयो । दूरदराजमा बसोबास गरिरहेको व्यक्तिले गुणस्तरीय स्वास्थ्य उपचार नपाएको बताए । 

“स्वास्थ्यचौकी छ्रैनन् । औषधि छैनन् । अस्पताल भएका ठाउँमा डाक्टर छैनन् । दूरदराजका नागरिकले सामान्य प्रकृतिको स्वास्थ्य समस्यासमेत पाउन सकेका छैनन्”, उनले भने । संविधानले स्वास्थ्यसम्बन्धी हकलाई मौलिकहकका रुपमा उल्लेख गरेकामा त्यसको अक्षरशः कार्यान्वयन हुनुपर्ने पनि उनले बताए।

Hardik health

सांसद सोनाम गेल्जेन शेर्पाले संविधानमा नै उल्लेख भएको विषयलाई सदनमा सङ्कल्प प्रस्तावका रुपमा आउनु दुःखद् रहेको बताए । “स्वास्थ्यसम्बन्धी हकलाई संविधानमा मौलिक हकमा राखिएको छ । यसलाई सङ्कल्प प्रस्तावका रुपमा संसद्मा छलफल गरिनु राम्रो होइन । भएका व्यवस्थालाई कार्यान्वयन प्रभावकारीरुपमा गरेको भए यो अवस्था आउने थिएन”, उनले भने ।     नेपालको स्वास्थ्य क्षेत्र माफियाले जकडिएको जिकिर पनि उनले गरे । 

सांसद किरणबाबु श्रेष्ठले पनि संविधानमा मौलिक हकका रुपमा रहेको, विद्यमान ऐन कानुनमा भएको निःशुल्क स्वास्थ्य सेवासम्बन्धी व्यवस्था कार्यान्वयन गर्न नसक्दा संसद्मा सङ्कल्प प्रस्ताव पेस गर्नुपर्ने अवस्था आएको बताए। त्यस्तै सबै दलको घोषणापत्रमा पनि निःशुल्क स्वास्थ्य उपचारको विषय समेटिएको भए पनि कार्यान्वयनमा भने चुस्तता नदेखिएको उनको भनाइ छ ।

सांसद कृष्णबहादुर रोकायले निःशुल्क स्वास्थ्यसम्बन्धी मौलिकहकको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए । स्वास्थ्यसम्बन्धी राष्ट्रिय नीतिको आवश्यकता औँल्याए । मानसिक स्वास्थ्यका विषयलाई पनि गम्भीरताका साथ लिइनुपर्ने उनको भनाइ छ ।सांसद आनन्तप्रसाद ढुङ्गानाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा लागू गर्नुपर्ने र कमजोर आर्थिक अवस्था भएका निम्नवर्गीय परिवारमा यो कार्यक्रम पुग्नुपर्ने तथा लागू हुनुपर्ने बताए । 

सांसद मृगेन्द्रकुमार सिंह यादवले स्वस्थ शरीरले स्वस्थ दिमागको निर्माण गर्ने र स्वस्थ दिमागले समग्र समाज तथा मुलुक निर्माणलाई सकारात्मक सहयोग गर्ने बताए  । रोग लागिसकेपछि उपचारमा जानुभन्दा रोग लाग्नै नदिने अवस्था निर्माणका लागि सरकारले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । वर्षायाममा विभिन्न किसिमका सङ्क्रामक रोग फैलिनसक्ने भएकाले त्यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गरे ।

सांसद भुवनबहादुर सुनारले विद्यमान संविधान, ऐन, कानुनमा उल्लेख भएका विषयलाई व्यवहारमा उतारिनुपर्ने बताए । दुर्गम क्षेत्रका नागरिकले सहजरुपमा स्वास्थ्यसेवा पाउन नसकेको र सहरी क्षेत्रमा स्वास्थ्यको व्यापारीकरण भइरहेको बताए । स्वास्थ्य सेवा महँगो हुँदा न्यून आर्थिक अवस्था भएका व्यक्तिले सहजरुपमा उपचार नपाएको उनले उल्लेख गरे । निःशुल्क वितरण गर्ने भनेका औषधिसमेत सहजरुपमा नपाइने गरेको बताउनुहुँदै उनले स्वास्थ्य क्षेत्रको बजेट बढाउन आवश्यक रहेको बताए ।

स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी मुलुकका लागि सबैभन्दा बढी आवश्यक रहेकामा पछिल्लो समय स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापारीकरण मौलाएको बताए । पहुँच भएकाले गुणस्तरीय र सहज स्वास्थ्य तथा शिक्षाको सेवा पाइरहेकामा दुर्गमका गाउँमा भने यस्तो सुविधा सहजरुपमा उपलब्ध हुन नसकेको धारणा सांसद मायाप्रसाद शर्माले राख्नुभयो । प्रदेश र स्थानीय तहमा स्वास्थ्य संरचना तयार भइरहेका भए पनि त्यहाँ जनशक्ति अभाव रहेको बताउनुभयो । डाक्टरहरु दुर्गम क्षेत्रमा जान नमान्ने गरेको उनको भनाइ छ ।


प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP