Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कर्णालीमा यामलाल मुख्यमन्त्री, खगराजविरुद्ध सर्वोच्चमा रिट
प्रदेशको सत्ता राजनीति कर्णालीमा यामलाल मुख्यमन्त्री, खगराजविरुद्ध सर्वोच्चमा रिट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २८, २०८०
यमलाल कँडेल, कर्णाली; खगराज अधिकारी, गण्डकी

काठमाडौं– संघीय सत्ता गठबन्धन परिवर्तनसँगै प्रदेशमा पनि सत्ता हेरफेर जारी छ । मंगलबार कर्णालीमा एमालेका यमलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । एमाले कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल चौथो प्रयासमा मुख्यमन्त्री बनेका हुन् । 

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुको समर्थनसहितको हस्ताक्षरपत्र कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष पेस गरेसँगै प्रदेश प्रमुख परियारले नेता कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

४० सदस्यीय प्रदेशसभामा प्रदेश सरकार गठनका लागि २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ । माओवादी केन्द्रका उपसभामुखसहित १३, एमालेका सभामुखसहित १० र एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्यको नेता कँडेललाई समर्थन रहेको छ । केन्द्रमा फेरिएको राजनीतिक समीकरणपछि माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएका थिए । यसअघि कँडेललाई तीनपटक मुख्यमन्त्री बन्ने अवसर पाउँदा पनि माओवादीका कारण रोकिएको थियो ।

खगराजविरुद्ध सर्वोच्चमा रिट
गण्डकीमा भने एमालेबाट शुक्रबारमात्र मुख्यमन्त्री बनेका खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिकारीको नियुक्ति असंवैधानिक भएको उल्लेख गर्दै बदर गर्न गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले रिट दायर गरेका हुन् । निवर्तमान मुख्यमन्त्री पाण्डेले अधिकारीले सभामुखलाई समेत जोडेर बहुमत पु¥याउनु असंवैधानिक भएको भन्दै रिट निवेदन दायर गरेका हुन् ।

Hardik health

६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २२, माओवादीका आठ (सभामुखसहित), एकीकृत समाजवादीका दीपक मनाङेको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानविपरीत मुख्यमन्त्री नियुक्त गरेकाले उक्त कदम बदर गरी आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिनसमेत पाण्डेले माग गरेका छन् । यो विवादको सुनुवाइ आज (बुधबार) हुने छ ।

यसअघि, कोशी प्रदेशमा नेकपा एमालेले नेपाली कांग्रेसविरुद्ध दर्ता गरेको सोही आधारको रिट निवेदनमा सर्वोच्च अदालतले सभामुखको मत जोड्न नपाउने आदेश दिएको थियो । नवनियुक्त मुख्यमन्त्री अधिकारीले भने आफू नेतृत्वको गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्ने दाबी गरेका छन् । एमाले पर्वतको दसौं जिल्ला अधिवेशनलाई मंगलबार कुश्मामा सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले अहिलेको नयाँ गठबन्धन कुनै हालतले छिन्नभिन्न नहुने भन्दै यो सरकार चार वर्षसम्मै टिक्ने दाबी गरे ।

कोशीमा मुख्यमन्त्रीको राजीनामा माग
संघीय सत्तागठबन्धन एमाले र नेकपा माओवादी केन्द्रका कोशी प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री केदार कार्कीले अविलम्ब राजीनामा दिनुपर्ने माग गरेका छन् ।

कोशी एमालेका प्रमुख सचेतक रेवतीरण भण्डारीले प्रदेशसभा सचिवालयमा मंगलबार पत्रकार सम्मेलन गरी चैत २६ गते प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष ५२ प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिएको पत्र बुझाएकाले मुख्यमन्त्री कार्कीले अविलम्ब राजीनामा दिनुपर्ने बताएका हुन् । नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम समर्थन फिर्ता लिएपछि चैत २६ देखि चैत ३० गतेभित्र वर्तमान कोशी सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको भण्डारीले दाबी गरे । 

प्रमुख सचेतक भण्डारीले मुख्यमन्त्री कार्कीलाई ३० दिनभन्दा अगाडि नै संसदीय प्रक्रियामार्फत राजीनामा दिनसमेत आग्रह गरे । कोशीमा एमालेको नेतृत्वमा नयाँ सरकार गठनको तयारीमा गठबन्धन लागेको छ ।

कांग्रेस प्रमुख सचेतकमा तामाङ
नेपाली कांग्रेसले कोशी प्रदेशसभाको संसदीय दलको सचेतकमा गोपाल तामाङलाई चयन गरेको छ । मंगलबार कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधानबमोजिम तामाङलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) बमोजिम उनलाई प्रमुख सचेतक चयन गरेको थापाले बताए ।उनी झापा क्षेत्र नम्बर १ को प्रदेशसभा (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि संसदीय दलका प्रमुख सचेतक रहेका भूपेन्द्र राईले पदबाट राजीनामा दिएका थिए ।


 


प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन मंगलबार, कात्तिक ११, २०८२
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु मंगलबार, कात्तिक ११, २०८२
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा मंगलबार, कात्तिक ११, २०८२
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै मंगलबार, कात्तिक ११, २०८२
एमाले सचिवालय बैठक शनिबार बस्ने
एमाले सचिवालय बैठक शनिबार बस्ने मंगलबार, कात्तिक ११, २०८२
बागमती प्रदेशमा मन्त्रालयको सख्या १४ बाट सातमा झार्ने तयारी
बागमती प्रदेशमा मन्त्रालयको सख्या १४ बाट सातमा झार्ने तयारी मंगलबार, कात्तिक ११, २०८२
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ? सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP