Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिपुलेक
  • #विदेसिनेको संख्या
  • #दक्षिण कोरिया
  • #घुँगीफोर गरुड
  • #विपद्का घटना
  • #यातायात
  • #रेमिट्यान्समा रेकर्ड
  • #संसद
  • #दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • वन डढेलोका कारण अस्वस्थ वायु
वन डढेलोका कारण अस्वस्थ वायु
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २६, २०८०

काठमाडौं‌ -   मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण बढेको छ । डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो विश्वका प्रदुषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा छ । काठमाडौँको आज वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय ६५ छ । वातावरण अभियन्ता राजन थापाका अनुसार एक्यूआई एक सयभन्दा माथि भएमा वायु अस्वस्थकर मानिन्छ । 

“वायु गुणस्तर सूचकांक (एक्यूआई) शून्यदेखि ५० सम्म स्वस्थ्यकर, ५१ देखि एक सयसम्म मध्यम, एक सयदेखि एक सय ५० सम्म अस्वस्थ्यकर र एक सय ५० देखि दुई सयसम्मलाई अति अस्वस्थ्यकर मानिन्छ”, थापाले भने  । 

उनका अनुसार आज काठमाडौँ उपत्यकामा दरबारमार्गमा एक सय ८४, खुमलटारमा एक सय ५८, भक्तपुरमा क्यान्सर अस्पतालमा एक सय ७४, रत्नपार्कमा एक सय २० एक्यूआई मापन गरिएको छ । जुन स्वास्थ्यका दृष्टिकोणले अति अस्वस्थकर भएको उहाँको भनाइ छ । 

Hardik health

अभियन्ता थापाका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटना घट्छन् । “असी प्रतिशत वन डढेलाको घटना फागुन मध्यदेखि जेठको मध्यसम्म हुने गर्छन्  । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरु हुने गरेको पाइन्छ”, उनले भने, “मध्य फागुनदेखि जेठ मध्यसम्म डढेलाको घटनाहरु हुने भएकाले यो समयमा सतर्क हुनु जरुरी हुन्छ ।” उनले यतिबेला वन डढेलो, निर्माणधिन पूर्वाधारका साथै धुलो धुँलो, प्लाष्टिक बाल्दा तथा सवारी साधनका कारण पनि वायु प्रदूषण हुने गरेको बताए । 

“प्रदूषण कम गर्न सडक बिस्तार तथा निर्माणका साथै सवारी साधन जाँचपासमा पनि ध्यान दिन जरुरी छ”, उनले भने, “प्रदूषण नियन्त्रणका योजनाको उचित कार्यान्वयनका आवश्यक छ ।” सडक निर्माण/बिस्तार व्यवस्थित नहुनु, सडक व्यवस्थापनको सट्टा बिस्तारमा मात्र जोड नदिनु, वातावरणमैत्री सवारी साधनलाई प्राथमिकता नदिनुलगायतका समस्याले पनि वायु प्रदूषण नियन्त्रणमा समस्या भएका उनको बुझाइ छ ।

मौसमविद् वरुण पौडेलले अझै एक सातासम्म वर्षाको सम्भावना नभएकाले डढेलो नियन्त्रणमा कठिनाइ हुनसक्ने बताए । “तत्काल ठूलो वर्षा नहुने भएकाले सुक्खा बढ्ने र तातोहावा चल्ने सम्भावना छ । यसले डढेलो बढाउनसक्छ”, उनले भने । डढेलोविद् सुन्दर शर्माका अनुसार मुलुकभर लागेको डढेलोको असर काठमाडौँलगायतका सहरमा वायू प्रदूषण देखिएको हो । उनका अनुसार बढ्दो डढेलाको धुँवाका कारण वायु प्रदूषण हुने र प्रदूषणले आँखा पोल्ने समस्या हुनसक्छ ।  

अमेरिकास्थित द नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)को वेवसाइटको तथ्यांकअनुसार सोमबार दिउँसो मुलुकका विभिन्न एक सय ३० स्थानमा डढेलो लागिरहेको छ । “केही दिनदेखि नेपालमा सुक्खा बढिरहेको छ, तीन दिनयता वन डढेला पनि बढेको छ, आइतबार पनि एक सय पाँच स्थानका वनमा डढेलो लागेको थियो”, उनले भने, “बढ्दो डढेलोका कारण वायु प्रदूषण बढेको छ । सुक्खा अझै बढ्दै गए डढेलो नियन्त्रणमा समस्या आउनसक्छ ।” प्रदूषण नियन्त्रणका गर्नका लागि डढेलो नियन्त्रण गर्न जरुरी रहेको शर्माले बताए । 

