काठमाडाैं - राज्यले महंगीलाइ नियन्त्रण नगरे जनता आन्दोलन गर्न बाध्य हुने माओवादी नेता तिमिल्सैनाले बताएका छन् । नेकपा माओवादीका युवा नेता खकेन्द्र प्रसाद तिमिल्सैनाले जनताको दैनिक जीवनमा अति आवश्यक पर्ने सामाग्रीहरु खाद्य, खुद्रा लत्ताकपडा मसलन्द जस्ता चिजहरु महङ्गी असाध्यै बढेको हुदाँ तत्काल सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।
प्रभाव खबरसँग उनले जनताले पहिलो आवश्यकता दैनिक उपभोग्य वस्तुको सुलभतासँगै सस्तो मूल्यमा किनेर उपभोग गर्न पाउने नैसर्गिक अधिकारको प्रत्याभूति सरकारले दिन नसकेकोमा आपत्ति प्रकट गरेका छन् । केहि ठुला व्यापारिहरुले कालोबजारी गर्ने र तलका व्यावसायि व्यापारि मारमा परेको यथार्थतामा सरकारले यसमा कडाइका साथ अनुगमन गरि त्यस्ता कालाबजारीहरु माथि कडा कारबाही गर्नुपर्ने उनकाे माग रहेकाे छ।
शुसासनको पक्षमा वकालत गर्ने सरकारमा रहेका मन्त्रीदेखि सांसदहरुलाई नेता तिमिल्सैनाले चेतावनी दिँदै भने,'गरिबले मंहगीको मार खेपिरहेको अवस्थाको चित्रण कर्णाली सुदुरपश्चिमका थुप्रै भुभागमा गएर हेरे हुन्छ के समृद्धि भन्ने चिज यहि हो के शुसासन विकास भनेको यस्तो हुन्छ धेरै जसो ग्रामीण क्षेत्रमा बस्तीमा बस्ने मानिस जो दैनिकमा आफुलाई गुजरा गर्ने पैसा नभएर हम्मे हम्मे परिरहेको बेला मंहगी नियन्त्रण गर्न नसक्नु नै राज्य सरकार सबै निकाय जनता प्रति गैरजिम्मेवार छ भन्ने कुरा पुष्टी हुनु हो ।'
राज्यका निकायको काम खाली भत्ता पचाउने र आफ्नै भुडि भर्ने बाहेक अन्य कुरामा ध्यानै नगएको नेता तिमिल्सैनाले बताएका छन् । यस्तो अवस्था रहिरहे भने जनताले सम्बन्धित निकायलाई घेराउ गर्न पछि नपर्ने समेत उनले सरकारलाई चेतावनी दिएका छन्।