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले वायु गुणस्तर सुधारका लागि राज्यको पर्याप्त लगानी नहुनु, मानवीय चेतनाको कमी, अन्तरनिकायबीच समन्वयको अभावले समस्या उत्पन्न भएको बताए  । “विभिन्न आयोजना निर्माणका क्रममा वातावरणीय प्रभाव मूल्यांकनको प्रावधान, फोहोर मैला व्यवस्थापनसम्बन्धी स्थानीय सरकारका नियम, वातावरणीय मापदण्डलगायतको प्रभावकारी कार्यन्वयन नहुँदा प्रदूषण बढिरहेको छ”, उनले भने, “प्रदूषण कम गर्नका लागि मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि प्रभावकारी रुपमा अनुगमन गर्न समन्वय भइरहेको छ ।”

उनले पनि वन डढेलोका कारण प्रदूषण बढिरहेकाले डढेलो नियन्त्रणका लागि व्यापक प्रचारप्रसारका गतिविधि अगाडि बढाउने सरकारी नीति आवश्यक भएको बताए । छातिरोग विषेशज्ञ डा निरज बमले प्रदूषणका कारण मानवीय स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम रहेको बताए । “वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षघात, ह्दयघात हुने समस्या देखिनसक्छ”, उनले भने, “त्यसबाहेक आँखा र छाला चिलाउनेलगायतका समस्या पनि देखिन्छन् । प्रदूषणको समयमा यसप्रकारका रोगीहरु सर्तक रहन जरुरी छ ।” उनले प्रदूषणको समयमा सकेसम्म घरबाहिर ननिस्कन, निस्कनै परे अनिवार्य मास्कको प्रयोग गर्न र बिहानको समयमा बढी प्रदूषण हुने भएकाले ‘मर्निङ वाक’मा ढिलो गरी निस्कन आग्रह गरे । 

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्का रुपमा लिइन्छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहोर नजलाउने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरुलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने उल्लेख गरिएको छ ।

राष्ट्रिय वातावरण नीति, २०७६ मा प्रदूषण कम गर्नका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्, चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रसायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने उल्लेख छ । प्रमुख सहरहरू, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्शांकन गरिनेछ रणनीतिमा भनिएको छ । 

औद्योगिक तथा अन्य क्षेत्रबाट निष्कासन हुने प्रदूषित पानीको प्रशोधनको व्यवस्था तथा उद्योग र अन्य व्यवसायबाट निष्कासन हुने प्रदूषणयुक्त धुँवा, धूलो, पानीलाई व्यवस्थित गर्न वातावरणमैत्री प्रविधि कार्यान्वयनमा ल्याइनेछ  नीतिमा उल्लेख छ । घरभित्रको वायु प्रदूषणलाई न्यूनीकरण गर्नका लागि सौर्य तथा  विद्युतीय चुल्हो, बायोग्याँस, सुधारिएको चुल्हो, चिम्नी जस्ता उपकरणहरूको प्रवद्र्धन गरिने र ऊर्जा किफायती भवन  निर्माणमा जोड दिइनेछ समेत सरकारको नीति छ ।

प्रदूषण नियन्त्रणका लागि उत्सर्जन स्थल नक्सांकनका लागि विक्षेपण जस्ता नवीनतम विधिहरूको प्रयोग गरिने पुनःप्रयोग गर्न नमिल्ने फोहरलाई आवश्यकतानुसार फोहर बिसर्जन क्षेत्र, हानिकारक फोहर विसर्जन क्षेत्र भष्मीकरण यन्त्रको माध्यमबाट सुरक्षित तरिकाले बिसर्जन गरिने तथा औधोगिक प्रतिष्ठान, अस्पताल वा अन्य कुनै स्थान विशेषबाट निस्कने फोहरलाई एकीकृत भष्मीकरण यन्त्र  स्थापना गरी विसर्जन गरिने रणनीतिमा उल्लेख गरिएको छ ।

-रासस


प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 विश्व ताल दिवस: आज
 विश्व ताल दिवस: आज बुधबार, भदौ ११, २०८२
संविधानको व्यवस्थाविरुद्ध निजी विद्यालय सञ्चालक
संविधानको व्यवस्थाविरुद्ध निजी विद्यालय सञ्चालक बुधबार, भदौ ११, २०८२
पोखराको आर्वामा माइक्रोबस दुर्घटना
पोखराको आर्वामा माइक्रोबस दुर्घटना सोमबार, भदौ ९, २०८२
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था 
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था  आइतबार, भदौ ८, २०८२
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट आइतबार, भदौ ८, २०८२
खोटाङमा श्रमदान अभियान
खोटाङमा श्रमदान अभियान आइतबार, भदौ ८, २०८२
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु आइतबार, भदौ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP